![]() |
असार १३ - उत्तराखण्डमा भयको बाढी पिडितको साथै लुटपाट पनि हल्ला मच्चियको छ सहयोगमा कहीकतै लुटपाट समेत सुरु भएपछि त्यहाँ नेपालीहरुको मात्रै संलग्नता नरहेको उच्च अधिकारीहरुले बताएका छन् ।
केदारनाथ बद्रीनाथको बिपत्तीबाट ज्यान जोगाएर ऋषिकेश आइपुगेका नेपाली श्रमिकहरुसाग प्रहरी खानतलाशी बढ्ने क्रम देखिएपछि नेपाली तिर्थयात्रुको सुरक्षामा बढी चासो देखिएको हो । 'रुद्रप्रयाग, गुप्तकाशी, पौडीका जिल्ला प्रहरी अधिकारीसाग कुराकानी भैसकेको छ,' हरिद्धारस्थित नेपाली समुदायका प्रतिनिधि पुष्पराज पाण्डेयले भने-'केही क्षेत्रमा लुटपाट भएको र स्थानीय केही श्रमिकसाग ठूलो अनुपातमा पैसा भेटिएकाले खानतलाशी सुरु भएको बुझिएको छ ।'
यो बहस चर्कदैं गएपछि उत्तराखण्ड मुख्यमन्त्रीका सचिव दिपक डिमरीसाग गोर्खा डेमोक्रेटिक फ्रन्टका अध्यक्ष सूर्यबिक्रम शाहीले देहरादुन मुख्यालयमा कुराकानी गर्दै घटनाबारे जानकारी लिएका थिए । 'लुटपाटमा नेपाली समेत लागेको भन्ने हल्लामा सत्यता छैन,'सचिव डिमरीले भने-'यो प्राकृतिक बिपत्तीका बेला अन्यथा अफवाह फैलाएर हिडिरहनुको अर्थ छैन ।' यो हल्लाका भरमा नेपाली तिर्थयात्रु एवं श्रमिकलाई अनावश्यक दुःख नदिन र खानतलाशी नगर्न आफूले जिल्ला अधिकारी, प्रहरीलाई निर्देशन दिइसकेको सचिव डिमरीले बताए ।
गुप्तकाशीस्थित पत्रकार लखपत्र रानाका अनुसार अहिले पनि आफूसहित स्थानीय समुदायले नेपाली तिर्थयात्रुको सहयोगमा लागिरहेको बताए । 'म आफैंले १ सय ५० नेपाली तिर्थयात्रु तथा श्रमिकलाई सहयोग-उद्धार गरेर पठाएको हुा,'उनले भने-'नेपालीले लुटपाट गरेको भन्ने हौवा मात्रै हो, उस्तो केही घटना भएको छ भने पनि यसमा स्थानीयसहित सबै दोषी हुन सक्छन् ।'
हरिद्धारस्थित माा आनन्दमयी अन्र्तराष्ट्रिय अतिथी गृहका व्यवस्थापक डा.शुशिलकुमार घोष-निलु) ले बिपत्तीमा परेका नेपालीलाई सहयोग गरिरहेका छन् । उनको आश्रममा काठमाडौंबाट आएका कृष्ण चालिसेसहितका आठ नेपाली आश्रति छन् । चालिसे आफ्ना बुबाआमासहित ९ जना सदस्य बद्री केदार यात्रामा गएर ११ दिनदेखि सम्पर्कहीन छन् ।
'अरु जे भएपनि ऋषिकेशको उद्धार तथा सम्पर्क केन्द्रमा नेपाली दुतावास वा प्रतिनिधिको एउटा केन्द्र तय हुनुपथ्र्यो,'समाजसेवी घोषले भने-'ऋषिकेशमा कुनै सम्पर्क पाउन नसकेर सिधै हरिद्धारमा आफन्त खोज्दै आउने नेपाली पनि थुप्रै छन् ।'
हरिद्धारस्थित नेपाली समाजका सहयोगी पुष्पराज पाण्डेयले अझैपनि बद्रीनाथ तथा केदारनाथ क्षेत्रमा १ सयभन्दा बढी नेपाली सम्पर्कहीन अवस्थामैं रहेको सूचना आइरहेको जानकारी दिए । आवश्यक सूचना-समन्वय र सम्पर्कका लागि प्रयासरत रहेपनि स्थिती काबुबाट बाहिर रहेको उनले बताए ।
उत्तराखण्डमा यो बिपत्ती आएको १० दिनपछि मात्रै ऋषिकेशस्थित उद्धार तथा समन्वय केन्द्रमा बुधबारदेखि नेपालीका लागि सम्पर्क-सूचना उपलब्ध गराउन दिल्लीस्थित हेल्प नेपाली मिसनका अधिकारी उपस्थित भएका छन् ।
![]() |
No comments:
Post a Comment
के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला