Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Monday, August 19, 2013

बेलबारी घटनाको योजनाकारलाई तारिखमा छाडिय

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
३ भदौ, मोरङ । साउन ७ गते बेलबारी-३ करमडाँडामा दलितमाथि भएको अमानवीय घटनाका आरोपीहरुलाई अदालतले धरौटीमा छाडेको छ ।
जिल्ला अदालत मोरङका अतिरिक्त न्यायाधीश इन्द्रकुमार चोङटेन्लीको एकल इजलासले सोमबार छ जना आरोपीलाई जनही सात हजार धरौटीमा छाड्ने आदेश दिएको हो । दुई दिनसम्म चलेको वादी र प्रतिवादीको बहसपछि न्यायाधीश चोङटेन्लीको इजलासले अदालती बन्दोबस्तीको ११८ को ५ र १० बमोजिम अभियुक्त बेलबारी-३ का जीवन भनिने चेतन भेटवाल, अमित भेटवाल, अम्बिका भेटवाल, चन्द्रकला भेटवाल र सेविका भेटवाललाई छाड्ने आदेश दिएको हो ।
अदालतले सोमबार जारी गरेको आदेशमा भनिएको छ-’अनुसन्धानको मिसिलमा प्रतिवादीले अदालतमा इन्कारी बयान दिएपनि कसुर गरेको बयान देखिएकाले तत्काल जातीय विभेद तथा कसुर सजाय ऐन २०६८ बमोजिम उनीहरूले कसुर गरेको होइन भन्ने नमिल्ने भएकाले पछि ठहरेबमोजिम हुने गरी तत्काल जनही सात हजार धरौटीमा लिएर पुर्पक्ष गर्ने गरी तारेखमा छाडिदिनु ।
जनही सात हजार धरौटीमा छाडिएकालाई जिल्ला प्रशासन कार्यालय मोरङले मोसो दलेर कुटपिट गरेकामा सार्वजनिक अपराध गरेको ठान्दै जनही अधिकतम २८ हजार धरौटी लिएर तारेखमा छाडेको थियो । बेलबारी-३ की दलित महिला माया सार्की र युवा मनोज विश्वकर्मामाथि गरिएको कुटपिटको घटनामा १५ जनाविरुद्ध जातीय विभेद र छुवाछूत कसुर ऐनअन्तर्गत मुद्दा चलाइएको हो ।
घटनाका आरोपी बेलबारी-३ का कविन्द्र प्रसाईं, टङ्कमाया प्रसाईं, राजन सुवेदी, हरि बस्नेत, तारा सुवेदी, मैया सुवेदी, नरेन्द्र बस्नेत, भोजराज बस्नेत, राजु बस्नेतलगायत फरार छन् sorce :online khabar 
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला