![]() |

टोलीमा क्षेत्रीय वनका निर्देशक मोहन कोइराला, जिल्ला वनका प्रमुख विष्णु भण्डारीलगायत थिए ।
इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नलप्रसाद उपाध्यायका अनुसार टोलीलाई स्थानीयको करिव दुई घण्टा बन्धक पनि वनाएका थिए । 'पिसाव फेर्न पनि दिइएन,' टोलीमा सहभागी वन प्रमुख भण्डारीले भने । स्थानीयको अवरोधवाट मुक्त गर्ने क्रममा करिव डेढ सयको संख्यामा प्रहरी र सशस्त्र खटाइएको थियो । सो क्रममा स्थानीय र प्रहरीवीच झडप पनि भएको थियो । झडपमा पाच प्रहरी घाइते छन् ।
स्थानीयले हात्ती मार्न पाउनु पर्ने भन्ने नारावाजी गरेको स्थानीय निरज घिमिरेले जनाए । प्रहरीका अनुसार अहिले पनि वाहुनडागी क्षेत्र तनावग्रस्त छ । स्थानीय हात्ती पीडितले सशस्त्र प्रहरीको कार्यालय र प्रहरी चौकी घेराउ गरेका छन् ।
यसैबीच हात्ती आतंकबारे अवलोकनका भ्रमणका लागि आएको विश्व बैंकको प्रतिनिधिसहितको टोलीलाई अवरोध गर्दा प्रहरीले ज्यादती गरेको भन्दै शनिबार स्थानीयले सशस्त्र प्रहरीको कार्यालय (एलआरपी) मा ढुंगामुडा गरे ।
स्थानीय सन्तोष सुवेदीका अनुसार स्थानीयले कार्यालयमा अन्धाधुन्धा ढुंगा प्रहार गरेपछि प्रहरी प्रतिकारमा उत्रिएको थियो । सो क्रममा सशस्त्रले लाठीचार्ज गर्दा ३० वढी स्थानीय घाइते भएका छन् । स्थिति नियन्त्रण गर्न सशस्त्रले करिव ५० राउण्ड अश्रुग्यास प्रहार गरेको छ । घटनास्थलमा अहिले २ सय बढी प्रहरी तैनाथ गरिएको सशस्त्रका डीएसपी विश्व खड्काले जानकारी दिए ।
![]() |
No comments:
Post a Comment
के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला