![]() |
सरसफाइ सप्ताहका अवसर पारेर भोलिबाट शौचालयको अनुगमन तथा निरीक्षण गर्न लागेको हो ।
सिंहदरबारभित्र कति शौचालयहरु छन् भन्ने जानकारी मन्त्रालयसँग छैन । शौचालयका तथ्याङ्कका लिनुका साथै त्यसका अवस्थाबारे मन्त्रालयले अनुगमन तथा निरीक्षण गर्न लागेको हो ।
हालै सिंहदरबारभित्र रहेका चमेनागृहका निरीक्षण तथा अनुगमन गर्दा अधिकांश चमेनागृह मापदण्डविपरीत भएको भेटिएको थियो । अर्थ मन्त्रालयको मात्र चमेनागृह मापदण्डभित्र परेको थियो ।

निरीक्षण तथा अनुगमन कार्यका लागि मन्त्रालयले खानेपानी तथा ढल निकास विभागलाई तोकिदिएको छ । विभागका महानिर्र्देशक ईश्वरीप्रसाद पौडेलले पत्रकारसम्मेलनमा भने–“पहिलो चरणमा निरीक्षण तथा अनुगमन गर्छौं, मापदण्डविपरीत भएमा सुधारका लागि आग्रह गर्छौं, आग्रहलाई परिपालन नभएमा कारबाही प्रक्रियासमेत अगाडि बढाउँछौँ ।”
‘सबै जनता सबै दल, सरसफाइमा लगाऔँ अझै बल’ भन्ने नाराका यस वर्ष राष्ट्रिय सरसफाइ सप्ताह विविध कार्यक्रम आयोजना गरी मनाइने भएको छ ।
पत्रकारसम्मेलनमा दिइएको जानकारीअनुसार कार्यक्रमअन्तर्गत सरसफाइका महत्वबारे आम जनतालाई जानकारी दिने तथा सरसफाइ गर्ने रहेका छन् ।
हाल ६२ प्रतिशत जनताले मात्र सरसफाइ सेवा, ८५ प्रतिशतले खानेपानी सेवा पाएका छन् । हालसम्म सातवटा जिल्ला खुला दिसामुक्त जिल्ला घोषणा भएका छन् । करिब ८४० गाउँ विकास समिति पनि खुला दिसामुक्त भइसकेका छन् ।
अर्काेतर्फ सरकारले सन् २०१७ भित्र सबैका लागि खानेपानी तथा सरसफाइ सेवा पु¥याउने लक्ष्य पनि लिएको छ । लक्ष्य हासिल गर्नका लागि हालसम्म २७ लाख शौचालय निर्माण गरिसकेको मन्त्रालयले जनाएको छ ।
-
![]() |
No comments:
Post a Comment
के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला