Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Friday, August 30, 2013

काठामाण्डौ जमल स्थित ज्योति भवनमा सुक्रबार बिहान भिसन आगलागी

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
काठमाडौ, भाद्र १४ - जमलस्थित ज्योति भवनमा शुक्रबार बिहान आगलागी भएको छ । हिरो मोटरसाईकलको शो रुम माथिको फ्लोर(पहिलो र दोस्रो तल्ला)मा आगो लागेको थियो । आगलागीको कारण खुल्न सकेको छैन । ५ वटा दमकल र सुरक्षा निकायहरुको सक्रियतामा बिहान करिब पौने ८ बजे लागेको आगो एक घण्टा भित्र नियन्त्रणमा आएको थियो ।
त्यस भवनमा नेपाल बैंक लिमिटेडको कान्तिपथ शाखा, पोलि क्लिनिक लगायत विभिन्न कार्यालय तथा शो रुमहरु छन् । सुरक्षाकर्मीले भवनमा फंसेका क्लिनिकका कर्मचारीलाई झ्लायलबाट उद्धार गरेको थियो । समयमै दमकल र सुरक्षा निकाय सक्रिय भएकाले आगो नियन्त्रण भएको हो ।  आगलागीले जमलको कान्तिपथ क्षेत्रका वासिन्दा त्रसित भएका छन् ।
राससका अनुसार आगलागीबाट बैंकका अधिकांश कागजात, फर्निचरलगायत अन्य सरसामग्री जलेर नष्ट भएका छन् । बैंकको नगद लकर र अति महत्वपूर्ण कागजात भने सुरक्षित रहेको बुझिएको छ । आगो नियन्त्रणका लागि काठमाडौं, ललितपुर र भक्तपुरका बारुणयन्त्रका अतिरिक्त नेपाली सेना र नेपाल प्रहरीका खानेपानी टयाङ्कीहरूसमेत प्रयोग गरिएको थियो । क्षतिको पूर्ण विवरण भने आउन बाँकी नै छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला