Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Sunday, June 23, 2013

रोजगारीको लागि बिदेसियका क्रममा अबैध रुप्प्मा काम गर्ने नेपालीलाई कोरियामा पनि धमा धाम पक्क्रिदै

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
 असार ९  कोरियामा अबैध रुपमा काम गर्दै आएका नेपालीलाई   यसै हप्तामात्र ५० भन्दा बढी नेपाली कामदारहरु पक्राउ परेका छन् ।
  पक्राउ पर्नेमा  नेपाल सहित इण्डोनेशीया, मंगोल, चीन, भियतनाम लगायतका कामदारहरु कम्पनीबाट पाउनु पर्ने तलब भत्ता समयमै नगराउँदा मानसिक तनावमा रहेको कामदारले बताए ।
गत सोमबार तमुधि कोरियाका अध्यक्ष रामकाजी गुरुङसहित तीन जना सोलस्थित नेपाली दूतावास परिसरबाट पक्राउ परेका थिए । गुरुङ पक्राउ परेको बिषयलाई लिएर कोरियाको नेपाली समाजमा विभिन्न बहस भइरहेका छन् ।
बन्दी गृहमा रहेका गुरुङले स्थानीय पत्रकारहरुलाई दूतावासका उपनियनेग प्रमुख राजाराम बर्तौलाको उजुरीमा आफू पक्राउ परेको अन्र्तवार्ता दिएपछि बहस सुरु भएको हो । सकृय समाज सेवी समेत रहेका गुरुङ पक्राउको बिषयलाई लिएर दक्षिण कोरियाकालागि नेपाली राजदूत कमानसिंह लामाले दुखद बिषय भएको प्रतिकृया दिएका थिए ।
कुटनीतिक मान्यतामा विदेशी नियोग परिसरमा सम्बन्धित देशको कानुन लागु हुनेभएकाले दूतावासकै ढोकामा पक्राउ पर्नु संयोग मात्र नभएको यहा रहेका नेपालीहरुको ठहर रहेको छ ।
यसअघि छनान क्षेत्रमा रहेको एक कम्पनीबाट १८ र उइजङ्बो, किम्पो, इन्च्छन क्षेत्रबाट २० भन्दा बढी अवैधानिक नेपाली कामदार पक्राउ परेका थिए । सोलस्थित अध्यगमन विभागको तथ्यांक अनुसार ईपीएसबाट आएका ९ सय र अन्य ९ सय नेपाली अवैधानिक रहेका छन् । कोरियामा सबै भन्दा धेरै करिब ७० हजार चीनीयाँ नागरीकहरु अवैधानिक रहेका छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला