Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Saturday, August 24, 2013

गाउलेले नमाने पछी बुहारी फिर्ता

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
विपतले चैत १ गते उपल्लो जात मानिने स्थानीय विन्देश्वरी भरसँग प्रेम विवाह गरेका थिए । सानैमा बिहे भए पनि गौना नभएकी भरले ३ वर्षे प्रेमपछि हरिजनसँग प्रेम विवाह गरेकी हुन् । विवाहलाई स्थानीयले मान्यता दिएनन् । त्यसपछि विपत र विन्देश्वरीले असार १५ गते जिल्ला अदालतमा विवाह दर्ता गरेर कानुनी मान्यता प्राप्त गरे । ५ महिनाअघि परिवार विस्थापित हुनुपर्‍यो ।
विस्थापितलाई स्थापित गर्न पटकपटक प्रहरी र संघसंस्थाले पहल गरेका थिए । तर कानुनले संस्कार बदल्न नसक्ने भएकाले गाउँको मर्यादा जोगाउन केटी फिर्ता पाउनुपर्ने अडानमा स्थानीय उभिएका थिए ।
स्थानीयको अडानका अगाडि केही नलागेपछि हरिजन परिवार दुलही फिर्ता पठाउन बाध्य भएको हो । विपतका दाजु सुग्रीवका अनुसार सुरुमा दुलहीले फिर्ता जान मानेकी थिइनन् । फिर्ता पठाएमा 'आत्महत्या' गर्छु भनेर रोइकराइ गरेकी थिइन् । विपतले धेरै नै जिद्दी गरे ।
गाउँलेको धम्की र त्रास सहेर र परिवार विस्थापित भएर बाँच्न नसक्ने अवस्था भएपछि उनीहरूलाई सम्झाइबुझाई दुलहीलाई गाउँलेका जिम्मा लगाइएको हो । त्यसका लागि साउन २२ गते अदालतबाट सम्बन्धविच्छेद गराइएको थियो ।
सम्बन्धविच्छेदपछि छोरी बुझेका भर परिवारले उनलाई भारतमा आफन्तकोमा लगेर राखेका छन् । जति बेला पनि रुने र टोलाउने गरेपछि उनलाई गाउँबाट आफन्तकोमा लगिएको स्थानीयले बताए । यता विपतको अवस्था उस्तै छ । दुलही फिर्ता पठाएपछि एकोहोरिने र टोलाइरहने उनलाई परिवारले निगरानीमा राखेको छ ।
अन्तरजातीय विवाहलाई हेरिरहेको मधेस मानव अधिकार गृह माहुरी होमका शैलेन्द्र हरिजनले भर परिवारले विवाह भइसकेकी छोरी फिर्ता लगेर कानुन, मानव अधिकार र सिंगो दलित समुदायको उपहास गरेको बताए ।
स्रोत :कान्तिपुर 
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला