Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Sunday, June 2, 2013

भारतले नेपाल प्रहरीलाई अत्याधुनिक एकेडेमी बनाइदिने

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
काठमाडौ, जेष्ठ १९ - भारतले नेपाल प्रहरीलाई अत्याधुनिक एकेडेमी बनाइदिने प्रतिबद्धता कर्मचारीको करकट्टामा सानो सहमति नहुँदा लामो समयदेखि त्यत्तिकै थन्केको रहेछ । भारतको भनाइ थियो, एकेडेमीका लागि भनेर खटिएर आउने भारतीय कर्मचारीको पारिश्रमिकमा करकट्टी गर्न पाइँदैन । नेपालले भने त्यसरी निर्माण कर्मचारीलाई समेत कूटनीतिक हैसियतमा करमुक्ति दिन नसकिने भन्दै आएको हो ।
राजधानीमा शनिबार सुरु नेपाल-भारत गृह सचिवस्तरीय वार्तामा भारतले यो माग छाड्ने सहमति जनाएपछि एकेडेमी निर्माणको एजेन्डा फत्ते भएको छ । 'हामीलाई यत्ति कुराले पनि झिँजो भइरहेको थियो, कामै रोकिएर,' बैठकमा संलग्न एक अधिकारीले भने, 'तर भारतीय गृह-सचिवले एकै भनाइमा हाम्रो कुरा माने ।'
भारतीय गृह-सचिव आरके सिंको नेतृत्वमा आएको १८ सदस्यीय वार्ता टोली र त्यत्तिकै संख्याको नेपाली टोलीबीच शनिबारै मात्र वार्ता गर्ने कार्यक्रम तय भएको हो । निर्धारित भ्रमणका बाँकी दुई दिन भारतीय प्रमण्डल पोखरा रिटि्रटमा जाँदै छ । शनिबार साँझै वार्ता सकिए पनि मस्यौदा गर्ने कामले गति नलिएपछि राति अबेर मात्र टुंगिने छाँट देखिएको थियो ।
वार्ताको उपलब्धि नै भन्न मिल्ने गरी दुइटा सहमति भए । नेपालको आग्रहमा भारत पश्चिम नेपालको शारदा ब्यारेजको पुल दैनिक सात घन्टा खुला राख्न सहमत भएको छ । यसैगरी दुई देशबीच सीमास्तम्भ नियमित पार्न तीन वर्षअघि भंग भएको प्राविधिक टोली फेरि बनाउन प्रयास गरिने भएको छ ।
नेपालका तर्फबाट वार्ता टोलीको नेतृत्व गृह सचिव नवीन घिमिरेले गरेका छन् । वार्तामा नियमित एजेन्डामै बढी छलफल भए । नेपाली पक्षले मेडिकल ड्रगको तस्करी रोक्न भारतको सहयोग माग्यो भने भारतले नक्कली नोट र गाँजा रोक्न भन्यो ।
नेपाली पक्षले सीमा क्षेत्रमा नेपाली कामदारहरूले भारतीय सुरक्षाकर्मीहरूबाट पाउने सास्ती हटाउन पर्याप्त पहल नभएको गुनासो गरेको थियो ।
यसैगरी आतंकवादीहरूले नेपाली भूमिलाई प्रयोग गर्न सक्ने कुरा उठाउँदा नेपाली पक्षले त्यो रोक्न क्षमतावृद्धिमा सहयोग गर्नुपर्ने कुरा उठाएको थियो । सीमाक्षेत्रमा बढ्दो मदरसाहरूको संख्याका सम्बन्धमा पनि भारतीय पक्षले चासो राख्यो । नेपालीमा भूराजनीतिक प्रभावको विषयमा भारतीय पक्षले चासो राख्ने अनुमान गरिएकामा त्यस्तो 'तर चीनको च पनि उठेन,' एक अधिकारीले भने ।
सोल्टी होटलमा भएको वार्ता दौरान नै भारतीय गृह सचिव सिंले सिंहदरबार गई गृह तथा परराष्ट्रमन्त्री माधव घिमिरेलाई भेटेका थिए
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला