Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Friday, August 30, 2013

नेपाल टेलिकमले ५ सय एमबी डाटा खरिदमा २ सय रुपैयाँ मूल्य तोकेको छ

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
काठमाडौं- नेपाल टेलिकमले सिडिएमए प्रविधिअन्तर्गतको इभिडियो सेवाको शूल्क घटाएको छ। बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै टेलिकमले ५ सय एमबी डाटा खरिदमा २ सय रुपैयाँ मूल्य तोकेको छ। त्यस्तै २ जिबी डाटा किन्दा ७ सय ५०, ५ जिबी डाटाको १७ सय र १० जिबी डाटाको २४ सय मूल्य तोकेको छ। यी चारवटै प्याकेजको म्याद एक महिनाका लागि हुने टेलिकमले जनाएको छ। यी मूल्यहरुमा कर भने जोडिएको छैन। -
पहिलो ५ सय एमबी किन्दा प्रति एमबी ४० पैसा, २ जिबी खरिदमा प्रति एमबी ३७ पैसा, ५ जिबी खरिदमाप्रतिएमबी३३पैसार१० जिबी खरिदमा प्रति एमबी २३ पैसा शूल्क लाग्नेसमेत विज्ञप्तीमा उल्लेख छ।
पहिल्यैदेखि एक्टिभेट गरेका ग्रहकहरुले भने आवश्यक रकम रिचार्ज गरी १४५६ मा एसएमएस पठाएर डाटा खरिद गर्न सक्नेछन्। यसैगरी सिडिएमए सेवाका ग्रहकहरुले इभिडियो सेवामा आफूले प्रयोग गर्न बाँकी रहेको डाटा भोयलुम तथा म्यादको बारेमा जानकारी लिन 'बिएल' टाइप गरी १४५६ मा पठाउन सक्नेछन्। यस्तो एसएमएसको कुनै शूल्क नलाग्ने समेत विज्ञप्तीमा उल्लेछ छ।
नेपाल टेलिकमले हालः इभिडियो डाटा नचल्ने पुरनाना रुइम कार्डको सेवा प्रयोग गरी भ्वाइस सेवाको साथै सिडिएमए को स्मार्ट मोबाइल, ल्यापटप, डेक्सटप, ट्याबलेट तथा यभिडियो डोङ्गलमा मार्फत् ३.१ एमबिपिएस क्षमतामा इन्टरनेट चलाउन सकिनेछ।
ग्रहकले एक जिबी मेमोरीसहितको इभिडियो डोङ्गल, एक सय रुपैयाँको टल्क भ्यालु तथा मासिक एक जिबी डाटा को दरले ३ महिनासम्मको लागि ३ जिबी डाटा भएको रुइम कार्ड करबाहेक २२ सयमा खरिद गर्न सकिने विज्ञप्तीमा उल्लेख छ। 
यो सेवाका लागि टेलिकमले १२ अञ्चलका ४८ जिल्लाबाट सेवा वितरण गरिरहेको छ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला