![]() |
मनोज श्रेष्ठले रामेछापको बेतालीबाट किनेर
ल्याएको कवाडी स्काभेटर बिहान सदरमुकाम चरिकोट
ल्याइपुर्याएका थिए।
चरिकोटमा वाइसिएलका जिल्ला संयोजक
नवीन जिरेलको नेतृत्वको समूहले बसपार्क
क्षेत्रमा स्काभेटर हालेर ल्याएको ट्रक रोकी ३ लाख रुपैयाँ चन्दा मागेपछि श्रेष्ठले प्रतिवाद
गरेका थिए। 'मेरो सामान नै ३ लाखको होला म
दिन सक्दिनँ भन्दै उनले कांग्रेसको तरुण
परिचालन विभागका प्रमुख सानु शेर्पालाई
बोलाएर कुरा मिलाइदिन आग्रह गरेका थिए। त्यही बेला माओवादी जिल्ला नेता विशाल
खड्का सहितको टोली बसपार्क
क्षेत्रमा आइपुग्यो। शेर्पा र मनोजको ट्राफिक
प्रहरीसँग पनि सामान्य विवाद
भएपछि ट्राफिक प्रहरीले तत्कालै भेन बोलायो।
मनोज श्रेष्ठ र सानु शेर्पालाई प्रहरीले भ्यानभित्र हालेपछि विशाल खड्काले
'यिनीहरुलाई ठोक' भन्दै कार्यकर्तालाई
आक्रमणको निर्देशन दिएका थिए।
त्यसपछि वाइसिएल कार्यकर्ताले
प्रहरी भेनभित्र रहेका शेर्पा र श्रेष्ठलाई फलामे
रडले हान्न थालेको थियो। भेनभित्रै कुटपिट भए पनि प्रहरीले दुवै पक्षलाई अलग पार्ने प्रयास
गरेन। प्रहरी भेनबाट बाहिर निस्केर भागे।
पछि कांग्रेस कार्यकर्ताको समूह आएर
वाइसिएललाई लखेटेको थियो।
कांग्रेसका जिल्ला सभापति तारा कोइराला सहितका नेताहरु
घटनास्थल आएर दोषीलाई पक्राउ गरी कारवाही नभएसम्म आन्दोलन जारी रहने
बताएका छन्। अहिले प्रहरीले
एमाओवादीको जिल्ला कार्यालयमा प्रहरीले
पहरा दिइरहेको छ। डिएसपी ओम
अधिकारी त्यहाँ आफैँ खटिएका छन्।
![]() |
No comments:
Post a Comment
के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला