![]() |

नक्कली नागरिकताका भरमा हिँडडुल गरिरहेकी एक नेपाली युवतीको १५ दिनअघि हौसखासस्थित एक गेष्ट हाउसमा निधन भएपछि प्रहरी, दुतावास र प्रशासनले थालेको अनुसन्धान दिनहुँ 'जटिल र रहस्यमयी' बनेर गएको छ ।
नागरिकता आधारमा अनिता महर्जन नाम रहेकी २७ वर्षीया युवतीको साउन २८ (अगष्ट १२) को रात हौसखासस्थित मसिद मोथ गेष्ट हाउसको कोठा नम्बर ३३२ मा शव भेटिएको थियो । नेपाली संचालक रहेको उक्त गेष्ट हाउसमा केही दिनअघि मात्रै अनिता आएर बस्न थालेको र लागु पदार्थको अति सेवनबाट उनको मृत्यु भएको जनाइएको छ । अहिले अनिताको शव अखिल भारतीय मेडिकल इन्स्टिच्युट(एम्स)मा राखिएको छ भने अस्पताल प्रशासन र प्रहरीले उक्त शव जिम्मा लिन दिल्लीस्थित नेपाली दुतावासलाई दिनहुँ ताकेता गरिरहेको छ ।
‘अनिताको नागरिकतामा उल्लेखित उनको बाबुआमाको सिन्धुली ठेगाना र श्रीमानको नाम आधारमा काठमाडौं जिल्ला प्रशासनमा नातेदार खोजीका लागि अनुरोध गर्दै आएका छौं,’ दुतावासका तृतिय सचिव थानप्रसाद शर्माले कान्तिपुरसँग भने,‘तर कहीं कोही भेटिएको छैन ।’ अस्पतालमा राखेको एक महिनासम्म पनि शव बुझ्ने कोही आफन्त नआएमा ‘बेवारिस शव’का रुपमा जलाइने सामान्य नियम रही आएको छ ।
अनिता बसेको कोठामा भेटिएको फोन सम्पर्कका आधारमा सोलुखुम्बु घर भएकी ऐति(रेखा) तामाङलाई दिल्ली दुतावासमा गत साता बोलाएर सोधपुछ गरिएको थियो । ऐतिले आफूहरु काठमाडौंको डान्स रेष्टुराँमा काम गर्ने र तीन बर्षदेखि अनितासँग चिनजान भएर चाबहिलमा सँगै बस्न थालेको जनाएकी थिइन् । ‘अनिताका आमाबाबु छैनन्, खासमा ऊ क्षेत्री हो,’ऐतिले काठमाडौंबाट फोनमा भनिन्,‘सिन्धुपाल्चोक, जरायोटारका चन्द्रबहादुर र देउमायाँ रमौली(बिक) लाई बाबुआमा बनाएर उसले काठमाडौंबाटै नागरिकता झिकेकी थिइ । नागरिकतामा श्रीमान भनिएका नयाँ बजारका राजु महर्जनसँग पनि उसको बिछोड भइसकेको छ ।’
लाजिम्पाटको धमाका डान्समा काम गर्ने ऐतिले आफूलाई दिल्ली दुतावासले अनितासँगको नाता–सम्बन्ध प्रमाणित कागज ल्याएर मात्रै शव बुझ्न सकिने जनाएपछि उनी काठमाडौं फिरेकी थिइन् । ‘ऊ यहाँबाट पोखरा जान्छु भनेर हिँडेकी हो, तर एकैचोटी दिल्लीमा मृत्यु भएको घटना पो थाहा भयो,’ऐतिले भनिन्,‘मैंले अनितासँगको मेरो चिनजानी सम्बन्धलाई कसरी नाता प्रमाणित गर्न सक्छु र !’
दुतावासका तृतिय सचिव शर्माले अस्पताल र प्रहरी–प्रशासनले जति ताकेता गरेपनि कोही आफन्तको निस्सा–प्रमाण नजुटी अनिताको शव जिम्मा लिन नसकिने बताए । दुतावासले ‘मृतकका नातेदारको प्रमाणित कागज नआइन्जेल केही गर्न नसकिने’ भनेर प्रहरीलाई मंगलबार लिखित जानकारी दिएको छ । काठमाडौं जिल्ला प्रशासनबाट २०६८ जेठ ४ मा प्रतिलिपी नागरिकता लिइएको र यसको नम्बर २७१०६०/३३३६२/७०९७ का आधारमा थप खोजी–अनुसन्धानका लागि पत्राचार गर्ने भएको छ । नागरिकतामा जिल्ला प्रशासनका प्रशासकीय अधिकृत श्रीनाथ पौडेलको हस्ताक्षर
![]() |
No comments:
Post a Comment
के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला