![]() |
रुकुम, असार १ - जिल्लाको नुवाकोट गाविसका एक जनाले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको घटना सेलाउन नपाउँदै सो गाविससँगै जोडिएको पेउघा गाविसमा पनि उस्तै प्रकृतिको घटना भएको छ ।
सामान्य विवाद भएपछि पेउघा– २ का ४५ वर्षीय तेजबहादुर खड्काले आफ्नै सहोदर भाइबुहारी ३५ वर्षीया मनकुमारी खड्कालाई कुटो प्रहार हत्या गरी फरार भएका छन् ।
घरमाथिको भल छेक्नका लागि दुवै पक्षबीच शुक्रबार समान्य विवाद हुँदा तेजबहादुरले कुटोको पासोले टाउकामा हिर्काएपछि मनकुमारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमले बताएको छ । भल छेक्ने नाली काटेर मनकुमारीको घरतिरै भल लगाइदिएपछि आफ्नो घरतिर कुलो नलगाइदिन आग्रह गरेकी मनकुमारीलाई तेजबहादुरले उल्टै कुटो प्रहार गरेको स्थानीवासीले बताएका छन् । घटना हुँदा मृतकका श्रीमान् गणेश घरमा नभएको बताइएको छ ।
फरार अभियुक्तको व्यापक खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ओमबहादुर कँवरले जानकारी दिए ।
गत सोमबार राति मात्रै पेउघाकै छिमेकी गाविस नुवाकोटका एक जनाले खुकुरी प्रहार गरेर श्रीमतीको हत्या गर्नुका साथै दुई छोरा र एक छोरीलाई समेत काटेर गम्भीर घाइते बनाई आफूले पनि आत्महत्या गरेका थिय
![]() |
कमेन्ट