![]() |
मन्थली, असार ४ - नेपाल आयल निगमले रामेछाप विमानस्थलबाट हवाईजहाजमा तेल भर्ने कार्य मंगलबारदेखि थालनी गरेको छ । यो निगमको ८ औं तेल भर्ने विमानस्थल डिपो हो ।
एयर काष्ठमाण्डपको हजारमा तेल भरेर निगम संचालक समितिका सदस्य देविप्रसाद बरालले रामेछाप विमानस्थल इन्धन डिपोको सुभारम्भ गरेका हुन । मंगलबारदेखिनै निगमले रामेछापमा अध्याधुनिक ईन्धन ट्यांक राखेर हवाई इन्धन भर्ने व्यवस्था मिलाएको छ ।
पूर्वि पहाडी र हिमाली क्षेत्रका उडानकालागि आवश्यक हवाई इन्धन रामेछाप विमानस्थल डिपोबाट वितरण गरी हवाई आवागमनलाई सहज बनाउने उदेश्यले उक्त डिपोको स्थापना गरिएको नेपाल आयल निगमका कार्यकारी अधिकृत सुरेशकुमार अग्रवालले बताए ।
जहाज र हेलिकप्टरलाई उडानका लागि आवश्यक पर्ने ईन्धन सकिएको अवस्थामा तराई या काठमाडौंनै पुगेर भर्ने र फर्कदा लाग्ने समय रामेछाप विमानस्थलमा इन्धन भर्ने सुविधाले बचत हुनुका साथै विमान कम्पनीहरुलाई आर्थिक लाभ पुग्ने विश्वास निगमका पदाधिकारीले गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल नागरिक उडड्यन प्राधिकरणकी निर्देशक रोशन चित्रकारले रामेछाप विमानस्थलमा हवाई इन्धन भर्ने सुविधाले पूर्वी उत्तरी क्षेत्रको उडान सेवा थप प्रवर्धनकालागि टेवा पुगेको बताइन ।
उनले भविष्यमा रामेछाप विमानस्थललाई अझ व्यवसायिक बनाउनकालागि प्राधिकरणले आवश्यक कार्यक्रम संचालन गर्ने जनाइन् ।
काठमाडौं भन्दा पूर्वको सबैभन्दा नजिकको रामेछाप विमानस्थललाई यस अघि उडानको विचमा हुने प्राविधिक समस्या, मौसममा हुने गडवडिका कारण आपतकालिन अवतरण र प्रतिक्षाका लागि प्रयोग गर्दै आएकोले पनि इन्धन डिपो आवश्यक रहेकोमा सरोकारवालाले जोडदिदैं आएका थिए ।
वाह्रै महिना र जहाज अवतरण गर्न सक्ने र मौसमका कारण उडान प्रभावित नहुने विमानस्थलका रुपमा रहेको रामेछाप विमानस्थलबाट पछिल्लो केहि बर्ष सोलुका लागि कार्गो उडान बढदै गएको छ । काठमाडौं विमानस्थल व्यस्त हुने र उडानकालागि झण्डै दोव्बर सस्तो हुने भएकाले पनि विमानकम्पनीहरुले रामेछाप विमानस्थलबाट कार्गो उडान रोज्ने गरेका छन् ।
इन्धन डिपोको स्थापनाले रामेछापको आर्थिक र पर्यटनको विकासमा टेवा पुग्ने समेत निगम पदाधिकारीको दावी छ ।
रामेछापबाट कार्गो उडान गर्दा व्यवसायिहरुलाई लाग्ने भाडादर समेत सस्तो हुनेगरेको छ । हाल उक्त विमानस्थलबाट एयर काष्ठमाडौ र तारा एयरले सोलुकालागि कार्गो उडान गर्दै आएका छन् । रामेछापबाट सोलुको लुक्ला विमानस्थलमा हुँदै आएको कार्गो उडानमा आवश्यक पर्ने ईन्धन यस अघि हवाई कम्पनीले ग्यालिनमा राखेर प्रयोग गर्दै आएका थिए । ग्यालिनमा राखेर जहाजमा प्रयोग गर्ने इन्धन हवाई सुरक्षाकालागि राम्रो मानिदैन ।
रामेछाप विमानस्थल इन्धन डिपो संचालनमा आएपछि अब पूर्वि उत्तरी क्षेत्र रामेछाप, जिरी, सोलु लगायतमा हुने उडानकालागि यस अघि उपलव्ध गराउँदै आएको ग्यालिन इन्धनलाई निरुत्साहित गर्ने नीति निगमले लिएको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:
Post a Comment
के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला