Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Tuesday, August 27, 2013

ससस्त्र प्रहरीमा भर्ना गराईदिन्छु भनि ठगि गर्ने रंगे हात पक्राउ

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
नेपालगन्ज, भाद्र ११ - सशस्त्र प्रहरीमा भर्ना गरिदिने प्रलोभन देखाएर रकम असुल्दै हिडेका कार्कीगाउँ १ जाजरकोटका ३३ वर्षीय भक्तबहादुर सिंह पक्राउ परेका छन् ।
उनले आफू सशस्त्र प्रहरी निरीक्षक भरत सिंह भएको र बिभागबाट भर्ना छनौट निरीक्षण गर्न आएको बताउदै बेरोजगार युवाहरुलाई ठगी गर्दै आएको बाँकेको नौवस्ता स्थित सशस्त्र प्रहरी बलको तालिम केन्द्रले जनाएको छ ।
सशस्त्रकै पुर्ब बरिष्ठ हवल्दार रहेका सिंहले बिभागको लेटरप्याड र मानवस्रोत बिकाश बिभागका एआईजी दुर्जकुमार राईको किर्ते हस्ताक्षर गरेर केही युवाहरुलाई सशस्त्र प्रहरी निरीक्षकको नक्कली नियुक्ति पत्र समेत दिएको खुलेको तालिम केन्द्रका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) खड्कबहादुर राईले बताए ।
कोहलपुर क्षेत्रमा हिडिरहेका सिंहलाई सादा पोशाकमा खटिएका तालिम केन्द्रका सशस्त्र प्रहरी निरीक्षक ईश्वरीदत्त भट्ट र राजनलाल श्रेष्ठको टोलीले पक्राउ गरेर बरामद कागजात सहित मंगलवार ईलाका प्रहरी कार्यालय कोहलपुरलाई बुझाएको छ ।
सिंह यसअघि अपहरणपछि हत्या गरिएका नौवस्ताका युवा राजु धिताल हत्याकाण्डमा मुछिएका अभियुक्त हुन् । नेपाल नागरिक पार्टीबाट जाजरकोट क्षेत्र नम्बर २ बाट संबिधान सभा चुनाव लड्ने योजना बनाएका सिंहले भने, आफुले कसैलाई ठगि नगरेको र बरामद नक्कली कागजपत्र अन्य व्यक्तको भएको बताएको छ । उनले भनेको व्यक्तिलाई पनि प्रहरीले खोजी गरिरहेको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला