Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Showing posts with label समाचार. Show all posts
Showing posts with label समाचार. Show all posts

Sunday, October 20, 2013

चुनाबकोलागि खटियका सेनाको गाडी धनकुटा भेडेटारमा दुर्घटना ११ जना सेना घाइते

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
३ कात्तिक, धनकुटा । धनकुटाको भेडेटार नजिकै नेपाली सेनाको गाडी दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । उनीहरु मध्ये २ जनाको अवस्था गम्भीर छ ।
चुनावी सुरक्षाका लागि पूर्वी पृतना इटहरीबाट सेना लिएर धनकुटा प्रस्थान गरेको लु १ ग ९६ नम्बरको सैनिक ट्रक आइतबार दिउँसो भेडेटारबाट मुलघाटतर्फ ओरालो लाग्दा कार्कीछाप नजिकै ब्रेक फेल भएर दुर्घटना भएको हो । इटहरीस्थित सैनिक स्रोतका अनुसार अनियन्त्रित ट्रकलाई भिरतर्फ खस्न नदिन चालकले भित्तामा ठोक्काएका थिए । त्यसक्रममा मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा ट्रकका अगाडि बसेका क्याप्टेन र चालक केही गम्भीर घाइते भएका छन् । उनीहरुको धरानस्थित वीपी कोइराला मेमोरियद अस्पतालमा उपचार भइरहेको छ । अन्य घाइतेको अवस्था सामान्य रहेको छ भने मोटरसाइकल चालक पनि घाइते छन् ।
चुनावी सुरक्षाका लागि तीन बटा ट्रकमा सेना धनकुटा गएको थियो । आगामी मंसिर ४ गते हुने संविधानसभा निर्वाचनको सुरक्षाका लागि आइतबारबाट देशभर नेपाली सेना परिचालन भएको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Saturday, October 19, 2013

दाङमा एमाओवादीको नेता माथि गोलि प्रहार गम्भीर घाइते

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
२ कात्तिक, दाङ । दाङको धमकापुरमा एकीकृत नेकपा माओबादीका जिल्ला सदस्य हरिचन्द्र चौधरीमाथि गोली प्रहार भएको छ । डुरुवा गाबिस ६ धमकापुर का ३८ बर्षीय चौधरीलाई घर छेउमै गोरु चराउँदै गरेको अबस्थामा शनिबार अपरान्ह पौने ४ बजे अज्ञात समूहले गोली हानेको हो ।
चौधरीको दुई खुट्टामा २ वटा गोली लागेको छ भने दायाँ कुममा खुकुरीको गहिरो चोट लागेको छ । आक्रमणमा परि गम्भीर घाइते चौधरीको राप्ती अञ्चल अस्पताल तुलसिपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
गोली हान्ने समूहका दुई जनाको पहिचान भएको छ । उरहरी बेलगनारका जगत चौधरी र पारस हमाल गोली प्रहारमा संलग्न भएको छ । उनीहरु यसअघि पनि अपराधिक गतिविधिमा संलग्न व्यक्ति भएको र प्रहरीको मोस्टवाण्टेडको सूचीमा रहेको प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले जानकारी दिनुभयो ।
उहाँका अनुसार घटना पश्चात दाङका प्रहरी प्रमुख एसपी सरदकुमार खत्रीको कमाण्डमा प्रहरी परिचालन भएको छ । त्यस्तै शसस्त्र प्रहरी पनि नाका र हाईवेमा परिचालन गरिएको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Friday, October 18, 2013

के हजुर पनि सहयोग गर्न चाहनु हुन्छ तँपाइको सानो सहयोगले उहाँले नया जिबन पाउन सक्छकी

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
यि हुन् तनहुँ छिपछिपेका २८ बर्षिय हेमराज गुरुङ । यिनको अनुहारमा मासुको डल्लो पलाएको वर्षौँ वितिसकेको छ । तर यसको उपचार आज सम्म हुन सकेको छैन ।  उपचारका लागि चितवनको भरतपुर स्थित क्यान्सर र भारतका विभिन्न अस्पतालमा पुगिसके तर रोग निको भएको छैन ।
यसै सिलसिलामा उनी थप उपचारका लागि काठमाण्डौ स्थित सुस्मा मेमोरियल अस्पतालमा जाँदै छन् ।उनका दाजु नरबहादुर गुरुङगका अनुसार भोली अस्पतालमा उपचार गरिदैछ । तर गुरुङ परिवारलाई हेमराजको उपचारमा लाग्ने खर्चले पिरोलेको छ । दमौलीको भोर्लेटार चोकमा भेटिएका यि गुरुङ दाजुभाईले उपचारका लागि कोही सहयोगी हातहरु भेटिए उनीहरु भगवान सरह हुने बताएका थिए ।dcnepal


भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Wednesday, October 16, 2013

त्रिसुली नदीमा बस खस्यो ११ जना बेपत्ता

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला



भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Saturday, October 12, 2013

युएईका युवराज आफ्नै निजि बिमान लियर काठमांडौमा

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

काठमाडौ, आश्विन २६ - संयुक्त अरब इमिरेट्स (युएई)का युवराज सेख मोहमद बिन हमाद बिन मोहमद अल सर्की नेपालको चारदिने निजी भ्रमणमा शुक्रबार राति काठमाडौं आएका छन् ।
पाँच सदस्यीय उच्च अधिकारीका साथ चारदिने भ्रमणमा निजी विमान लिएर नेपाल आउनुभएका उहाँलाई विमानस्थलमा नायब शिष्टाचार महापाल हेमलाल भट्टराईले स्वागत गरे ।
अल सर्की युएईको फुजैरा राज्यका युवराज हुन् । उक्त देशका छवटै राज्यमा राजपरिवारका उच्च सदस्यले शासन सम्हाल्ने कानुनी व्यवस्था छ ।
युएईमा ठूलो सङ्ख्यामा नेपाली श्रमिकहरू रहेका कारण पनि त्यहाँका युवराजको नेपाल भ्रमण अर्थपूर्ण रहेको अनुमान गरिएको छ ।
अबुधाबीस्थित नेपाली दूतावासका अनुसार हाल युएईमा एकलाख ५० हजार नेपाली कार्यरत छन् । नेपालीहरू निर्माण, सुरक्षा, सेवा प्रदायक क्षेत्र र कलकारखानामा काम गरिरहेका छन् । औसतमा उनीहरूको मासिक तलब रु १८ देखि ३० हजार छ । नेपाल र युएईबीच २०३४ साल पुसमा कुटनीतिक सम्बन्ध स्थापना भएको हो ।
नेपाली युवाका निम्ति वैदेशिक रोजगारीको प्रमुख गन्तव्यमध्येको एक युएईसँग व्यापार, आर्थिक सहयोग, लगानी आकर्षण, पर्यटन प्रवर्द्धनका क्षेत्रमा सहकार्य गर्न पछिल्ला वर्षहरूमा दुबै मुलुकले चासो देखाएका छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Friday, October 11, 2013

दोलखाको लाकुरी डाँडामा यात्रु बाहक बस दुर्घटना ९ जनाको मृत्यु

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
दुइ दिन अगाडी मात्र दोलखाको मेलुन्ग्मा यात्रु बाहक बस दूर्घटना भइ २२ जना घाइते १ जना प्रहरी जवानको मृतु भयको थियो  यो घटना सेलाउन नपाँउदे आज फेरी दोल्खाकाकै लाकुरी डाँडा झिन्गाने खोलामा काठमांडू बाट दोलखा रिजब्मा आउदै गरेको बस   बा २ ख ९२०० नम्बरको बस पुष्पलाल राजमार्ग अन्तर्गत लाकुरीडाँडा- ९ झिंगानेमा दिउँसो ३ बजेतिर दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा ९ जनाको घटनास्थलमै र एक जना बच्चाको उपचारकोक्रममा चरिकोट सामूदायिक अस्पतालमा मृत्यु भएको दोलखाका प्रहरी प्रमुख सूर्यप्रसाद काफ्लेले जानकारी दिए




भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Thursday, October 10, 2013

दैलेखमा प्रहरी निरीक्षक हेमराज भट्टको आफ्नै अंगरक्षकद्वारा गोली हानी हत्या हत्यारा आफै पनि आफ्नो पेटमा गोलि हानी आत्म हत्या

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
भिडियो हेर्न माथि बक्समा  क्लिक गर्नुहोस 





भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Wednesday, October 9, 2013

दोलखाको मेलुङमा बस दुर्घटना, प्रहरी जवानको मृत्यु ९ जना घाइते

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला


दोलखा, आश्विन २३ - दसैंमा घर जाने यात्रु बोकेको बस दोलखा मेलुङमा दुर्घटना हुँदा एक प्रहरी जवानको मृत्यु भएको छ ।
पुष्पलाल मार्गको मालुखोलाबाट करिब ४ किलोमिटर मेलुङतर्फको कच्ची सडकमा बुधबार साँझ साढे ४ बजे भएको दुर्घटनामा ९ जना घाइते छन् । मृत्यु भएका करिब ३० वर्षीय दिपात नेपाल प्रहरीका जवान भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक सुरेशप्रसाद काफ्लेले बताए ।
काठमाडौंबाट यात्रु बोकेर छुटेको बा २ ख ९८०४ नम्बरको बस उकालो चढ्दैगर्दा चिप्लिएर सडकमै पल्टिएको घाइतेहरुले बताएका छन् । अरनिको यातायात समितिको उक्त बसमा मेलुङ र डाँडाखर्क गाविसका करिब ४५ यात्रु सवार थिए ।
दुर्घटनामा घाइतेहरुको हात, खुट्टा र टाउकोमा चोट लागेको डाँडाखर्कका रविन लामाले बताए । घाइते सबैलाई उद्धार गरी चरिकोट ल्याइएको छ ।

दुर्घटनामा घाइतेहरुः

१) रिना तमाङ- डाडाखर्क गाविस
२) प्रवीन श्रेष्ठ- मेलुङ गाविस
३) नारायण श्रेष्ठ- मेलुङ गाविस
४) नवराज थोकर- डाँडाखर्क गाविस
५) हिरा थोकर- डाँडाखर्क गाविस
६) ज्ञानबहादुर तमाङ- डाँडाखर्क गाविस
७) सन्तबहादुर मगर- डाँडाखर्क गाविस
८) दिनेश मगर- गाविस
९) कुमार खड्का- डाँडाखर्क गाविस

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

बस पल्टिंदा २२ जना घाइते पाँच को अबस्था गम्भीर

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Tuesday, October 8, 2013

नामार्दकि स्वास्नी सबैको भाउजु

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
केही अघि बर्दियाको एउटा घरमा भारतीय प्रहरीले गरेको खानतलासीलाई लिएर धेरै समाचार पढ्न पाइयो । तिनै मध्येको एक थियो, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले त्यसै घटनामाथि प्रतिक्रिया दिंदै 'अपडेट' गरेको  'फेसबुक स्टाटस'लाई आधार बनाएर एउटा अनलाइन समाचार साइटले बनाएको 'मेन न्युज' । डा. भट्टराईको 'स्टाटस'को 'लिड' यस्तो थियो, 'नामर्दकी स्वास्नी सबैकी भाउजू....।' उखानको अर्थसमेत खुलाइएको थियो यसरी 'अर्थात कमजोरलाई सबैले हेप्छन् ।'
Sabitri Gautamजनताको घर-घरमा गएर बास बसेका देशका प्रत्येक कुना-कुना छामेका पूर्व प्रधानमन्त्रीलाई समाजमा प्रचलित यस्ता उखान थाहा हुने नै भयो र उहाँजस्ता 'इन्टेलेक्च्युअल' नेताले  त्यसको अर्थ खुलाउनु पनि कुनै नौलो कुरा भएन । तर एकाबिहानै कफीसंँगै अनलाइनमा  खबरहरू पढ्दै गर्दा मलाईचाहिं पिउँदै गरेको कफी नै तीतो भएजस्तो लाग्यो । सोचें, असाध्यै अध्ययनशील भनेर चिनिएका पीएचडी होल्डर डा. भट्टराईले यतिधेरै उखानमध्ये 'जो होँचो उसको मुखमा घोँचो' भन्ने उखानचाहिं सुन्न, पढ्न भ्याउनुभएनछ कि क्या हो ! कम्तीमा यसले त्यसलाई 'रिप्लेस' गरिदिएको भए अलिकति कम नमीठो सुनिन्थ्यो कि ? अर्थ त दुबैको एउटै लाग्छ क्यारे । सानैदेखि बुबाले हामीलाई बेला-बेला सम्झाइराख्ने एउटा प्रसंग सम्झेंँ, 'आमा' र 'बाउकी स्वास्नी' भनेका दुवै एउटै व्यक्ति हुन्, फरक शब्द छनोटको मात्रै हो ।'
मैले केही समयअघि नेपाली समाजमा प्रचलित केही उखान संकलन गरेकी थिएँ । ती मध्ये अधिकांश उखानका पात्र महिला छन् । अत्यन्तै होच्याएर बनाइएका यस्ता उखानहरू 'भर्वल भाइलेन्स' अर्थात् शाब्दिक हिंसाका सबैभन्दा निकृष्ट उदाहरणजस्ता लाग्छन् । यस मध्येका केही उखान यस्ता छन्- 'राँडीलाई ढोग गर्‍यो, मै जस्ती भएस् -भन्छे)', 'कुन्ताकी बुहारी भटमास खाएकी', 'बोक्ली ब्याउलीभन्दा मुत्नकै सास्ती', 'लाटाको खुट्टा बाटामा' आदि ।
पहिलो उखान 'राँडीलाई ढोग गर्‍यो मै जस्ती भएस्' को अर्थ हुन्छ, श्रीमानको मृत्यु भएकी महिलालाई ढोग गरे ढोग्ने महिलालाई पनि मै जस्तै भएस् अर्थात श्रीमान मरोस् भन्ने श्राप दिन्छिन् । अर्थात् प्रतिष्ठा र हैसियतमा कमजोर व्यक्तिको संगत गरे उसले आफूलाई 'नि त्यस्तै बनाउँछ । दोस्रो उखानले यसै पनि कमजोर स्वास्थ्य भएकी बुहारी त्यहीमाथि भटमास खाएर बिरामी परेको -पखाला लागेको हुनुपर्छ) र घरको कामकाज गर्न नसकेको भन्ने अर्थ लगाउँछ । तेस्रो उखानको  पहिलो शब्द 'बोक्ली'को अर्थ हो बिहे गरेर ल्याइएकी बुहारी गर्भवती होली 'ब्याउली' अर्थात् बच्चा जन्माउली भनेको त पिसाब फेर्नसमेत नसक्ने भई । यी दुवै उखानले स्थिति सप्रेलाभन्दा झनै बिग्रँदै गएको भन्ने जनाउँछन् । तेस्रो उखानले त एउटी महिला बिरामी पर्नुलाई समेत कुनै गल्ती या अपराधको दर्जामा राखेजस्तो सुनिन्छ । 'लाटाको खुट्टा बाटामा' ले चाहिं 'केही गर्ने खुबी नभएको व्यक्तिले झुक्किएर कुनै काम राम्रो गरेको' भन्ने अर्थ लाग्छ ।
केही वर्षअघि डा. भट्टराईले कुनै एउटा राजनीतिक दललाई  'तेस्रो लिंगी' शब्दले गरेको सम्बोधन निकै चर्चित भएको थियो । त्यसबाहेक ठूलठूला सभासम्मेलनहरूमा राष्ट्रियस्तरकै नेताहरूले सरकार 'अन्धो' भयो, 'लंगडो' भयो, 'बहिरो' भयो भनेर कुर्लेका 'बहुचर्चित' भाषण  समाचारमा आइराख्छन् । नाम कमाएका साहित्यकारले पनि आफ्ना रचनामा अन्धा, लंगडा, बहिराजस्ता शब्दको प्रशस्त प्रयोग गरेर तिनलाई सार्वजनिक कार्यक्रमहरूमा सगौरव सुनाउँछन् । अझ विडम्बना कतिपय यस्ता कार्यक्रममा दृष्टिविहीनता, सुस्त श्रवण या अन्य शारीरिक अपांगता भएका व्यक्तिहरू स्वयं उपस्थित हुन्छन् । नजिकै भए त कतिपयले लाज पचाइ पनि हाल्छन्, 'सरी है, तिमीलाई भनेको हैन है ।'
२०६२/६३ को आन्दोलन र गणतन्त्र घोषणापछि नेपाली समाजमा सबैभन्दा बढी 'पपुलर' बनेको शब्द हो, 'समावेशी' । गत माघदेखि चैत्ासम्म भारतको बम्बैमा यसैसम्बन्धी एउटा कोर्स 'कम्युनिटी इनिसियटिभ्स  इन इन्क्लुजन' पढ्दै गर्दा हाम्रा 'टे्रनर'हरू 'समावेशी समाज' अर्थात् 'इन्क्लुसिव सोसाइटी'को परिभाषा दिंदै भन्थे, 'समावेशी समाजमा सबै व्यक्ति समाजका प्रत्येक गतिविधिमा निर्धक्क र समान रूपमा सहभागी हुन्छन् । जात, रंग, वर्ग, लिंग, उमेर, धर्म,  आर्थिक, शारीरिक या मानसिक क्षमता वा अपांगतालाई आधार बनाएर उनीहरूमाथि कुनै पनि प्रकारको हिंसा वा भेदभाव हुँदैन, बरु समाज नै उनीहरूका लागि जरुरी पर्ने 'फ्लेक्जिबिलिटी' र 'एडजस्टमेन्ट'का लागि सधैं तयार रहन्छ ।' त्यतिखेर म आफ्ना 'प्रेजेन्टेसन'हरूमा गौरवसाथ सुनाउँथेँ, 'हाम्रो देशको त शैक्षिक प्रणाली 'नि एकदम 'इन्क्लुसिव छ, औपचारिक शिक्षाका लागि उमेरको कुनै छेकबार छैन, हजुरबा-नाति, सासू-बुहारी एउटै कक्षामा समेत पढेका थुप्रै उदाहरण छन् । उल्टै पाको उमेरका व्यक्तिले स्कुल-कलेज गएर पढेको कुरालाई समाज र सञ्चार दुबैले एकदम 'एपि्रसियट' पो गर्छन् ।'
महाराष्ट्रमा २० वर्ष उमेर कटेपछि त्यहाँको 'एसएससी' -हामीकहाँको एसएलसीजस्तै) मा सामेल हुन नपाइने नियम भएको सुनाउने मेरा भारतीय टे्रनरहरूले ओहो !  हो र ! कस्तो राम्रो ! भनेपछि म झन् हौसिन्थँें र थप्थेंँ, 'हाम्रो त संविधानसभा नै 'इन्क्लुसिव' थियो । त्यहाँ सबै जाति, वर्ग, क्षेत्रका र अपांगता भएका व्यक्ति लगायत तेस्रो लिंगीको समेत प्रतिनिधित्व थियो ।' यो एउटा गर्व गर्नलायक उपलब्धि लाग्थ्यो मलाई आफ्नो देशको । नागरिकतामै 'तेस्रो लिंगी' लेख्न पाउने व्यवस्था गरेर मेरो देश समावेशीको क्षेत्रमा अझ एक कदम बढी 'प्रोग्रेसिव' भएजस्तो लाग्थ्यो मलाई ।
कुरा व्यक्ति विशेषको पार्टी विशेषको भन्दा पनि संस्कारको हो । मानिसको दिमागमा जरा गाडेको संस्कार यति बलियो हुँदोरैछ, त्यसलाई हामी सबैले कागजी सर्टिफिकेटका ठेलीले जतिसुकै थिचेर राखे पनि बेला-बेला प्रकट भई नै हाल्दोरैछ, 'नामर्दकी स्वास्नी  सबैकी भाउजू', 'मर्दकी दसवटी', 'लाटाका खुट्टा बाटामा' जस्ता उखानको रूपमा वा 'यो सरकार त अन्धो, बहिरो र लंगडो भइसक्यो' जस्ता भाषणको रूपमा भए पनि । तर हाम्रै संस्कारले सिकाएको छ हामीलाई, 'मान्छे जन्मले हैन, कर्मले ठूलो हुन्छ', 'छालाका आँखाभन्दा ज्ञानका आँखाको महत्त्व धेरै छ' जस्ता कुरा पनि । 'वचनको घाउ निको हुँदैन' भन्ने वाक्य पनि हाम्रै सस्ंकारले हामीलाई दिएको सरल तर सुन्दर पाठ हो ।
कुनै पनि व्यक्तिको आफ्नो रूप, रंग, जात, लिंग वा शारीरिक, मानसिक सबलता -या दुर्बलता) जन्मजात हुन्छ । आफ्नो वशमा हुँदो हो त हामी आफूले चाहेजस्तै रूपरंग लिएर चाहेको परिवार, वर्ग वा देशमै जन्मिन्थ्यौं होला । कसैको प्रकृतिप्रदत्त गुण, स्वभाव वा शारीरिक बनावट वा क्षमतालाई होच्याएर यस्ता उखान या सम्बोधन जसले बनाए, तिनीहरूले पनि सायद खासै ठूलो 'मर्दाङ्गी' गरेनन् । १०० वटा छोरा जन्माएका महाभारतका धृतराष्ट्रको 'मर्दाङ्गी' के काम, जसले आफ्नो वंशसहित सारा देशै नाश गर्‍यो ।
कहिलेकाहीं घरमा अनावश्यक कुरामा मूर्खतापूर्ण विवाद गर्दै गरेका हामी 'डिग्री होल्डर' छोराछोरीलाई हेरेर आमाले गाली गर्नुहुन्छ, 'आफूले पढ्न नपाउँदा र मान्छेले 'नपढेका मान्छे' भनेर हेपेको सुन्दा 'कस्ता हुन्छन् होला पढेलेखेका मान्छे ? मेरा छोराछोरीले पढ्लान् नि भोलिपर्सि !' जस्तो लाग्थ्यो, तिमीहरूलाई देखेपछि त 'यस्ता पो हुँदारैछन्' जस्तो लाग्न थाल्यो ।' साँच्चै 'नयाँ पुस्ता' भनेको त पुरानोभन्दा 'अपडेटेड' हुनु पो हो । हामी नयाँ पुुस्ताका 'पढेलेखेका'हरूले देखाउने  'मर्दाङ्गी'  भनेको त यस्ता गलत शब्द, प्रचलन र संस्कारको भारीलाई आफ्नो काँधबाट मिल्काउन सक्नु र राम्रा संस्कारलाई बाचय राखेर भविष्यको पुस्तालाई हस्तान्तरण गर्नु पो हो ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Saturday, October 5, 2013

रामेछापमा बस दुर्घटना, तीनको मृत्यु ५० भन्दा बढी घाइते -

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
मन्थली (रामेछाप), आश्विन १९ - मन्थलीबाट यात्रु वोकेर रामेछाप हुँदै साँघुटार जाँदै गरेको यात्रुवाहक बस रामेछाप गाविसको वावियाखर्कको आइतबारे भीरमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परि ६० भन्दा बढी घाइते छन् । मृत्यु हुनेमा रामेछाप गोठगाउँ गाविस- १ कि गोमा भण्डारी छन् । अन्य दुई जनाको सनाखत हुन सकेको छैन । भण्डारीको रामेछाप सामुदायिक अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको हो भने अन्य दुई तामाकोशी सहकारी अस्पतालमा भर्ना गरिएका थिए ।  दुर्घटनामा परेका अधिकांश यात्रु ओखलढुंगा जिल्लाका छन् ।
सिमसीम पानी परिरहेको बेला उकालो जाँदै गरेको वस पछाडि सर्दै दुर्घटनामा परेको हो । बस सडकबाट करिव ६० मिटर तल झरेको थियो । वस दुई टुक्रा भएको छ । छतमा रहेका यात्रु हाम फालेर वचेका थिए भने भित्रका अधिकांश यात्रु घाइते भएका छन् ।
बसभित्र रहेका घाइतेहरुलाई स्थानीय वासिन्दा र सुरक्षाकर्मीको सहयोगले निकालिएको थियो । बस लडेको स्थानमा यात्रु किचिएको हुन सक्ने अनुमान उद्धारकर्मीले गरेका छन् ।
साँझ ५ वजे तिर भएको दुर्घटनाको खबर आउना साथ जिल्ला सदरमुकामबाट सेना, सत्रस्त्र प्रहरी, नेपाल प्रहरी, रेडक्रसकर्मी, पत्रकार लगाएत सयौं उद्धारकर्मी घटनास्थल पुगेका थिए । सडकबाट भिरको वाटो हुदै अधिकांश बिरामी बर्कोमा पोको पारेर सडक सम्म निकलेका थिए । दुर्घटनाको खवर पाएपछि प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुली, प्रहरी नायव उपरिक्षक विमलराज कणेल लगाएत घटनास्थल पुगेका थिए ।
तामाकोशी सहकारी अस्पताल , रेडक्रस र प्रहरीका सवारी साधनले घाईतेहरुलाई कोचाकोच हालेर जिल्ला सदरमुकाम मन्थलीमा रहेका विभिन्न अस्पताल सम्म लगेका थिए । अस्पतालमा विरामी राख्ने स्थानको अभाव छन् ।
तामाकोशी सहकारी अस्पताल २४, रामेछाप सामुदायिक अस्पताल २०, मन्थली पोलिक्लिनीकमा ५ जनालाई भर्ना गरिएको छ । अन्य सामान्य विरामी दर्जनौ छन् । उपचारको लागि भर्ना भएकोमा अधिकांशको अवस्था गम्भीर छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

यस्तो छ ‘यौन उत्तेजक’ यार्सागुम्बाको रामकहानी

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
yarsagumbaयार्सागुम्बा यस्तो जडीबुटी हो, जसमा वनस्पति र जीव दुबै हुन्छ र यो कहिल्यै पनि मर्दैन । समद्र सतहदेखि ३८ सय मीटरदेखि ४८ सय मीटरसम्मको उचाइमा यो पाइन्छ । यो अमूल्य जडीबुटी हिमाली भेकका शेर्पा भोटेहरूसँग हुने र उनीहरूले प्रयोग गर्ने गरेको पाइन्छ । त्यसैले यसलाई शेर्पाहरू ‘छातावु’ अर्थात छाता ओड्ने किरा भन्छन् ।जमिनमुनि प्राणी र जमिनमाथि बनस्पति हुनाले यसलाई छाताबु भन्ने गरेको विश्वास गरिन्छ । शेर्पा भाषामा यसलाई ‘यार्चा गुम्बु’ भनिन्छ । yarsagumbaजसको अर्थ ‘यार्चा’ वनस्पति र ‘गुम्बु’ किरा हो । वनस्पति र किरासँगै भएको बस्तु यार्सागुम्बु भन्छन् । यस जडीबुटीको नाम दुईवटा शब्दहरूको संयोजनबाट बनेको हुन्छ ‘यार्सा’ र गुम्बा’ नेपाली प्रचलित भाषामा यसलाई यार्सागुम्बा भनिन्छ । नेपालका कतिपय स्थानहरूमा भने यसलाई जीवनबुटी र कसै कसैले त अश्लील नामले समेत चिन्ने गरेको पाइन्छ ।
यार्सागुम्बा, यो शब्द तिब्बती भाषाबाट अपभ्रंस भएर आएको हो । त्यसैले तिब्बती भाषामा यसलाई ‘यारचा कुम्भू भनिन्छ । तिब्बती भाषामा ‘यार’ भनेको बषर्ा र ‘चा’ भनेको घास ‘कुम’ भनेको हिँउद तथा ‘भू’ भनेको किरा हो, अर्थात बषर्ा ऋतुमा घास र हिउँदमा घाससँग जोडिने किरा हुने बस्तु भन्ने अर्थ लाग्दछ । यही तिब्बती भाषाबाट यारचा कुम्भू अपभ्रंस भएर यार्सागुम्बा भएको मानिन्छ । त्यसो त कणर्ाली अञ्चलका मुगु, हुम्ला, जुम्लामा उत्तरी हिमाली भेकमा शेर्पा भोटेहरूले यार्साकिमु भन्दछन् । र, यार्सागुम्बाको अलावा यसलाई जीवनबुटी पनि भनिन्छ । किंवदन्ती अनुसार राम र रावणको युद्धमा लक्ष्मणलाई वाण लागेर मुर्छित हुँदा नेपालको उत्तरी हिमाली भेकबाट हनुमानले यही यार्सागुम्बा लिएर गइ लक्ष्मणलाई खुवाएर बिउँझाएका थिए भन्ने कुरा प्रचलित छ । हुन पनि यो कहिल्यै मर्दैन । बनस्पति मरे प्राणी जिवितै रहन्छ, प्राणी मरे बनस्पति जिवितै रहन्छ । बनस्पति जिवितै रहेपछि प्राणीको पुनः जन्म हुन्छ । बसन्तकुमार शम्र्मा ‘नेपाल’ को ‘नेपाली शब्द सागर’ मा यार्सागुम्बाको अर्थ टुप्पोतिरको भाग झारपात र जरातिरको भाग किरा प्रकारको देखिने हिमाली डुलन्ते झार, तागतका लागि सुकुटीका रुपमा काम लाग्ने डुलन्ते झार भनी नेपालीमा अर्थ लगाइएको छ ।

के हो त यार्सागुम्बा ?

 यार्सागुम्बा भनेको हिमाली भेकमा पाइने ढुसी र झुसिल्किरा एकै ठाउँमा जोडिएर रहेको बस्तु हो । यसमा ढुसी र झुसिल्किरा परस्परमा आश्रति भएका हुन्छन् । यार्सागुम्बाको जीवनचक्रका सम्बन्धमा बनस्पतिविदहरूका अनुसार यो ६ महिना किरा र ६ महिना बनस्पति भएर रहन्छ । त्यसरी  हेर्दा बनस्पति जिवित रहे प्राणी मर्ने र प्राणी जिवित रहे बनस्पति मर्ने हुन्छ । जमिनमा रहेका पुराना यार्सागुम्बाबाट हावामा प्रशस्त बीऊहरू फैलिरहन्छन् । यी बीऊहरू एक प्रकारका पुतली, झुसिल्किराको शरीरमा टाँसिन्छन् र त्यहीँ उम्रन्छन् । यी बीऊहरू उम्रेपछि यिनका जराहरू झुसिल्किराको शरीरमा फैलन्छन् त्यस समयसम्म झुसिल्किरा हिडडुल गरिरहेकै हुन्छ । यसरी यो बनस्पतिको जराहरूले झुसिल्किरालाई पुरै ढाक्दै गएपछि झुसिल्किरा जमिनभित्र गएर मर्छ । झुसिल्किरा जमिनमा मरिसके पछि बनस्पतिले आˆनो आहारा त्यही झुसिल्किराको शरीरबाट लिन्छ र बनस्पति विकसित हुन्छ अर्थात माटो माथि जिवित रहन्छ माटो मुनी मर्छ । माटो माथिको बनस्पति माटोमुनिको प्राणीको टाउकोबाट पलाएको हुन्छ यसको रङ्ग कालो हुन्छ जसको टुप्पोमा सानासाना प्वालहरू हुन्छन् ती प्वाल भित्र लामा लामा थैला हुन्छन् र प्रत्येक थैलामा मसिना मसिना लामा लामा बीऊ हुन्छन् ।
यो बिशेष गरेर उत्तरी क्षेत्रमा बर्षभरि पाउन सकिन्छ । यो ढुसी झुसिल्किराको शरीरबाट खाद्य पदार्थ प्राप्त गरेर विकसित हुन्छ । र यसका प्रत्येक दुई भाग हुन्छन् जमीनमाथिको भाग यार्सा   र जमिनमुनिको भाग गुम्बा । यो परस्पर जोडिएको हुन्छ । जबसम्म बनस्पति पूर्ण विकसित हुँदैन तबसम्म प्राणी डुलिरहने हुनाले यसलाई डुलन्ते झार भनिएको हो ।
विभिन्न बनस्पति सम्बन्धि पुस्तकमा यार्सागुम्बाका १०० भन्दा बढी प्रजाति रहेको उल्लेख गरिएको छ । ती मध्ये जापानमा ३० वटा, बि्रटेनमा १२ वटा, भारतमा ७ वटा चीनमा २१ वटा प्रजातिका यार्सागुम्बा पाइन्छ । नेपालको सन्दर्भमा भने यकिन गरेर भन्न नसकिने बनस्पतिविज्ञहरू वताउछन् । तर पनि उनीहरूका अनुसार नेपालमा पाइने यार्सागुम्बाहरूमा कोर्डिसेप्स साइनेन्सिस, कोर्डिसेप्स मिलिटरिस र कोर्डिसेप्स नुटन्स प्रमुख रहेका छन् । कोर्डिसेप्स साइनेन्सिस जातका यार्सागुम्बा नेपालका ताप्लेजुङ, संखुवासभा, दार्चुला, बझाङ, बाजुरा, जुम्ला, हुम्ला, मुगु, डोल्पा, मनाङ, सिन्धुपाल्चोक, रसुवा, दोलखा जिल्लाहरूमा पाइन्छ । त्यस्तै कोर्डिसेप्स मिलिटरिस जातको यार्सागुम्बा भक्तपुरको सूर्यविनायकमा पाइन्छ भने कोर्डिसेप्स नुटन्स शिवपुरी नागाजूृनको जंगल, गोकर्ण मनाङमा पाइन्छ ।
हुनत हिमाली भेगमा लामाहरू यार्सागुम्बा धर्मात्मा मानिसहरूले मात्र भेटाउछन् भन्छन् र कतिपय लेकबाट औषधि बेच्न आएका मानिसहरूले यासार््गुम्बा भनेर झुक्याएर औषधि बेच्ने गरेको पनि पाइन्छ तर वास्तवमा यार्सागुम्बा च्याउ जस्तै भेटिने बस्तु हो तर के कुरा चाँही सत्य हो भने पहिला एउटा भेट्न चाँही निकै
समस्या पर्छ । एउटा भेटिए पछि अरु सजिलै पाउन सकिन्छ किनभने अरु यार्सागुम्बाहरू आपसमा वरपर रहने हुनाले सजिलै पाउन सकिन्छ । यार्सागुम्बा भेटाउन धर्मी र पापी भन्ने कुरा चाँही सरासर गलत हो ।
कसरी भयो नेपालमा यार्सागुम्बाको पहिलो खोजी ?
यार्सागुम्बाको अस्तित्व पौराणिक कालदेखि नै नेपालमा रहँदै आएको पाइन्छ । यसको उपयोग हिमाली भेगका शेर्पाहरूले गर्दै आएका थिए । विभिन्न जडीबुटीका रुपमा प्रयोग भइरहेको यार्सागुम्बा पहिलो पटक खोजी गरेर प्रकाशमा ल्याइएको भने त्यति धेरै भएको छैन । यार्सागुम्बाको पहिलो पटक संकलन गर्ने श्रेय सन् १९५२ मा बि्रटिस म्युजियम लण्डनको तर्फबाट बनस्पति संकलन गर्न आएका पोलुनिन साइकल र विलियमलाई जान्छ । उनीहरूले ४२०० मिटरको उचाईमा रहेको च्याखुर लेकबाट अत्यन्तै मूल्यवान यार्सागुम्बा भेटाएर लगेका थिए ।
यार्सागुम्बाको उपयोगिता
संसारमा पाइने १०० भन्दा बढी प्रजातिका यार्सागुम्बाहरू दुर्लभ, बहुमूल्य र प्रयोगका लागि उपयुक्त मानिदैनन् । नेपालमैं पाइने ३ प्रकारका यार्सागुम्बाहरू पनि सबै प्रयोगयोग्य र बहुमूल्य छैनन् । बनस्पतिविज्ञहरूका अनुसार नेपालमा पाइने यार्सागुम्बाहरूमध्ये कोर्डिसेप्स सिाइनेन्सिस प्रजातिको यार्सागुम्बा मात्र बहुमूल्य र प्रयोगमा आउँछ । यी तीनैवटा यार्सागुम्बाको नाम बानस्पातिक नाम हो । संसारमा पाइने यार्सागुम्बाहरूमा पनि कोर्डिसेप्स सिाइनेन्सिस मात्र औषधिको रुपमा प्रयोग गरिन्छ ।
हुनत यार्सागुम्बाको प्रयोग कामोत्तेजक औषधि तथा स्मरण शक्तिवर्द्धक औषधिको रुपमा प्रयोग गरेको कुरा विभिन्न पुस्तकहरूमा उल्लेख भएको पाइन्छ । तर यसलाई औषधिको रुपमा त्यतिमा मात्र प्रयोग गरिने कुरा नेपालको आयुर्वेदिकले मान्न तयार छैन । उसका अनुसार यस बाहेक अन्य औषधिमा पनि यार्सागुम्बाको प्रयोग गरिन्छ । यार्सागुम्बा पाइने ठाउँका मानिसहरूका अनुसार यार्सागुम्बा रक्तश्राप रोक्न, काटेको घाउ चाँडै निको पार्न, रगतमासी निको पार्न तथा शरीर दुखेमा पनि यसलाई पिसेर धुलो बनाई खाने गरिन्छ ।
कतिपय मानिसहरूले भने हिमालमा पाइने पाँचऔंले, मौरीको मह र दूधसँग यार्सागुम्बा मिसाएर खाने गर्दछन् । यसरी खाँदा तागत बढ्ने विश्वास गरिन्छ । यसका साथै यसको धूलोलाई उमालेको दूधसँग खाएमा भिटामिनको कमीलाई पूरा गर्दछ भन्ने विश्वास गर्दछन् । कतिपयको भनाइमा भने तीन वटा यार्सागुम्बालाई उमालेको दूध वा महसँग खाएमा यौन उत्तेजकको काम गर्ने गर्छ भन्न विश्वास छ । बैज्ञानिक तथा वनस्पति विज्ञहरूको भनाइ अनुसार १३ वटा अन्य जडीबुटीसँग यार्सागुम्बालाई मिसाएर लगातार ३ बर्ष खाइरहे मोटोघाटो, फुर्तिलो र सुन्दर हुने गर्दछ । त्यसैले यार्सागुम्बाबाट बनाइएका टनिकहरू चीनमा खुल्ला रुपमा बिक्री गरिन्छ ।
हिमाली भेगबाट औषधि ल्याएर बिक्री गर्ने लामा भोटेहरू भने यसको उपयोग कामोत्तेजकका लागि तथा स्मरण शक्ति बढाउनका लागि उपयोग गरिने बताउछन् । उनीहरूका अनुसार ३ तोला यार्सागुम्बा, २ केजी सेतो चामल, ५ तोला पाँचऔंले र एक लिटर दूधलाई हिमालको चोखो पानीमा पकाएर तीन दिन दिनको ३/३ चम्चा बिहान बेलुका खाएमा यौन शक्ति बढ्ने बताउछन् । त्यसरी नै आधा लिटर रातो गाईको दूध, लिगातुर झार   अलिकति, ५ तोला यार्सागुम्बा, ५ तोला यार्सागुम्बा, आधा लिटर कालो गाईको दूध १ तोला काँडे धुप्पी  चौथाइ तोला भालुको पित्त, अलिकति पाहाको मासु र अलिकति हिमाली भेकमा पाइने सर्पको मासु जम्मा गरेर दूधबाहेक अरुलाई पिसेर दूधमा पकाएर साना साना मटरका दाना जत्रै गोली बनाएर एक महिनासम्म बिहान बाहिर हावामा ननिस्की ३ चक्की र बेलुका आगोलाई नछोइकन ३ चक्की खाएमा स्मरण शक्ति बढ्ने कुरा बताउछन् साथै उल्लेखित मात्रा भन्दा बढी खाएमा मान्छे पागल हुने कुरा उनीहरू बताउँछन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

काठमांडौ थापाथली पुल मुनि यक युवकको लास फेला पर्यो (भिडियो सहित )

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला



भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Tuesday, October 1, 2013

परिवारलाई मारी दिन्छु भनि धम्कि दिंदै पटक पटक बलात्कार भिडियो सहित

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
                                                           भिडियो हेर्न माथि क्लिक गर्नुहोस 

विवाहअघि भएको बलात्कारबाट गर्भ बोकेकी बाराकी एक युवती एैले बिचल्लीत् मा परेकी छिन् । विवाह गरेको केही महिनामा नै गर्भ बोकेको थाहा भएपछि बारा पटेर्वा–२ की ती युवती घरबाट निकालिइन । घरबाट निकालिएपछि माइत बस्दै आएकी उनले यही साउन ७ गते छोरीलाई जन्म दिइन । विवाहअघि शम्भु साहका छोरा अजयबाट २०६९ साल कात्तिकदेखि आफू पटकपटक बलात्कृत हुदै आएको उनले भनिन ।

विसं. २०६९ माघ १८ गते बसवरियाका एक युवकसँग विवाह बन्धनमा बाँधिएकी उनले आफूलाई घरमा एक्लै भएको मौका छोपी अजयले पटक पटक बलात्कार गरेको बताइन् । कसैलाई भनिस् भने तेरो सबै परिवारलाई मारिदिन्छु भन्दै धम्की दिएर बलात्कार गर्ने गरेको उनले सुनाइन् । धम्कीकै कारण आफूले बलात्कारबारे कसैलाई भन्न नसकेको उनले बताइन ।

उनी अहिले न्याय खोज्दै प्रहरीमा पुगेकी छिन् । लामो समय घटनालाई लुकाउँदै आएकी उनले घरबाट निष्कासित हुनुपरेपछि आफ्नो बच्चालाई न्याय र अधिकार दिलाउन प्रहरीमा पुगेको बताइन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उत्तमप्रकाश बरालले अजयका विरुद्ध उनले यौनशोषण गरेको किटानी जाहेरी दिएको पुष्टि गर्नुभएको छ । जाहेरीका आधारमा अजयलाई नियन्त्रणमा लिएर छानबिन गर्न इलाका प्रहरी कार्यालय सिम्रौनगढलाई पत्राचार गरिएको बरालले जानए|भिडियो सेक्सी भएकाले तल बिज्ञापन भित्र छ हेर्नुहोला |
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Monday, September 30, 2013

कतारी राजदुत राजदूतबाट बर्खास्त गर्ने निर्णयविरुद्ध मायाकुमारीले सर्वोच्चमा रिट दायर गरेको छ

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
१४ असोज, काठमाडौं । आफूहरुलाई कतारका लागि नेपालको राजदूत पदबाट बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध मायाकुमारी शर्माले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ ।
mayakumari sharmamayakumari sharmaकतारमै रहनुभएकी मायाकुमारीको वारेस बनेर सोमबार भक्तबहादुर कुँवरले रिट दायर गर्नुभएको छ । रिटमा मायाकुमारीले आफूलाई कुनै आधार विना गैरकानूनी ढंगले आफूलाई सरकारले हटाएको भन्दै निर्णय खारेजको मागगर्नु भएको छ ।
‘मलाई नियुक्त गर्ने निकाय राष्ट्रपतिको कार्यालय हो । मैले प्राप्त गरेको नियुक्ति समेत राष्ट्रपति कार्यालयबाटै हो’ रिटमा भनिएको छ-’कानूनअनुसार पदमुक्त राष्ट्रपति कार्यालयबाट गर्नुपर्नेमा कुनै आधार र कारणविना परराष्ट्र मन्त्रालयमार्फत सुनुवाइको मौकासमेत नदिएकाले मलाई बखास्त गर्ने मन्त्रिपरिषद्को निर्णय र परराष्ट्रको पत्रसमेत बदर गरी पाउँ ।’
रिटमा मायाकुमारीले हाल आफूलाई कतारका लागि नेपाली राजदूतको हैसियतमा काम गर्न दिन अन्तरिम आदेशको समेत माग गर्नुभएको छ । यसअघि आइतबार सर्वोच्चले शर्माको रिट प्रक्रिया नपुगेको भन्दै फिर्ता गरिदिएको थियो ।
एमाओवादीको कोटामा राजदूतमा नियुक्त शर्माले ‘कतार नेपालीका लागि खुला जेल’ भएको अभिव्यक्ति दिएपछि विवादमा आउनुभएको थियो । कतार सरकारले नै मायाकुमारीलाई फिर्ता बोलाउन सरकारले पटक-पटक दबाव दिएपछि मन्त्रिपरिषद्ले हालै मात्र शर्मालाई बर्खास्त गर्दै फिर्ता बोलाएको थियो ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Sunday, September 29, 2013

नेपाली सेनाका क्याप्टेन करोडौं ठगेर फरार

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
Army
काठमाडौ, आश्विन १३ - प्लटिङको जग्गा मिलाइदिने भन्दै नेपाली सेनाका बहालवाला क्याप्टेन करोडौं रुपैयाँ लिएर फरार भएका छन् । नेपाली सेनाको ४ नम्बर वाहिनी अड्डा नेपालगन्जमा कार्यरत क्याप्टेन रेवन्त केसी र उनकी पत्नी किरण सिंह ठकुरी भन्ने विष्णु सिंह ठकुरीले झन्डै दुई दर्जन व्यक्तिबाट ६२ लाख रुपैयाँ ठगी गरेका हुन् ।
उनीहरूले २०६८ साल चैतदेखि विभिन्न व्यक्तिबाट रकम असुलेर जग्गा नदिएको पाइएको छ । पीडित भएका ७ जनाले महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएका छन् । काठमाडौं परिसरले सैनिक प्रहरीलाई पत्राचार गर्दै क्याप्टेन केसीलाई उपस्थित गराइदिन भनेको छ । क्याप्टेन केसीले सानो भर्‍याङकी गीता कार्की, सुकेधाराकी रीता केसी, सुकेधारा बस्ने माधव भुजेल, मैतीदेवीकी हरिकुमारी राई, चाबहिलकी नीला तिम्सिनालगायत ७ जनालाई ठगी गरेका हुन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Saturday, September 28, 2013

राष्ट्रपतिले किन्न लगाएको क्यान्सर रोग पत्ता लागाउने मेसिनमा १० करोड भ्रस्टचार

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
                                        भिडियो हेर्न माथि क्लिक गर्नुहोस 
११ असोज, काठमाण्डौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले किन्ने तयारी गरेको क्यान्सर पत्ता लगाउने ‘पेट स्क्यान’ मेसिनमा करिब १० करोड भ्रटाचारको खेल भैरहेको खुलेको छ । ३५ करोड मुल्यको उक्त मेसिन किनिहाले पनि नेपालमा तत्काल प्रयोग हुन नसक्ने बिज्ञहरु बताउँछन् ।
पाँच करोड बढी मुल्य पर्ने सामग्री किन्दा अन्तराष्ट्रिय बोलपत्र माग गर्नुपर्ने सार्बजनिक खरिद ऐन बिपरित एकै व्यापारीका नाममा रहेका तीन कम्पनीसँग अलगअलग दरका कोटेशन मागेर गुपचुप मेसिन किन्न लागिएको हो । तर, उक्त मेसिनमा आणविक पदार्थ प्रयोग हुने भएकाले तत्काल नेपालमा सम्भब नभएको नागरिक दैनिकमा खबर छ ।
आणविक पदार्थ अनुगमन कानुन नबनेकाले महँगोमा खरिद गर्न लागिएको मेसिन त्यत्तिकै थन्किने निश्चित छ । स्वास्थ्य मन्त्रालयले खरिद नियमावली बिपरित गुपचप तीनवटा कोटेशन माग गरेकोमा भदौ ३ गते एक व्यापारीले मात्र आर्थिक प्रशासन शाखामा दर्ता गराएका थिए । त्यही कोटेसनका आधारमा सबभन्दा सस्तो किन्न लागेको स्वाङ पार्दै खरिद फाइल अघि बढाइएको स्रोतले जानकारी दियो ।
‘पोजिसन इमिसन टोमोग्राफी (पेट) स्क्यान’ भनिने यो मेसिलाई शरीरमा फैलीएको क्यान्सर पत्ता लगाउने सबभन्दा अत्याधुनिक उपकण मानिन्छ । राष्ट्रपति रामवरण यादवको पहलमा स्वास्थ्य मन्त्रालयले उपकरण किन्ने प्रक्रिया अघि बढाएको हो ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Friday, September 27, 2013

संविधानसभा निर्वाचनको सुरक्षाका लागि धमा धाम म्यादी प्रहरीमा भर्ना खुल्यो तँपाई पनि बेरोजगार हुनहुन्छ भने फर्म भरि हाल्नुहोस

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
११ असोज, काठमाडौं । संविधानसभा निर्वाचनको सुरक्षाका लागि सरकारले ४५ हजार म्यादी प्रहरी भर्ना गर्ने निर्णय गरेपछि यसमा युवामात्रै होइन, ४३ वर्ष पुगेका प्रौढसमेत भर्ती हुने लाइनमा भेटिएका छन् ।
राजधानीको एक निजी कम्पनीका सुरक्षागार्ड ४३ वर्षीय कान्छो गिरी काठमाडौं जिल्ला प्रहरी कार्यालय हनुमानढोकामा म्यादीमा भर्ना हुन भन्दै आवेदकहरुको लाइनमा देखिनुभयो । निजी सुरक्षा कम्पनीबाट भनेजस्तो तलव नपाएर दिक्क हुनुभएका गिरीले दुई महिनामै ३५ हजार रुपैयाँ कमाइ हुने थाहा पाएपछि यो उमेरमा पनि म्यादी प्रहरीमा लाग्न खोजेको बताउनुभयो ।

‘देशको सेवा गरेर राम्रो पैसा पनि कमाइ हुने भएकाले म्यादी प्रहरीमा भर्ना हुन आएको हुँ, दशैं आएकाले हामीजस्ता गरिवलाई गर्जो टार्नै गाह्रो छ, गिरी भन्नुहुन्छ- ‘केही कमाइ गर्ने उद्देश्यले यहाँ आएको हुँ, भर्ती भएँ भने चुनाव सफल बनाउन मेहनत गर्नेछु ।’
राजनीतिबारे सोधिएको प्रश्नमा गिरीको जवाफ छ, ‘अहिले देशको राजनीति बिग्रेको छ । चुनाव हुन्छ भन्ने आशामा छु । मलाई कुनै पार्टीसँग आशा छैन र आस्था पनि राखेको छैन । मैले भोट हाल्दा मान्छे हेरेर मात्र हाल्छु ।’
सरकारले म्यादी प्रहरीका का लागि प्रहरीले भर्ना खोलेपछि सामान्य लेखपढ गर्नेदेखि स्नातक उत्तीर्ण गरेकासम्म लाइनमा भेटिएका छन् । ताप्लेजुङबाट राजधानी आएर कपनमा बसिरहेका २५ वर्षीय युवा शशांक घिमिरे पनि म्यादीमा भर्ना हुन हनुमानढोकास्थित जिल्ला प्रहरी कार्यालयमा लाइन लाग्नुभयो । ‘म अहिले बीए पढिरहेको छु, घरबाट सधैं खर्च पठाइदिनु भन्न पनि गाह्रो छ । अहिले कलेजमा पढाइ पनि भइरहेको छैन । शशांक भन्नुहुन्छ- ‘त्यसैले अहिलेको खाली समयलाई सदुपयोग गरेर पढाइ खर्च जुटाउन म्यादीमा भर्ना हुन आएको हुँ । म्यादीमा भर्ना भएँ भने दशैंमा घर पनि जान्न ।’
सिन्धुपाल्चोक घर भएकी २२ वर्षीया शावित्रा लुईंटेल पनि म्यादीमा भर्ना हुने लक्ष्यका साथ आवेदन र्फम भर्न हनुमानढोका पुग्नुभयो । “अन्यत्र राम्रो जागिर खोज्दा पनि पाइन्न, जहाँ पनि सोर्स फोर्सको मात्रै कुरा गर्छन्,’ लुईंटेल भन्नुहुन्छ, ‘त्यसैले छोटो समयका लागि भए पनि म्यादीमा काम गर्ने रहर छ ।’
निर्वाचनमा खटिँदा हुन सक्ने सुरक्षाको खतरालाई बिर्सेरै भए पनि म्यादीका लागि निवेदन दिन आएाके बताउँदै शावित्रा भन्नुहुन्छ, ‘म्यादी प्रहरीमा लागेर संविधानसभा सफल पार्न योगदान दिन पाउँदा देशका लागि केही योगदान हुनेछ र मलाई आम्दानी पनि हात लाग्नेछ ।’ उहाँले तपाई कुन पार्टीको भनेर प्रश्न गर्दा ‘न्यायाधीश पार्टीको’ भन्ने जवाफ दिनुभयो ।
म्यादी प्रहरीलाई सरकारले नेपाल प्रहरीका जवानसरह तलब सुविधा दिने भनेकाले म्यादीमा भर्ना हुनेहरुको आकर्षण बढेको हो । दुई महिनाका लागि नेपाल प्रहरी मातहतमा परिचालित हुने म्यादीका लागि सरकारले पूर्वसैनिक तथा प्रहरीलाई पहिलो प्राथमिकता दिएर भर्ना प्रकृया अघि बढाएको भने पनि यसमा बेरोजगार युवाको आकर्षण देखिएको छ । नेपाली युवाहरुमा रोजगारीको भोक कति छ भन्ने आवेदकहरुको लाइनले स्पष्ट पारेको छ ।
भर्नाबाट बाहिरिएकालाई प्राथमिकता : प्रवक्ता सिलवाल
‘हामीले म्यादीमा भर्नाका लागि पहिलो प्राथमिकतामा सेना र प्रहरीका पूर्वकर्मचारीहरुलाई राखेका छौं । त्यसपछि फौजदारी अभियोग नलागेका र यसअघि प्रहरीमा भर्नामा अन्तिम चरणमा पुगेर बाहिरिएका युवाहरुलाई प्राथमिकता दिन्छौं ।’ नेपाल प्रहरीका प्रवक्ता नवराज सिलवालले अनलाइनखबरसँग भन्नुभयो ।
myadi4
जिल्ला प्रहरी कार्यालय काठमाडौंले म्यादीमा जम्मा एक हजार ६ सय जना भर्ना गर्ने तयारी गरेको छ । तर, एक हजार ६ सय कोटाका लागि विहीबारमात्रै करिव एक हजार ४ सयले निवेदन दिइसकेका छन् ।
‘एउटा मात्र दर्ता केन्द्रबाट आवेदन फर्म संकलन गरिरहेका थियौं, इच्छुकहरुको भीड धेरै भएपछि अहिले दर्ता केन्द्र पनि २ वटा राखेका छौं । दुई महिनाको जोखिमपूर्ण कामका लागि पनि युवाहरुको भीड थेगीनसक्नु छ ।’ जिल्ला प्रहरी कार्यालय हुनमानढोकाकी एक प्रहरी सहायक निरीक्षकले भन्नुभयो ।
आगामी मङसिर ४ गते हुने संविधानसभाको निर्वाचनका लागि मतदान केन्द्रहर र मतपेटिकाको सुरक्षाको जिम्मा प्रहरीलाई दिइएको छ । ४५ हजार म्यादी प्रहरीसहित करिब एक लाख प्रहरी निर्वाचन सुरक्षाका लागि परिचालन गृह मन्त्रालयले जनाएको छ । निर्वाचन सुरक्षाका लागि सशस्त्र प्रहरीले पनि निर्वाचनको सुरक्षा दिने छ । राष्ट्रपति रामवरण यादवले निर्वाचनमा सेना पनि परिचालन गर्न सकिने बाटो खोलिदिएपछि अब नेपाली सेना पनि निर्वाचन सुरक्षामा खटिने पक्का भएको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Thursday, September 26, 2013

लुक्लामा हेलिकोप्टर दुर्घटना, ३ घाइते

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

                                     भिडियो हेर्न माथि क्लिक गर्नुहोस 

१० असोज, काठमाडौं । सोलुखुम्बुको लुक्ला विमानस्थलमा बिहीबार बिहान एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना भएको छ । दुर्घटनामा ३ जना घाइते भएका छन् । उनीहरु मध्ये एकको अवस्था गम्भीर छ ।
काठमाडौंबाट लुक्लाका लागि उडेको हेलिकोप्टर अवतरणका क्रममा दुर्घटना भएको हो । अवतरणका क्रममा हेलिकोप्टरको पछाडिको पंखा विमानस्थलको बरपर लगाइएको तारको जालीमा छोएपछि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
दुर्घटनामा हेलिकोप्टरका चौरीखर्चका दागेलु शेर्पा गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि तारा एयरर्को हेलिकोप्टर काठमाडौं ल्याइसकेको छ । यती माउन्टेनका लाक्पा सोनाम शेर्पा र उनकी श्रीमती अनिता शेर्पा सामान्य घाइते भएका छन् । तीनै जनाको बल्खुस्थित बयोद्या अस्पचालमा उपचार भइरहेको छ ।हेलिकोप्टरमा चालक अरुण मल्ल सदस्यसहित ४ जना थिए

                                                                  भिडियो तल हेर्नुहोस
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Tuesday, September 24, 2013

अख्तियारले खल्लो बनायो आयल निगमका हाकिमहरुको दसैँ

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
८ असोज, काठमाडौं । जब दशैंको मौसम आउँछ, आयल नियमका हाकिमदेखि सामान्य कर्मचारीसम्म खुशीको दिन शुरु हुन्छ । राष्ट्रको ढिकुटीबाट अनुदान लिएर पनि घाटामा चल्ने गरेको निगममा दशैं लागेपछि महिला कर्मचारीलाई साडी चोलो र पुरुषलाई दौरासुरुवाल, सर्ट पाइन्टदेखि लिएर मासुभातमा लाग्ने खर्चपर्चसमेत बोनसका रुपमा वितरण गरिँदै आएको छ । तर, यसपालिको दशैंमा भने निगमका ठूला हाकिमहरुले अख्तियारको हिरासतमा दशैं मनाउनुपर्ने भएको छ ।
लगातार घाटामा रहेको नेपाल आयल निगमले अनियमित तरिकाले बोनस बाँडेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार निगमका कार्यकारी निर्देशक सुरेशकुमार अग्रवालसहित चार उच्च अधिकारीलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा कार्यकारी निर्देशक अग्रवाल, निर्देशक नागेन्द्र साह, प्रबन्धकद्वय कमलप्रसाद शर्मा र नेत्रप्रसाद काफ्ले रहेका छन् ।
निगमले ०६५ सालमा भएको नाफावापतको बोनस हालै वितरण गरेको समाचार सार्वजनिक भएको थियो । निगमले ०६५ सालमा नाफा भएको भनिएको रकमबाट बोनस वितरण गरे पनि निगम कुल सञ्चित मुनाफाको अवस्थामा नपुगेसम्म बोनस वितरण नगर्न अख्तियारले ०६५ सालमा नै निर्देशन दिएको थियो ।
निगम सञ्चालक समितिको ०६७ साउन ५ को बैठकले निगमको कुल सञ्चित नोक्सानीको पूर्ति गरी सञ्चित नाफाको अवस्थामा नपुगेसम्म बोनस वितरणको कार्य रोक्ने निर्णय गरेको थियो । तर, सञ्चालक समितिको निर्णय विपरीत निमित्त कार्यकारी निर्देशकसमेतको निर्णयबाट ०६५ सालको नाफा भन्दै बोनस वितरण गरेकाले अनुसन्धानका क्रममा निगमका अधिकारीहरुलाई हिरासतमा लिइएको अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले बताउनुभएको छ ।
अख्तियारले निगमका काठमाडौं स्थित कर्मचारीलाई हिरासतमा लिए पनि बिराटनगरलगायतका क्षेत्रीय कार्यालयहरुमा पनि निगमलाई घाटा लगाएर कर्मचारीलाई पैसा र लत्ताकपडा बाँड्ने प्रचलन यथावत छ ।स्रोत :onlnekhabar 
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला