![]() |
आज दज्र्यानी चिन्ह पाएका अधिकृतहरुले अब हुने बिधागत तालिममा सहभागी भएपछि बिभिन्न पद पाउँनेछन् । उनीहरुमध्ये यामबहादुर अधिकारीलाई महासेनानी बनाउने पूर्व सहमति छ । सहमतिअनुसार बासुदेव घिमिरे र पदमबहादुर तामाङले प्रमुख सेनानी पद पाउँनेछन् ।
उनीहरुमध्ये १३ जनालाई सेनानी, ३० जनालाई सहसेनानी र २४ जनालाई उपसेनानी पद दिने नेपाली सेनाले जनाएको छ । दज्र्यानी चिन्ह पाएका अधिकृतहरु तीन महिने ब्रिजिङ कोर्समा सहभागी हुने सेनाले जनाएको छ ।
कार्यक्रममा उपस्थित अन्तरिम मन्त्रिपरिषद् अध्यक्ष एवम् रक्षामन्त्री खिलराज रेग्मीले सेना समायोजन शान्ति प्रक्रियाको महत्वपूर्ण पक्ष भन्दै तालिम सम्पन्न गरेका अधिकृतलाई देश निर्माणमा जुट्न शुभकामना दिए । स्रोत :कान्तिपुर
![]() |
No comments:
Post a Comment
के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला