![]() |
बारा, जेष्ठ १८ - मटिअर्वा मानमथ सडक खण्ड अन्र्तगत उत्तरझिटकैया ४ स्थित सडकमा शनिबार बिहान १० बजे यात्रुवाहक बस पल्टिदा दुर्घटनामा परी दुई प्रहरी सहित ३६ जना भन्दा बढी यात्रुहरु घाइते भएका छन् ।
जैतापुरबाट यात्रु बोकेर कलैया तर्फ जाँदै गरेको ना ३ ख ५७४६ नम्बरको यात्रबवाहक बस सडकबाट खेतमा पल्टिँदा उक्त दुघर्टना भएको हो ।
दुर्घटनामा बीरगंज १४ मुर्ली निवासी जलिल भनिने ईस्लाम मंसुर, खुटवा प्रसौनी २ निवासी तेतरी देवी यादव, हरैया १ रामनगर निवासी लालबाबु सहनी, बघवन ९ लक्ष्मिनिया निवासी असनी देवी, पसौ बैरिया ४ निवासी उर्मिला देवी, रौतहट दोस्तीया ४ निवासी नसिमा खातुन, फेटा ६ निवासी सारदा साहका ९ वर्षीया छोरा सन्तोष कुमार, जैतापुर १ रामएकवाल चौधरी, मनहर्वा ९ निवासी प्रमोद चौधरी, मनहर्वा ४ निवासी श्यामबाबु यादव, जैतापुर ९ निवासी प्रेम चौधरी, भारत बिहार पश्चिमी चम्पारण बेतिया पकडीहार निवासी आशिक मस्तान, जैता पुर प्रहरी चौकीका प्रहरी जवान शिवकुमार कुर्मी, प्रकाश भुजेल सहित ३६ जना भन्दा बढी यात्रुहरु घाइते भएका हुन् ।
घाइतेहरुलाई स्थानियवासिन्दा, सशस्त्र प्रहरी बल सुरक्षा बेस उत्तरझिटकैयाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक बुद्धीबहादुर बस्नेत, प्रहरी चौकी जैतापुरका प्रहरी हवल्दार भक्तबहादुर यौनजनको लगायतको टोलीले उद्धार गरेको हो ।
घाइते सबैको जिल्ला अस्पताल कलैयामा उपचार भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
![]() |
No comments:
Post a Comment
के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला