Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Saturday, June 1, 2013

प्रहरी र लिम्बुवान बिच घमासान झडप

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
विराटनगर, जेष्ठ १८ - मोरङको टाँडी गाविसमा शनिबार अपराह्न प्रहरी र लिम्बुवान कार्यकर्ताबीच झडप भएको छ । झडपका क्रममा प्रहरीले लाठी प्रहार गर्नुका साथै अश्रुग्यास प्रहार गरेको छ । झडपमा परी एकजना केन्द्रीय सदस्यलगायत कार्यकर्ता घाइते भएको मञ्चसम्बद्ध लिम्बुवान राज्य परिषदले जनाएको छ । झडपका कारण सो क्षेत्रमा तनाव उत्पन्न भएको छ ।
टाँडी गाविसमा सञ्चालित फोटोसहितको मतदाता नामावली संकलन तथा नागरिकता वितरण कार्यक्रममा मञ्चसम्द्ध लिम्वुवान राज्य परिषद् र नेकपा माओवादीका कार्यकर्ताले अवरोध गर्न खोजेपछि झडप भएको हो । उनीहरुले कार्यक्रमको विरोध गर्दै शुक्रबारैदेखि कालोझन्डासहित प्रदर्शन गरिरहेका थिए । विरोधका कारण शुक्रबार नामावली संकलन र नागरिकता वितरण हुन सकेको थिएन । विरोधका बीच शनिबार कार्यक्रम सञ्चालन भइरहे पनि अपराह्नबाट अवरुद्ध भएको छ ।
परिषदका अध्यक्ष कुमार लिङदेनका अनुसार झडपमा वैकल्पिक केन्द्रीय सदस्य निश्चलता लावतीको हात भाँचिएको छ । मोरङका प्रंहरी नायब उपरीक्षक दीपक पोखरेलले अवरोध भएपछि थप प्रहरी टोली त्यसतर्फ पठाएको बताए । घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको उनले बताए ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला