![]() |

नेपाल, भारत, बंगलादेश, पाकिस्तान जस्ता विकासशील मुलुकमा सफ्टवेयरहरु किनेर भन्दा पनि चोरेर (पाइरेट गरेर) चलाउने गरिन्छ। किनभने तपाइँ हामीले चलाइरहेको सफ्टवेयरहरुको मुल्य निक्कै महँगो हुन्छ। जसको पाइरेटेड भर्सन भने निक्कै सस्तो मुल्यमा पाइन्छ। न्यूरोड, पुतलीसडक तिर चालिस देखी पचास रुपैंयामा विभिन्न खालका सय देखी माथीको संख्यामा सफ्टवेयरहरु पाइन्छन्। त्यसबाहेक इन्टरनेटका विभिन्न पेजमा निशुल्क वितरणका लागि तयार पारेका सफ्टवेयर र परिक्षणका लागि र्सार्वजनिक गरेका सफ्टवेयर पनि पाइन्छन्। जो सजिलै डाउनलोड गरेर चलाउन सकिन्छ।
विभिन्न वेबसाइटले यस्ता खालका सफ्टवेयरको कलेक्सन पनि राखेको पाउन सकिन्छ। धेरै विदेशी वेबसाइटमा यस्तो सुविधा छ। जुन नेपालबाट डाउनलोड गर्दा ठूला फाइल भएका कारण डाउनलोड हुन घण्टौं समय पनि लाग्छ। नेपालका पनि केही वेबसाइटले यस्तै खालका सफ्टवेयर डाउनलोड सेवा दिइरहेका छन्। जसबाट नेपालमा र्सभर भएका कारण छिटो डाउनलोड हुन्छन्। यहाँ विभिन्न वर्गमा तपाइँ निशुल्क सफ्टवेयर पाउन सक्नुहुन्छ।
1 download.com.np
मर्कन्टाइल कम्युनिकेसनले सञ्चालनमा ल्याएको यो वेबसाइटमा इन्टरनेट ब्राउजर, एन्टीभाइरस, एन्टीभाइरस अपडेट, मेसेन्जर, डाउनलोड मेनेजर, एफटीपी क्लाइन्ट, विण्डोज र्सर्भिस प्याक, पीडीएफ रीडर, सेक्युरिटी टुल, फन्टहरु, वेब तथा एसक्यूएल डेभलोपमेन्ट टुलहरु साथै नेपाली फन्ट, नेपाली यूनिकोडका कीबोर्ड, लेआउट साथै नेपाली टाइप सिक्नका लागि सहयोगी सफ्टवेयर टाइपशाला यसमा पाउन सकिन्छ। यो लिंकमा जानुहोस http://download.com.np/index

2 worldlink.com.np
वर्ल्डलिंक कम्युनिकेसनले आफ्नो वेबसाइटबाट नै उपभोक्ता एवं इन्टरनेट प्रयोगकर्ताका लागि विभिन्न सफ्टवेयर निशुल्क डाउनलोड गर्ने व्यवस्था मिलाएको छ। यसका लागि उसको डाउनलोड पेजमा जानुपर्छ। जहाँ नेटवर्किङ देखी इन्टरनेट ब्राउजर, एन्टीभाइरस, एन्टीभाइरस अपडेट, मेसेन्जर, डाउनलोड मेनेजर, एफटीपी क्लाइन्ट, पीडीएफ रीडर, सीडी डीभीडी टुल, मल्टिमिडिया लगायतका वर्गमा निशुल्क सफ्टवेयर राखिएका छन्। यसबाट सफ्टवेयर डाउनलोडका लागि यो लिंकमा जानुहोस http://www.worldlink.com.np/support/download/index.php#1
![]() |
No comments:
Post a Comment
के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला