Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Friday, June 7, 2013

त्रिसुलीमा ट्यांकर खस्दा दुइ जना बेपत्ता

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
 ,धादिङ , जेष्ठ २४ आज बिहान  -पृथ्बी राजमार्ग बा  ट दुध लिएर काठमाण्डौतर्फ आउँदै गरेको ट्याङकर धादिङको जोगिमारा ज्यामिरे घाटमा  त्रिशूली नदीमा खस्दा दुई जना वेपत्ता भएका छन भने एक जनाको सकुशल उद्धार भएको छ
जोगिमारा प्रहरी चौकीका अनुसार राती १ वजे तिर जोगिमारा गाविसमा पर्ने पृथ्वीराजमार्गको ज्यामिरेघाट नजिकैवाट वा १ घ ५४४ नम्बरको ट्याङकर सडक देखि ५० मिटर तल त्रिशूली नदीमा खस्दा ट्याङकरका चालक रुपन्देही जिल्ला बुद्धनगर-७ का ३० बर्षीय छत्रवहादुर थापा र अर्का एक यात्रु हराइरहेका छन । ट्रकका सह चालक २३ बर्षीय प्रकाश पौडेलको भने सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । सडकवाट ५० मिटर तल नदीमा खसेको  ट्याङकरलाई नदीले वगाएर १५ मिटर तल पुर्‍याईसकेको भएपनि नदीमा वढीरहेको वाढी र अविरल बर्षाका कारण थप समस्या आएको प्रहरीले जनाएको छ ।
सकुशल उद्धार गरिएका सह चालकको काठमाण्डौको सानेपास्थित स्टार अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला