![]() |
'राष्ट्रपति ओबामाले रोज्ने जुनसुकै विकल्पका लागि हामी हरेक किसिमले तयार छौं,' उनले भने । अमेरिकी सेनाले आक्रमण गर्नुपर्ने थलोबारे विद्रोही पक्षसँग छलफल गरिसकेको छ । सिरियाली सेनाले रासायनिक हतियार प्रयोग गरेको विषयमा छिट्टै प्रमाण आदानप्रदान गर्ने जानकारी उनले मंगलबार दिएका छन् ।
रक्षामन्त्रालय प्रमुखले दक्षिण-पूर्वी एसियाको भ्रमणमा अमेरिकी सेना सूचना प्राप्त गर्नासाथ कारबाहीका लागि तयार रहेको दोहोर्याएका छन् । अमेरिका, प|mान्स तथा बेलायतले सिरियाली सरकारमाथि सैनिक कारबाही गर्ने अनुमान गर्न थालिएको छ । रक्षामन्त्री ह्यागेलले सिरियाली सरकारले जनतामाथि रासायनिक हतियार प्रयोग गरेको बताए ।
उनले आफूहरूले यस विषयमा निकै छिट्टै थप गुप्तचर प्रतिवेदन तथा जानकारी प्राप्त गर्ने जानकारी दिए । उनी ब्रुनाईमा रक्षामन्त्रीहरूको क्षेत्रीय भेलामा सहभागी हुँदै छन् । उनी बेलायती तथा प|mान्सेली समकक्षीसँग वार्तापछि अमेरिका, उसका सहयोगी तथा विश्वले राष्ट्रपति बसार अल-असादको सरकारले गत साता दमास्कसको बाहिरी भागमा घातक रासायनिक हतियार प्रयोग गरेको विश्वास गरेको बताए । अक्रमणमा १ हजार ३ सयको मृत्यु भएको विपक्षीहरूले आरोप लगाएका छन् ।
बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले रासायनिक हतियार प्रयोग भएको विषयमा छलफल गर्न सांसदहरूलाई ग्रीष्मकालीन बिदा कटौती गरी फिर्ता आउन आग्रह गर्ने भएका छन् । उनले सभामुखले बिहीबार संसदको बैठक बोलाउन तथा यस विषयमा सरकारले लिने उपायका विषयमा मतदान गर्न सहमति जनाएका छन् । क्यामरुनका प्रवक्ताले बेलायती सशस्त्र सेनाले सिरियामा सैनिक कारबाहीका लागि योजना तयार गरिरहेका जानकारी दिए ।
रुसी मालवाहक विमान खाद्य सहयोग लिई सिरियामा भूमध्यसागरीय नगर लाताकियामा अवतरण भएको छ । यसले सिरियाबाट र्फकन चाहने रुसी नागरिकलाई उद्धार गर्ने जानकारी आपत्कालीन मन्त्रालयले दिएको छ । रुसको आपत्कालीन मन्त्रालयको इल्युसिन-७६ नामक यो विमान सिरियाको बन्दरगाहयुक्त नगरमा २० टन मानवीय सहयोग सामग्री, चिनीयुक्त सुकेका फलफूल तथा चिनी सहित अवतरण भएको जानकारी मन्त्रालयका प्रवक्ता इरिना रोसुले दिइन् । उनले र्फकंदा त्यस विमानमा घर र्फकन चाहने सय रुसी नागरिकका साथै पूर्व सोभियत संघका १ सय ८० जनता रहने जानकारी दिइन् । सिरियाको सहयोगी रुस र चीनले सिरियामाथि सैनिक कारबाही भए त्यसको व्यापक प्रभाव रहने चेतावनी दिएको छ ।
अर्कोतिर रुसले सिरियामाथि पश्चिमी मुलुकको हस्तक्षेप सजिलो विजय नहुने र दामस्कसको सरकारसँग आक्रमण असफल बनाउने पर्याप्त वायुप्रतिरक्षा प्रणाली रहेको दाबी गरेको छ । सिरियाली विदेशमन्त्री वालिद मुआलेमले पश्चिमी मलुकका सैनिकले आफ्नो मुलुकमाथि आक्रमण गरे प्रतिरक्षा गरिने बताएका छन् । उनले सिरियासँग आत्मसमर्पण वा प्रतिरक्षा गर्ने विकल्प रहेको र दोस्रो विकल्प सबैभन्दा राम्रो हुने जानकारी दिएका छन् । स्रोत :ekantipur
![]() |
No comments:
Post a Comment
के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला