Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Wednesday, August 28, 2013

नेपाली फिल्म छेत्रको पुरानो नायक भुवन केसी काठमांडौ बाट संबिधान सभाको चुनाब लड्ने राजेस हमाल कांग्रेसमा प्रबेस

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
१२ भदौ, काठमाडौं । मंसिर ४ गते यदि संविधानसभाको चुनाव भैहाल्यो भने धेरै नेपाली कलाकारको परिचय फेरिने देखिएको छ । चुनावमा हारेका खण्डमा हरुवा कलाकार त जितेको खण्डमा सांसद । र, यस्तै परिचय बनाउने दौडमा लागेका छन् नायक भूवन केसी ।
संविधानसभा चुनावमा उम्मेदवार बन्ने तयारीका साथ विभिन्न कलाकारहरु यतिबेला माउ पार्टीसँग लबिङ गर्न व्यस्त छन् । नायक भुवन केसी पनि संविधान सभाको चुनावमा नेकपा एमालेका तर्फबाट प्रत्यक्ष उम्मेदवार बन्ने तयारीमा छन् । कलाकार केसीले काठमाण्डौको कुनै क्षेत्रबाट उम्मेदवार बनाउन पार्टीसमक्ष माग गरेका छन् ।
Rajush-and-bhuwan काठमाण्डौबाट उम्मेदवार बन्ने सम्भावना बढेको छ ।’ आफूजस्तो एउटा कलाकार संविधान सभासम्म पुगेको खण्डमा सिंगो सिने नगरीलाई पनि फाइदा पुग्ने भुवनको तर्क छ ।
सिनेमा नगरीमा लामो समय बिताएका भूवन आफ्नो ख्यातीका कारण काठमाण्डौबाट चुनाव जित्ने सम्भावना बलियो रहेको बताउँछन् । सिनामंगलमा स्थायी घर भएका केसीले नेकपा एमालेका अध्यक्ष झलनाथ खनालसँग यसअघि नै भेट पनि गरिसकेका छन् । नायक केसीलाई एमाले पार्टीले काठमाण्डौबाट उम्मेदवार बनाउने बिषयलाई गहन रुपमा लिएको उनको बुझाइ छ ।
काठमाण्डौमा अघिल्लो संविधान सभाको चुनावमा हार बेहोरेका कारणले पनि एमालेले केसीजस्ता लोकपि्रय कलाकारलाई उठाउने सम्भावना रहेको बताइन्छ । यसका लागि भुवन अहिले लबिङ गरिरहेका छन् ।
राजेश हमालको नाम कांग्रेसको सूचिमा
भुवन केसी एमालेबाट चुनाव लड्ने तयारीमा लागिरहेकै समयमा नेपाली सिने क्षेत्रका चर्चित नायक राजेश हमाल नेपाली कांग्रेसमा प्रवेश गर्ने तयारीमा रहेको बुझिएको छ । अहिलेसम्म हमालले यो विषयमा मुख नखोले पनि सिने बजारमा यो विषय निक्कै चर्चामा छ । हमाललाई नेपाली कांग्रेसले समानुपातिक तर्फबाट संविधान सभामा ल्याउने तयारी गरेको चर्चा चलेको छ ।
नायक राजेश हमालको पार्टी प्रवेशबारे जिज्ञासा राख्दा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले अनलाइनखबरसँग भन्नुभयो- ‘रामेश्वर खनालजस्तै विभिन्न विधामा दक्ष व्यक्तित्वलाई कांग्रेसमा ल्याउने अभियानअन्तरगत हामीले एउटा सूचि बनाएका छौं, जसमा नायक राजेश हमालको समेत नाम छ ।’
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला