Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Wednesday, August 28, 2013

मलेसियामा ६ हजार २ सय नेपाली सम्पर्कबिहीन

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
११ भदौ, काठमाण्डौं । मलेसियामा ६ हजार दुई सय नेपाली सम्पर्क बिहीन भएका छन् । ‘रोजगारीका सिलसिलामा मलेसिया पुगेर बेपत्ता तथा परिवारको सम्पर्कमा नआएको संख्या ६ हजार २ सय पुगेको छ’, मलेसियामा हराइरहेका नेपालीको अनुसन्धानमा सन् २००९ देखि संलग्न रहेको आप्रवासी नेपाली समन्वय समितिका अध्यक्ष महेन्द्र पाण्डेले भने, ‘यी मध्ये १ हजार २ सय बेपत्ता छन् । न उनीहरु परिवारको सम्पर्कमा छन्, न मलेसियामा खोज्दा नै भेटिन्छन् । उनीहरु मरे कि बाँचेका छन्, पत्तो छैन् ।’
समितिले वेपत्ता तथा सम्पर्कबिहीन रहेकाको खोजी गर्न बारम्बार मलेसिया र नेपालस्थित उनीहरुको घर पुगेर तथ्यांक संकलन गर्ने गरेको छ । समितिको अनुसन्धानअनुसार परिवारसँग सम्पर्कमा नरहेका झन्डै ५ हजारले विदेशी महिलासँग बिहे गरी घरजम गरेका छन् ।
‘त्यसमध्ये २ हजार नेपाली बिहे गरी परिवार भएकाहरु छन्,’ अध्यक्ष पाण्डेले भने, ‘नेपालमा रहेका आफन्तले उताको बिहेबारी थाहा पाउलान भनेरै उनीहरु सम्पर्कबाहिर बसेका हुन् ।’
मलेसियामा बिहे गरी बसेका नेपालीमध्ये ९० प्रतिशतले इन्डोनेसियाली केटीसँग घरजम गरेको अनुसन्धानले देखाएको नागरिक दैनिकमा खबर छ । बाँकी १० प्रतिशतले फिलिपिनो र अन्यसँग बिहे गरेका छन् । उनीहरु अधिकांश मलेसियामै लुकेर बसेका छन् भने केही पत्नीको देशमा बसोबास गर्दै गरेको पाण्डेले बताए ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला