Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Tuesday, August 27, 2013

कुकुरले रक्त दान गरेर बिरालोको ज्यान बचाय

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
रक्तदान जिवनदान भनिन्छ । मान्छेले मान्छेलाई रगत दिएर जिवन बचाएका उदाहरण प्रसस्तै छन् । तर के तपाइँले कुकुरले रगत दिएर बिरालोको ज्यान बँचाएको सुन्नुभएको छ ? सुन्ने कुरै भएन । किनकी झ्वाट्ट सुन्दा यो हुनै नसक्ने जस्तो लाग्छ र कुनै दन्तेकथा जस्तो पनि लाग्छ । तर हामीलाई दन्तेकथा जस्तो लागेर के भो ? न्युजिल्याण्डमा भने साँच्चीकै एउटा कुकुरले रक्तदान गरि बिरालोको ज्यान बँचाइदिएको छ ।
टेलिग्राफका अनुसार न्युजिल्याण्डको टारंगा क्षेत्रमा यस्तो घटना भएको हो । भुलबस मुसा मार्ने औषधि खाएपछि सिकिस्त बनेको रोरी लामको बिरालो झण्डै मृत्युको मुखमा पुगिसकेको थियो । रोरीका मालिक किम एडबर्डले उसलाई उपचारका लागि भेटेनरी अस्पताल लगे । बिरालोको हालत निकै बिग्रसकेको थियो । उसलाई तत्कालै रगत दिएर सघन उपचार गर्नुपर्ने पशु चिकित्सकले बताए । तर मान्छेका लागि भए पो ब्लड बैंकबाट रगत लिएर दिनु वा कोही साथीभाइलाई गुहार्नु । तर बिरालोका लागि कताबाट रगत ल्याउनु ? उनी बिलखबन्दमा परे । कतै बिरालो खोजेर उसको रगत निकालेर ग्रुप जाँचेर, मिलाएर रोरीलाई रगत दिनका लागि समय नै थिएन । त्यसैले एडबर्डले आफ्ना साथी मिसेल व्हाइटमोरलाई फोन गरे । व्हाइटमोटले मेसी नामक लाब्राडोर नश्लको कुकुर पालेका थिए । तत्कालै कुकुर लिएर भेटेनरी अस्पताल आउन आग्रह गरेपछि व्हाइटमोरले कुकुर लिएर तत्कालै पुगे । त्यसपछि मेसीको रगत निकालियो अनि रोरीको सरीरमा दिइयो ।
साँच्चीकै कुकुरको रगत बिरालोको सरीरमा मिल्ने सम्भावना निकै कम हुन्छ । त्यसैले मेसीको रगत रोरीलाई दिँदा यदि रक्त प्रकार मिलेन भने बिरालो रोरीको तत्कालै ज्यान जान सक्थ्यो । तर एडबर्डसँग त्यसको विकल्प थिएन सोही कारण उनले साहस बटुलेर साथीको कुकुरको रगत आफ्नो बिरालोलाई दिएका थिए । धन्य रक्तप्रकार मिल्यो र रोरीको उपचार सम्भव भयो । मेसीको रगत पाएपछि रोरीको ज्यान बँच्यो । एक जातको जनावरको रगत अर्को जातको जनावरको सरीरमा मिलेको यो निकै दुर्लभ घटना भएको वैज्ञानिकहरु बताउँछन् ।
हेर्नुस् त, कुकुरले समेत रक्तदान गरेर बिरालोको ज्यान बँचायो । तपाइँहामी मान्छेले पनि अब रक्तदान गरेर अन्य मान्छेको ज्यान बचाउने की ।
भिडियो हेर्नुहोस 
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला