Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Sunday, August 18, 2013

काश्मीरमा गोर्खा सैनिकको मृत्यु

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

कास्की, भाद्र २ - 'छुट्टीमा घर आउँदैछु, छोरीको पहिलो जन्मदिन सँगै बसेर मनाउँला,' २ साताअघि रणबहादुर गुरुङले पत्नी मनकुमारीलाई टेलिफोनमा भनेका थिए ।
तर भारत-पाकिस्तान सीमामा भएको उग्रवादी आक्रमणमा उनको १९ साउनमा मृत्यु भयो । आगामी १८ भदौमा छोरी रिखाको पहिलो जन्मदिन परिवारसँगै मनाउने उनको चाहना पूरा भएन । कास्कीको ताङतिङ घर भई पोखरा फूलबारी बस्दै आएका रणबहादुर ९ वर्षअघि भारतीय गोर्खा रेजिमेन्टको 'फाइभ फाइभ जीआर' मा भर्ती भएका थिए । टेलिफोनमा उनले आफू अहिले अलि खतरनाक स्थानमा तैनाथ रहेको पत्नीलाई बताएका
थिए । रणबहादुर र मनकुमारीको विवाह १९ मंसिर ०६८ मा विवाह थियो । परिवारकै एक्लो छोरा गुमाएपछि बाबु गंगाबहादुर, आमा हाइशुभा, पत्नी मनकुमारी र छोरी रिखाको खुसी खोसिएको छ । बाबु गंगाबहादुरले भने, 'एउटै भएको छोरा पनि रहेन अब कसको मुख हेरेर चित्त बुझाउने ।'
रणबहादुरको शव स्वदेश ल्याइएन, भारतमै अन्त्येष्टि गरिएको थियो । ४ दिनसम्म लडेका उनलाई २ उग्रवादी ढालेपछि गोली लागेको थियो । उनी भदौ पहिलो साता छुट्टीमा घर आउने तयारीमा थिए । गत चैतमा १ महिनाको छुट्टीमा आएपछि उनी पहिलोपटक काश्मीरको भारत-पाक सीमामा खटाइएका थिए । पृथ्वीनारायण क्याम्पसबाट प्रमाणपत्र तह उत्तीर्ण गरेपछि उनी भारतीय गोर्खा सेनामा भर्ती भएका थिए । स्रोत: कान्तिपुर 
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला