Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Showing posts with label राज नीति. Show all posts
Showing posts with label राज नीति. Show all posts

Friday, November 15, 2013

Exclusive Interview (Puspa Kamal Dahal - Prachanda)

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला



                                        

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Thursday, October 10, 2013

आयोग भन्छ- भतेर नखाउ, नेता भन्छन्- खान आऊ

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
२४ असोज, काठमाडौं । मध्यबानेश्वरस्थित कष्णभोग पार्टी प्यालेसमा विहीबार दिउँसो २ बजेदेखि दशैंको शुभकामना आदान-प्रदान गर्दै जलपान गर्नेहरुको भीडभाड थियो । पार्टी ‘कार्यालय’ नभएर पार्टी ‘प्यालेस’ भएको हुनाले त्यहाँ जलपान र खाजापानी पनि राम्रैसँग चल्यो । दसैं, तिहार र छठ तीनवटै चाडका नाममा आयोजना गरिएको कार्यक्रममा एमाले नेतृ विद्या भण्डारी, पूर्व उपमेयर विदुर मैनाली र काठमाडौं १ की एमाले उम्मेद्वार विद्या न्यौपानेको आतिथ्य रहेको थियो ।
त्यसैगरी काठमाडौं क्षेत्र नं १ का नेपाली कांग्रेसका उम्मेद्वार प्रकाशमान सिंहको उपस्थितिमा भोलि शुक्रबार दिउँसो ११ बजेदेखि बुद्धनगरस्थित क्वालिटी ब्याङ्क्वेटमा दशैं, तिहार र छठको अवसरमा शुभकामना आदान-प्रदानका साथै ‘चियापान’ कार्यक्रमको आयोजना गरिएको छ ।dal-ko-card

दशैं, तिहार र छठको मुखमा चुनाव आएकाले उम्मेद्वारहरुको निम्तोबाट यसपालि चाडबाडका नाममा मतदाताहरुले राम्रैसित मिठाइ, मनभोग र लड्डु खान पाउने भएका छन् । कसैले निजी विहेबटुलो गर्दा ५१ जनाभन्दा बढीको सहभागिता गर्न नपाइने भन्दै आदेश दिने अख्तियारले पनि पार्टी प्यालेस र ब्याङ्क्वेटमा हुने यस्ता ‘जलपान समारोह’मा कति मानिस सहभागी भए भनेर खोज्ने कुरै भएन ।
हुन त निर्वाचन आयोगले तीन दिनअघिमात्रै एउटा सूचना जारी गरेर चाडबाडका नाममा यस्ता जलपान कार्यक्रम नगर्न उम्मेद्वार, दलका नेता र तिनका भातृ संगठनलाई निर्देशन दिइसकेको छ । निर्वाचन आयोगले दशैं, तिहार र छठजस्ता अवसर पारी जलपान र भोजभतेर जस्ता कार्यक्रमहरु गर्न नपाउने निर्देशन दिए पनि राजनीतिक दलका नेता, भातृ संगठन र उम्मेद्वारहरुले दशैंका नाममा धमाधम भोजभतेर र जलपान गर्न थालेका छन् ।
यसैवीच एकीकृत नेकपा माओवादीको काठमाडौं-सोलुखुम्बु सङ्घीय गणतान्त्रिक मञ्चले पनि विहीबार राजधानीमा दसैंको उपलक्ष्यमा शुभकामना आदान प्रदान र चियापान कार्यक्रम गरेको थियो । कार्यक्रममा एमाओवादी अध्यक्ष प्रचण्ड, केन्द्रीय सदस्य लक्की शेर्पा, बालकृष्ण ढुङ्गेल र राजकुमार शर्मालगायतले मन्तव्य दिएका थिए ।
निर्वाचन आयोगले आफ्नो सूचनामा भनेको छ, ‘निर्वाचन प्रचार प्रसारको सिलसिलामा दशै, तिहार, छठ जस्ता अवसर पारी राजनीतिक दल, उम्मेदवार, राजनीतिक दलसँग सम्बन्धित व्यक्ति, राजनीतिक दलको भातृ संगठन तथा पदाधिकारीहरु समेतले जलपान, भोजभतेर जस्ता कार्यक्रमहरु संचालन गर्न नपाउने गरी रोक लगाउने ।’
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Wednesday, October 9, 2013

के के भनेत भ्रस्टाचारि नेता खुमबहादुरले जेल बाट छुटेर यो भिडियो हेर्नुहोस

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
२३ असोज, काठमाण्डौं । भ्रष्टाचार अभियोगमा १४ महिना जेल जीवन बिताएर काँग्रेस नेता खुमबहादुर खड्का रिहा हुनुभएको छ । बुधवार जेलवाट रिहा भएलगत्तै सदरखोर डिल्लीबजारभित्रै पत्रकार सम्मेलन गरी खड्काले आफूलाई अन्यायपूर्ण तरिकाले जेल हालिएको दोहोर्‍याउनु भय
कानुनको राज्य मान्नुपर्छ भन्ने सिद्धान्त बोकेको पार्टीको नेता भएकाले अदालतले गरेको निर्णयलाई स्वीकार गरेर जेल आएको वताउनुभयो । उहाँले भोलिका दिनहरुमा नेपाली काँग्रेसलाई सुदृढ बनाउन, प्रजातन्त्रलाई यो देशमा मजबुद बनाउन, राष्ट्रियतालाई अझ गहिरो बनाउन आफूले प्रयास जारी राख्ने प्रतिबद्धता जनाउनुभयो । मंसिर ४ मा हुन लागेको निर्वाचनमा आफ्नो पार्टीका नेताहरुवाट केही कमी कजोरी भएको वताउँदै खड्काले समय अझै भएकाले सच्चाउन आग्रह गर्नुभयो ।
खड्काले विपीका विचार र सिद्धान्त बोकेका नेता तथा कार्यकर्तालाई एक-एक पार्टीभित्रैवाट सिध्याउने कोशिश भएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो,’यदि यो राष्ट्र नरहे हामीले नेपाली भन्न पाउँछौं कि पाउँदैनौं, त्यसकारणले राष्ट्रिय एकता र प्रजातन्त्रका लागि कुनै पनि शक्तिसंग, कुनै पनि व्यक्तिसंग सम्झौता हुन सक्दैन ।’ खड्काले राष्ट्रवादी शक्तिहरु एक हुनुपर्नेमा जोड दिनुभयो ।

मुलुकलाई द्वन्द्वमा लान खोजियो

खड्काले मोहन वैद्य नेतृत्वको ३३ दलीय मोर्चालाई सहमतिमा नल्याएर चुनावमा गएर मुलुकलाई द्वन्द्वमा लैजान खोजिएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘वैद्य नेतृत्वको ३३ दलीय मोर्चालाई बाहिर राखेर चुनावमा गएर द्वन्द्व निम्त्याउन खोजिएको छ । देश अव द्वन्द्वमा जान्छ-जान्छ । कसैले रोक्न सक्दैन ।’
खड्काले काँग्रेसका कार्यकर्ता मारिए त्यसको जिम्मेवारी पार्टी सभापति सुशील कोइरालाले लिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘भोलि देश द्वन्द्वमा गयो भने काँग्रेसका कार्यकर्ता मारिए भने, लुटिन थाले वा पिटाइ खाए भने त्यसको जिम्मेवारी कसले लिने ? जिम्मेवारी पार्टी सभापति कोइराला, बरिष्ठ नेता शेरवहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले लिने किन नलिने ?’ खड्काले मुलुकलाई द्वन्द्ववाट बचाउन प्रजातन्त्रमा आघात आस्था राख्ने जोसुकै दलका व्यक्ति भए पनि मिलेर अघि बढ्नुपर्ने बताउनुभयो ।
राष्ट्र छिन्नभिन्न पारिए सैह्य हुँदैन

खड्काले देशलाई छिन्नभिन्न पार्न खोजिएको प्रति आक्रोश पोख्नुभयो । उहाँले भन्नुभयो, ‘हाम्रा पुर्खाले बनाएको नेपाल, पृथ्वीनारायण शाहले बनाएको यो राष्ट्रलाई छिन्नभिन्न गर्ने कोशिश हुँदैछ । यो नेपाली जनतालाई सैहृय हुँदैन ।’ खड्काले आफूहरु अन्तिम सास रहुन्जेलसम्म पनि राष्ट्रियताका सवालमा लड्ने प्रतिवद्धता जनाउनुभयो ।

कांग्रेसको टिकट वितरणप्रति असन्तुष्टि

खड्काले संविधानसभाको निर्वाचनका लागि पार्टीले बाँडेको टिकटप्रति असन्तुष्टि जनाउनुभएको छ । उहाँले भन्नुभयो, ‘टिकट वितरणमा केही त्रुटी भएको छ । तर, टिकट नपाएकै कारण पार्टी छोडेर साथीहरुले गल्ती गरेका छन् । छोडेका साथीहरु तपाई पार्टीमा फर्किनुस् । पार्टीभित्रै संघर्ष गर्ने हो भाग्ने होइन ।’ खड्काले अब टिकट वितरणलाई मुद्दा नवनाएर पार्टीका नेताहरुलाई चुनावमा जिताउनका लागि आफूले सकेसम्म आफ्नो बल बुँताले भ्याएसम्म शक्ति, तन, मन, धन दिन आग्रह गर्नुभयो ।

एमाओवादीले ठुल्ठुल्ला लड्डु बाँड्यो

खड्काले चुनावमा नेपाली काँग्रेसले जितेमात्र मुलुकको प्रजातन्त्र दिगो हुने दावी गर्नु भयो । उहाँले एमाओवादीले ठूल्ठुला लड्डु बाँडेर मुलुकलाई बर्बाद पारेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो,’हिजो एमाओवादीलाई हेर्नुभयो, ठुल्ठूला लड्डु बाँडेर मुलुकलाई बर्बाद बनायो । त्यसैले मुलुकमा प्रजातन्त्र दिगो बनाउन काँग्रेसलाई जिताउनुस् ।’

काँग्रेसलाई जिताउन पहल गर्छु

खड्काले आफूले अब चुनाव नेपाली काँग्रेसलाई जिताउन आफ्नो क्षमताले भ्याएसम्म लागि पर्ने वताउनुभयो । खड्काले आफू अहिले पनि पार्टीको केन्द्रीय सदस्य भएकाले महाधिवेशन नहोउन्जेल पार्टीलाई सुदृढ वनाउन प्रयास गर्ने वताउनुभयो । उहाँले चुनावी प्रचारका लागि पार्टीले खटाए आफू जिल्ला जिल्लामा गएर चुनावी प्रचारमा लाग्ने प्रतिवद्धता जनाउनुभयो ।

दुई न्यायाधीशको फैसलाले मलाई रोक्दैन

खड्काले दुईवटा न्यायाधीशले आफ्नो राजनीतिक भविष्यको फैसला गर्न नसक्ने दावी गर्नु भयो । खड्काले आफू साच्चिकै भ्रष्टाचारी भएको भए, साच्चि नै मैले घुष खाएको भए कुन फाइलमो भ्रष्टाचार गरे । कसले भन्यो घुष खायो भनेर भ्रष्टाचार गर्‍यो भनेर देखाउनु पर्‍यो नि त ?’ आफू विपीको लाइनको मान्छे भएकाले वदनाम गराउनका लागि आफूमाथि षडयन्त्र गरिएको भन्दै खड्काले दुई न्यायाधीशको फैसलाले आफूलाई

रोक्न नसक्ने वताउनुभयो ।

उहाँले भन्नुभयो,’दुईवाट न्यायाधीशले मेरो राजनीतिक भविष्य फैसला गर्ने होइन । मैले जेलमा आउँदा पनि भनेको थिए त्यही कुरा दोहोर्‍याउँछु । ‘ उहाँले अदालत नभई अन्तिम निर्णायकर्ता नेपाली जनता भएको आफ्नो राजनीतिक भविष्य र देशको फैसला नेपाली जनताले नै गर्ने वताउनुभयो ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Friday, October 4, 2013

नेकपा एमालेको नेता माथि गोलि प्रहार गंभिर घाइते हेलिकप्टर द्वारा काठमाण्डौ ल्याइयो

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
१८ असोज, वीरगञ्ज । बाराको परवानीपुरमा अज्ञात समूहले नेकपा एमालेका नेता तथा संविधानसाभाका उम्मेद्वार मोहमुद आलममाथि गोली प्रहार गरेको छ । आलमलाई उपचारका लागि वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा भर्ना गरिएकोमा त्यहाँ उपचार हुन नसकेपछि सेनाको हेलिकोप्टरमा काठमाडौं ल्याइएको छ ।
आलमलाई उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौंको शिक्षण अस्पताल ल्याइएको छ । परवानीपुर अस्पताल अगाडि आफ्नै गाडीमा रहेका बेला भारतीय नम्बर प्लेटको मोटरसाइलमा आएका व्यक्तिले उहाँलाई नजिकैबाट कञ्चटमा गोली हानेको र उहाँको अवस्था अचेत रहेको बताइएको छ । उहाँलाई बाराबाट चिकित्सकलाई समेत हेलिकोप्टरमै राखेर काठमाडौ ल्याइएको छ ।
घटनापछि बाराको परवानीपुरवासीहरु स्तब्ध एवं त्रसित भएका छन् । उम्मेद्वारी दर्ताको भोलिपल्टै भएको गोलीप्रहारबाट अन्य उम्मेद्वारहरु त्रसित बनेका छन् । शोकमग्न एमाले कार्यकर्ताहरुले उपचारका लागि हेलिकोप्टर झिकाउन ढिलाइ भएको गुनासो गरेका छन् । साथै दोषीलाई पक्राउ गरी कारवाहीको माग गर्दै परवानीपुरमा चक्काजाम गरिएको छ । बाराका प्रमुख जिल्ला अधिकारी दिनेश भट्टराईले सीमा क्षेत्रमा ‘सील’ गरेर अपराधीहरुको खोजी कार्य तीव्र पारिएको प्रतिक्रिया दिनुभएको छ ।
एमालेका तर्फवाट बारा क्षेत्र नम्बर ४ का उम्मेदवार रहेका आलममाथि शुक्रवार मध्यान्ह परवानीपुरस्थित चवासती मिल अगाडि अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । दुईवटा मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले आलममाथि गोली प्रहार गरी फरार भएको प्रहरीले जनाएको छ । आलमको कञ्चटमा गम्भीर चोट लागेको छ ।
राम्रो छविका नेता
एमाले नेता आलम बारामा राम्रो राजनीतिक व्यक्तिका रुपमा चिनिने एमाओवादीका पूर्वसभासद जयराम दाहालले आनलाइनखबरलाई बताउनुभयो । ‘उहाँ जिल्लामा राम्रो राजनीतिक छवि भएका विवादरहित एमाले नेता नेताका रुपमा हामीवीच परिचित हुनुहन्छ ।’ दाहालले भन्नुभयो ।
अहिल्लो संविधानसभ निर्वाचनमा आलम बारा ४ मा तमलोपामा जितेन्द्र प्रसाद सोनारसँग एमालेका तर्फबाट चुनाव लडेर दोस्रो स्थान प्राप्त गर्नुभएको थियो । सोनारको ९ हजार ६ सय २४ मत आएको थियो भने आलमले ८ हजार ४ सय ५३ मत ल्याउनुभएको थियो । बारा ४ मा कांग्रेसका फरमुल्लाह मन्सुर चौथो स्थानमा हुनुहुन्थ्यो भने एमाले चौथो स्थानमा थियो ।
यसपालिको चुनावमा एमालेबाट आलमले बारा ४ मा टिकट पाएर विहीबारमात्रै उमेद्वारी दर्ता गर्नुभएको छ । तर, उम्मेद्वारीको विषयलाई लिएर जिल्ला पार्टीमा एमालेको अर्को समूह आलमसँग असन्तुष्ट रहेको स्रोत बताउँछ । स्रोतका अनुसार मुस्लिम समुदायका नेता आलम राष्ट्रवादी धारका वाम नेताका रुपमा चिनिनुहुन्छ
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

चुनाबै नभई कन लगाय नेताहरुले माला र अबिर मनोनयन गर्दा चुनाब जितेको जस्तो भयोरे

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
१८ असोज, काठमाडौं । पहिलो संविधानसभा चुनावमा काठमाडौं र रौतहट दुबै क्षेत्रबाट पराजीत नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल काठमाडौं क्षेत्र नं. २ का लागि नयाँ बानेश्वरमा मनोनय गर्न पुग्दा चुनाव जितेजस्तै खादा पहिरिएको अवस्था हुनुहुन्थ्यो । माधव नेपालका साथमा काठमाडौं ९ का एमालेका उम्मेद्वार कृष्णगोपल श्रेष्ठ पनि चुनाव जीतेजसरी नै खादा र अबीर लगाउनुभएको थियो । एमाले महासचिव ईश्वर पोखरेल, जीवनराम श्रेष्ठ र अन्य उम्मेद्वारहरु पनि अहिलै मंसिर ४ को परिणाम आफ्नो पक्षमा रहेको जसरी रंगिएर मनोनयनस्थलमा पुग्नुभएको थियो 

एमाओवादी अध्यक्ष प्रचण्ड नयाँ बानेश्वरस्थित निर्वाचन आयोगको मनोनयनस्थल अन्य क्षेत्रका उम्मेद्वारसहित पुग्दा फूलमाला र अबीरले पुरिनुभएको थियो । उहाँका गलामा थेगिनसक्नु माला र खादा थियो । moisyt-haru
छेउमा रहेकी छोरी एवं काठमाडौं १ की उमेद्वारको पनि गलामा विजयीको जस्तै माला  र खादा थियो । त्यसैगरी कांग्रेसका नेताहरु प्रकाशमान सिंह र नविन्द्रराज जोशी पनि प्रचण्ड भन्दा कम थिएनन् । कार्यकर्ता र शुभेच्छुकहरुको शुभकामना र बधाई थाप्दै मनोनयनस्थल छिरेका उनीहरु यो पकट पनि आफूहरुको विजय पक्का रहेको बताउँदै मनानयनकै दिन जीतेजस्तो मुद्रामा देखिन्थे ।congress-1
नुवाकोटस्थित निर्वाचन कार्यालयमा उम्मेद्वारीको मनोनयन गर्न कार्यकर्तासहित पुगेका कांग्रेस नेताहरु रामशरण महत, अर्जुननरसिंह केसी र बहादुरसिंह तामाङलाई झट्ट देख्नेले उनीहरुले अहिल्यै चुनाव जितेको निकाल्ने अवस्था थियो । गलाभरि माला, खादा र निधारमा अबिर लगाएर कार्यकर्तालाई पछि लगाउँदै निर्वाचन कार्यालयमा पुग्दा उनीहरुका गलामा मालामाथि माला देख्न सकिन्थ्यो ।  congress-nuwakot
नुवाकोटमै उम्मेद्वारी दिएका राप्रपा नेपालका नेता प्रकाशचन्द्र लोहनी र अन्य पनि कांग्रेका नेताहरु भन्दा कम्ता थिएनन् । गलामा माला र निधारभरी अबिर रंगाएका उनीहरु अहिलै मंरिर ४ को विजयको खुसियाली मनाउ तयार जस्ता देखिन्थे । समानुपातिकमा उठेका राप्रपा नेपालका अध्यक्ष कमल थापा प्रत्यक्ष तर्फ उठाइएका आफ्नो पार्टीका उम्मेद्वारसहित रंगिएर निर्वाचन कार्यालयमा भेटिनुभयो । ०६४ सालको चुनावमा प्रत्यक्षतर्फ एक सिट पनि जित्न नसकेको राप्रपा नेपालका उम्मेद्वारहरु पनि अन्य पार्टीका उम्मेद्वार जस्तै फूलमाला र अविरजात्रा गरेर निर्वाचन कार्यालयको मनोनयन दर्तास्थलमा पुग्नुभएको थियो । kamal-thapa-r
उम्मेद्वारी मनोनयनकै क्रममा ललितपुरस्थित निर्वाचन आयोगको मनोनयनस्थलमा पुगेका प्रमुख तीन दलहरु कांग्रेस, एमाओवादी र एमालेको सांस्कृति झाँकी र कार्यकर्ताको जुलुस हेर्दा मंसिर ४ विहिबारै आएको भान हुन्थ्यो । उम्मेद्वारी दर्ता गराउन पुगेका तीन ठूला पार्टीका नेताहरु पनि चुनाव जितेजस्तै शैलीमा मनोनयनस्थल पुग्नुभएको थियो ।सिन्धुपाल्चोकस्थित निर्वाचन कार्यालयको मनोनयनस्थलमा पुगेका एकीकृत माओवादीका उम्मेद्वारहरु अग्नी सापकोटा, विलबहादुर रायमाझी र सरल सहयात्रीको अवस्थाले उहाँहरु आजै विजयी भएको झल्को दिन्थ्यो ।
मनोनयन दर्तासँगै देशका कतिपय जिल्लामा अहिलेदेखि नै जितको खुसीयालीमा भोजभतेर समेत शुरु भइसकेको छ । मनोनयनमै देखिएको भड्किलो शैलीले निर्वाचनको अवस्था पनि आँकलन गर्न आमनागरिकलाई सजिलो भएको छ । मंसिर ४ पछिको जीतको खुसियाली अहिलेदेखि नै मनाउन थालेका दलीय उम्मेद्वारहरुमध्ये जनताले कतिको जमानत जफत गर्लान्, त्यो भविष्यले नै बताउने छ । संविधानसभाको प्रत्यक्षतर्फको उम्मेद्वारी मनोनयनका दिन विहीबार गलाभरि माला र अनुहारभरि अबीर लगाएका नेताहरु देख्दा यस्तो लाग्थ्यो, उनीहरुले अहिल्यै चुनाव जितिसकेका छन् । सयौं कार्यकर्ता अघिपछि लाएर मनोनयनस्थल पुगेका दलका ठूला नेताहरु अहिले नै चुनाव जितेजसरी हर्षबढाइँ
गरिरसकेका छन् । तर, मंसिर ४ पछि पनि यो माला र खादा रहने हो कि हैन, अहिल्यै भन्न सकिँदैन ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Thursday, October 3, 2013

एक राते उमेद्वार बने नायक भुवन केसी, रेखाले टिकट पाइनन

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
                                     भिडियो हेर्न माथि क्लिक गर्नुहोस 

१६ असोज, काठमाडौं । भारतीय ‘नायक’ चलचित्रमा अनील कपूर एक रातका लागि शासक बनेजस्तै नेपाली सदावहार नायक भुवन केसी एक राते सभासद्को उमेद्वार बन्न पुग्नुभएको छ । नेकपा एमालेले एक रातका लागि काठमाडौं क्षेत्र नं १ को उमेद्वार बनाएर बुधबार उहाँको उमेद्वारी खोसेको छ ।
Bhuwan-KCBhuwan-KCसभासदको टिकट पाएपछि ३ करोड नेपालीको साथ पाएको बताउँदै अन्तरवार्ता दिई हिँड्नुभएका नायक केसीले राप्रपा नेपालमा प्रवेश गरेर टिकट पाउन लागेको थाहा पाएपछि एमाले नेता माधव नेपालको जोडबलमा एमालेले काठमाडौं १ मा उहाँलाई उमेद्वारी दिएको थियो । बुधबार उहाँको उमेद्वारी खोसेर एमालेले विद्या न्यौपानेलाई काठमाडौं १ मा टिकट दिने निर्णय गरेपछि चलचित्रका नायक केसीको उमेद्वारी ‘रियल लाइफ’मा नभई ‘रिल लाइफ’को जस्तो बन्न पुगेको हो ।
एमालेका क्षेत्रीय नेताहरुको चर्को दबावपछि नेकपा एमालेले नायक केसीको टिकट खोसेको हो । कार्यकर्ताकै दबावका कारण केसीलाई काठमाडौं १ को निर्णय उल्टाउँदै विद्या न्यौपानेलाई टिकट दिन एमाले नेताहरु बाध्य बनेका हुन् । ‘पार्टी स्थायी समितिको निर्णयअनुसार काठमाडौं १ मा विद्या न्यौपानेलाई टिकट दिइएको छ’ एमाले संसदीय विभाग प्रमुख अग्नि खरेलले अनलाइनखबरसँग भन्नुभयो ।
यसअघि एमाले स्थायी समितिले नै मंगलबार काठमाडौं १ मा भुवन केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । टिकट नपाउने चर्चासँगै राप्रपा नेपाल प्रवेशको तयारीमा रहेका केसी फेरि टिकट दिने भएपछि अन्तिममा एमालेमै बस्नुभएको थियो । तर, भुवनलाई टिकट दिएको थाहा पाएलगतै कार्यकर्ताहरुले चर्को विरोध गरेका थिए ।
एमालेको गढ मानिएको काठमाडौं १ मा अघिल्लो संविधानसभा निर्वाचनमा भने कांग्रेस महामन्त्री प्रकाशमान सिंह निर्वाचित हुनुभएको थियो । कांग्रेसले भनेयो पटक पनि सिंहलाई नै उम्मेदवार बनाएको छ ।
यसअघि ०४८ मा एमाले नेता दमन भण्डारीले तत्कालीन प्रधानमन्त्री कांग्रेसका कृष्णप्रसाद भट्टराईलाई हराएपछि काठमाडौं १ एमालेको गढ नै बनेको थियो । ०५० मा मदन भण्डारीको दासढुंगा दुर्घटनामा निधन भएपछि ०५१ को मध्यावधि चुनावमा तत्कालीन पार्टी अध्यक्ष मनमोहन अधिकारीले यो क्षेत्रबाट चुनाव जित्नुभएको थियो भने काठमाडौं २ मा भने मदनपत्नी विद्या भण्डारीले दमननाथ ढुंगानालाई पराजित गर्नुभएको थियो ।
त्यसैगरी ०५६ मा काठमाडौं १ बाट एमालेकै प्रदीप नेपाल विजयी हुनुभएको थियो भने कृष्णप्रसाद भट्टराई चौथो स्थानमा पुग्नुभएको थियो । तर, ०६४ को संविधानसभामा प्रदीपलाई हराउँदै कांग्रेसका प्रकाशमान सिंह काठमाडौं १ मा विजयी हुनुभयो ।

रेखाले टिकट पाइनन् 

यसैबीच एमाओवादीले नायिका रेखा थापालाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएन । पर्सा क्षेत्र नम्बर १ बाट नाम सिफारिस भएपछि उम्मेदवार छनोट समिति र हेडक्वाटरले बलिराम साहलाई उम्मेदवार बनाएको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Wednesday, October 2, 2013

घर व्यवहार छाडेर राजनीति गर्नु पनि बेकारै रहेछः राजेन्द्र राई

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
१६ असोज, काठमाडौं । मंसिरमा हुने संविधानसभाको उम्मेद्वारमा पार्टीले छनौट नगरेपछि नेकपा (एमाले) का बैकल्पिक केन्द्रीय सदस्य राजेन्द्र राईले घर व्यवहार छाडेर अन्ध राजनीतिमा लाग्दा व्यर्थैमा आफ्नो समय वर्वाद भएको बताउनु भएको छ । एमालेले भोजपुर क्षेत्र नम्बर १ का लागि आफूभन्दा कम्जोर राजनीतिक पृष्ठभूमिका कृपाशुर शेर्पालाई टिकट दिएपछि राईले एमालेमा त्यागी र इमान्दार भन्दा पैसाले नेता किन्न सक्नेमात्र योग्न हुने पाठ आफूले सिकेको बताउनु भएको हो ।Rajendra-rai
फेसबुकमार्फत विज्ञप्ति निकालेर राईले भन्नुभएको छ, “एमालेमा इतिहास, त्याग, बलिदान, दुःख, कष्ट, योग्यता, इमान, आचरणले कुनै मतलव राख्दो रहेनछ । घर, व्यवहार छाडेर अन्ध राजनीति गर्नु मूर्खता हो भन्ने मूल्यवान शिक्षा म लगायत धेरैलाई हाम्रा नेताहरुले दिनुभएको छ ।” आफ्नो र भोजपुर क्षेत्र नम्बर १ बाट टिकट पाएका कृपाशुर शेर्पाको राजनीतिक पृष्ठभूमिको तुलना गर्दै अनेरास्ववियूका पूर्व केन्द्रीय अध्यक्षसमेत रहेका राईले २०४१ सालबाट अनेरास्ववियूबाट राजनीति शुरु गरेको आफूलाई २०५६ सालमा एमालेमा प्रवेश गरेका कृपाशुर शेर्पा भन्दा अयोग्य ठहर गरेर पार्टीले आफूजस्ता हजारौं इमान्दार कार्यकर्ताको अपमान गरेकोमा रोष प्रकट गर्नु भएको हो ।
“मेरा लागि सम्पत्ति प्यारो होइन, अहिले पनि म विद्यार्थीजस्तै जीवन बिताइरहेको छु । कृपाशुर शेर्पाले पार्टीका नेताहरुलाई राम्रै आर्थिक सहयोग प्रदान गर्नुभएको छ ।त्यो अर्थमा पनि म एमालेका नेताहरुका लागि उम्मेद्वारमा योग्य भइन ।” राईले भन्नुभएको छ,  “म सँगै राजनीति गरिहेका साथीहरु तीन पटकसम्म सांसदमा उठिसकेका छन् तर पैसाको मात्र कदर गर्ने पार्टी नेताहरुका लागि हामीजस्ता इमान्दार केही पनि रहेनछौं ।”
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

एमाले द्वारा सबै जिल्लाको उम्मेद्वारको नाम घोसना गरेको छ

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
असोज १४  नेकपा एमालेले संविधानसभा चुनावका लागि प्रत्यक्ष तर्फका सबै उम्मेदवारको नामावली घोषणा गरेको छ ।  भक्तपुर १ र रौतहट ३ को भने टुङ्गो लागेको छैन ।

सचिव विष्णु पौडेले जारी गरेको बिज्ञप्ति अनुसार मंसीर ४ गते हुने  संविधानसभा निर्वाचनका लागि नेकपा एमाले पार्टीको तर्फबाट २ सय ३८ निर्वाचन क्षेत्रका उम्मेद्वारको नामावली चयन गरेको जनाइएको छ ।

विज्ञप्ती अनुसार एमालेका अध्यक्ष झलनाथ खनाल इलाम-१ र सर्लाही-१ बाट, बरिष्ठ नेता माधवकुमार नेपाल रौतहट-१ र काठमाडौं-२ बाट, नेता केपी शर्मा ओली झापा-७ बाट, उपाध्यक्ष बामदेव गौतम बर्दिया-१ र प्यूठान-१ उम्मेद्वारी दिने जनाइएको छ ।
प्रेस विज्ञप्ती जस्ताको तस्तै हेर्नुहोस:

२०७०-०६-१५
अध्यक्ष कमरेड झलनाथ खनालको अध्यक्षतामा २०७० असौज ७ गते आरम्भ भएर आज सम्पन्न भएको नेकपा ९एमाले० स्थायी कमिटीको बैठकले २०७० मंसीर ४ गते सम्पन्न हुन गइरहेको संविधानसभा निर्वाचनका लागि पार्टीको तर्फबाट प्रत्यक्ष तर्फका २४० स्थानका लागि निम्नानुसार उम्मेदवार चयन गर्ने निर्णय गरेको छ स्


क्र.सं. जिल्ला क्षेत्र नाम

ताप्लेजुङ

१. भुपेन्द्र थेवे
२. डम्बरध्वज तुम्बाहाम्फे

पाँचथर


१. गणेश काङवाङ
२. डम्बरसिंह सम्बाहाम्फे

संखुवासभा


१. हेमराज घिमिरे
२. राजेन्द्र गौतम

तेह्रथुम


१. भवानी खापुङ

भोजपुर


१. कृपाशुर शेर्पा
२. शेरधन राई

सोलुखुम्बु


१. आङङिमा लामा

रसुवा


१. जनार्दन ढकाल

मनाङ


१. छिरिङ लोप्साङ

मुस्ताङ


१. चन्द्रमोहन गौचन

डोल्पा


१. धनबहादुर बुढा

मुगु


१. मोहन बानिया

जुम्ला

१. पदमबहादुर रोकाय

कालिकोट

१. कुर्मराज शाही

हुम्ला

१. दल रावल

बाजुरा

१. कर्णबहादुर थापा

अछाम

१. भीमबहादुर रावल
२. भरत साउद

बझाङ

१. मानप्रसाद खत्री
२. लालबहादुर रावल

डोटी

१. नारद मलासी
२. पे्रमबहादुर आले

दार्चुला

१. गणेशसिंह ठगुन्ना

बैतडी


१. दामोदर भण्डारी
२.महादेव भट्ट

डडेलधुरा


१. ताराप्रसाद जोशी

खोटाङ


१. पिके राई
२. विशाल भट्टराई

रुकुम


१. खेममान खड्का
२. ठगेन्द्र प्रकाश पुरी

प्यूठान


१. वामदेव गौतम
२ .हिराबहादुर केसी

सल्यान


१. गुलाबजङ्ग शाह
२. प्रकाश ज्वाला

रोल्पा

१. हितबहादुर रोका मगर
२. कुमार दशौंदी

दाङ


१. रेवतीरमण शर्मा
२. शान्ता चौधरी
३. लक्ष्मण आचार्य
४. शंकर पोखरेल
५. उत्तरकुमार ओली

बाँके


१. देवराज भार
२. दिनेशचन्द्र यादव
३. विजया धिताल
४. दलबहादुर सुनार

बर्दिया


१. वामदेव गौतम
२. पूर्ण शर्मा
३. विसतिया थारु ९विष्णु चौधरी०
४. लौटनकुमार चौधरी

जाजरकोट


१. डम्बरबहादुर सिंह
२. कृष्णबहादुर बुढा

दैलेख

१. अम्मरबहादुर थापा
२. लक्ष्मीप्रसाद पोखे्रल

कञ्चनपुर


१. लालबहादुर विश्वकर्मा
२. तारा लामा
३. नरबहादुर धामी
४. उर्वादत्त पन्त

म्याग्दी


१. नवराज शर्मा

बाग्लुङ

१. हिरा केसी
२. सूर्य पाठक
३. शान्ती अधिकारी

लमजुङ


१. जमिन्द्रमान घले
२. पृथ्वीसुब्बा गुरुङ

गोरखा


१. रामशरण बस्नेत
२. बाबुराम अधिकारी
३. कृष्ण नेपाली

तनहुँ

१. रामबहादुर गुरुङ
२. कृष्णकुमार श्रेष्ठ
३. टुकराज सिग्देल

स्याङ्गजा


१. नारायण मरासिनी
२. कृष्ण खाँड
३. मुक्तिप्रसाद पाठक

गुल्मी

१. मैनाकुमारी भण्डारी
२. प्रदीपकुमार ज्ञवाली
३. गोकर्ण विष्ट

कपिलवस्तु

१. बलराम अधिकारी
२. अजिजुद् रहमान
३. बाबुराम खनाल
३. नेत्रराज अधिकारी
४. मीना परियार

रौतहट


१. माधवकुमार नेपाल
२. अबुल कलाम आजाद
३. ...बाँकी
४. सरला यादव
५. रामकुमार भट्टराई

बारा


१. बतहु यादव
२. वासुदेव यादव
३. विनोद शाह
४. महमुद आलम
५ .बलवीर चौधरी
६. पुरुषोत्तम पौडेल

पर्सा


१. नवराज शर्मा
२. विचारी यादव
३. राजकुमार गुप्ता
४. प्रद्युम्न चौहान
५. जयप्रकाश थारु

मकवानपुर
१. णराज जर्घा मगर
२. सुवासचन्द्र ठकुरी
३. अनन्त पौडेल
४. राजाराम स्याङताङ

पाल्पा

१. राधाकृष्ण कणेल
२. सोमप्रसाद पाण्डे
३. कुलप्रसाद नेपाल

अर्घाखाँची

१. नरेन्द्रकुमार क्षेत्री
२. डा. दुमान सिंह थापा

सिन्धुपाल्चोक


१. अरुणप्रसाद नेपाल
२. सुवास कर्माचार्य
३. शेरबहादुर तामाङ

नुवाकोट


१. केशव पाण्डे
२. शोभा श्रेष्ठ
३. नारायण खतिवडा

काभ्रेपलाञ्चोक

१. संग्रामजित लामा
२. रामहरी सुवेदी
३. गोकुल वास्कोटा
४. विदूरप्रसाद सापकोटा

दोलखा

१. पार्वत गुरुङ
२. आनन्दप्रसाद पोख्रेल

रामेछाप


१. कमलप्रकाश सुनुवार
२. कैलाशप्रसाद ढुङ्गेल

सिन्धुली


१. गणेश पहाडी
२. उमा कोइराला
३. कमलजङ राई

सर्लाही

१. झलनाथ खनाल
२. सुरेन्द्र लामा
३. हरि उपे्रती
४. राजनारायण शाह
५. नरेन्द्र राय यादव
६. विना ठाकुर

महोत्तरी


१. दुर्गा दाहाल
२. मञ्जु यादव
३. रामदयाल मण्डल
४. इलियास अन्सारी
५. दीपनारायण शाह तेली
६. कौशीलाल यादव

धनुषा


१. रत्नेश्वर गोइत
२. आनन्द ९गंगाराम० यादव
४. जुलीकुमारी महतो
५. श्रीप्रसाद शाह
६. रघुवीर महासेठ
७. योगनारायण यादव
८. शत्रुघ्न महतो

सिराहा

१. राजेन्द्र महतो
२. रामचन्द्र यादव
३. प्रमोदकुमार यादव
४. रामअवतार यादव
५. लीलानाथ श्रेष्ठ
६. सितादेवी शाह

ईलाम

१. झलनाथ खनाल
२. सुवास नेम्वाङ
३. टेकबहादुर राई

झापा

१. रविन कोइराला
२. पवित्रा निरौला
३. वसन्त बानिया
४. प्रेम गिरी
५. लालप्रसाद सांवा लिम्वु
६. दीपक कार्की
७. केपी शर्मा ओली

धनकुटा

१. टिका चेमजोङ
३. राजेन्द्र राई

सुनसरी

१. कृष्णकुमार राई
२. रेवती भण्डारी
३. भगवती चौधरी
४. खेमराज पोखे्रल
५. जगदीश कुशैत
६. भीमप्रसाद आचार्य

मोरङ

१. ऋषिकेश पोखे्रल
२. चण्डीप्रसाद राई
३. गुरुप्रसाद वराल
४. ज्ञानेश्वर राजवंशी
५. पुजन निरौला
६. महेश भट्टराई
७. यशोदा अधिकारी
८. चन्द्रबहादुर गुरुङ
९. धनश्याम खतिवडा

ओखलढुङ्गा


१. यज्ञराज सुनुवार
२. नानीबाबु बुढाथोकी

उदयपुर


१. मणिराज उपाध्याय पौडेल
२. मञ्जु चौधरी
३. जगन्नाथ खतिवडा

सप्तरी


१. सुमनराज प्याकुरेल
२. शैलेन्द्र झा
३. मञ्जुदेवी शाह
४. ताराकान्त चौधरी
५. गोविन्दबहादुर न्यौपाने
६. वृजनारायण शाह

कैलाली


१. प्रेम साउद
२. मोहनसिंह राठौर
३. चन्द्रीका प्रकाश चौधरी
४. दीर्घ सोठारी
५. पदमसिंह सिघाल
६. महेश्वर पाठक

सुर्खेत


१. कमला शर्मा
२. यामलाल कणेल
३. नवराज रावत

पर्वत


१. गणेश तिमिल्सिना
२. विकास लम्साल

कास्की


१. मानबहादुर जिसी
२. कृष्ण थापा
३. रविन्द्र अधिकारी
४. सिता गिरी

नवलपरासी


१. दीपक अधिकारी
२. जीवन श्रेष्ठ
३. विष्णुप्रसाद पौडेल
४. वैजनाथ चौधरी
५. दीपेन्द्र अधिकारी
६. रिङ्गला यादव

रुपन्देही


१. छविलाल विश्वकर्मा
२. भरत पोखे्रल
३. घनश्याम भुसाल
४. विष्णुप्रसाद पौडेल
५. रामनाथ ढकाल
६. पम्पावती खनाल
७. श्रीराम यादव

चितवन


१. सुरेन्द्र पाण्डे
२. कृष्ण खनाल
३. कृष्णभक्त पोख्रेल
४. दिलकुमारी ९पार्वती० रावल
५. दानबहादुर तामाङ

धादिङ


१. धनबहादुर घले
२. गुरुप्रसाद वुर्लाकोटी
३. राजेन्द्रप्रसाद पाण्डे

काठमाडौं

१. भूवन केसी
२. माधवकुमार नेपाल
३. रामेश्वर फुयाल
४. निर्मल कुईंकेल
५. ईश्वर पोखे्रल
६. योगेश भट्टराई
७. रामवीर मानन्धर
८. जीवनराम श्रेष्ठ
९. कृष्णगोपाल श्रेष्ठ
१०. सुरेन्द्र मानन्धर

भक्तपुर


१.....बाँकी
२. महेश बस्नेत

ललितपुर

१. मधुसुदन पौडेल
२. कृष्णलाल महर्जन
३. रघुजी पन्त

विष्णुप्रसाद पौडेल
 सचिव
 केन्द्रीय सचिवालय
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Friday, September 27, 2013

ज्यानमाराले उमेद्वार बन्न नपाउने सर्वोच्चको आदेश

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
१० असोज, काठमाडौं । सर्वोच्च अदालतले ज्यानसम्बन्धी मुद्दामा सर्वस्वसहित जन्मकैदको सजायँ पाएका व्यक्तिलाई संविधानसभाको उमेद्वार बन्न नपाउने गरी ढोका बन्द गरेको छ । विहीबार अदालतले सुनाएको यस्तो आदेशपछि अनलाइनखबरलाई प्रतिक्रिया दिँदै एमाओवादी पूर्वसभासद वालकृष्ण ढुंगेलले भने पार्टीले आदेश दिएको खण्डमा आफू जस्तोसुकै पर्खाल भत्काउन तयार रहेको प्रतिक्रिया दिनुभएको छ ।
balkrishnabalkrishnaज्यान मुद्दामा सर्वस्वसहित जन्म कैद सजायँ पाएको व्यक्तिलाई उमेद्वार बन्न नदिने निर्वाचन सम्बन्धी अध्यादेशको दफा कार्यान्वयनका लागि विहीबार अदालतले बाटो खोलिदिएको हो । सर्वोच्च अदालतका तीनजना न्यायाधीश सम्मिलित विशेष इजलासको विहीबार गरेको सुनुवाइमा आफैंले तीन दिन पहिले गरेको अन्तरिम आदेश खारेज गरिएको छ ।
असोज ७ गते अदालतको एकल इजलासले सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएकाहरुलाई उमेद्वार बन्न नदिने निर्वाचन सम्बन्धी अध्यादेशको दफा १९ (ङ) तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । तर,त्यसको तीनदिन पछि विहीबार अदालतले उक्त अन्तरिम आदेश खारेज गरिदिएको हो ।
अन्तरिम आदेश खारेज भएपछि अब अध्यादेशको दफा १९ कार्यान्यवन हुने भएको छ । सो दफामा ज्यान सम्बन्धी मुद्दामा अदालतको अन्तिम फैसलाबाट सर्वस्वसहित जन्मकैद वा जन्मकैदको सजायँ पाएको व्यक्ति उमेद्वार बन्न अयोग्य रहेको उल्लेख छ ।
अध्यादेशमा रहेको यस्तो बाध्यात्मक व्यवस्था अन्तरिम संविधान र वृहत् शान्ति सम्झौता विपरीत भएको भन्दै त्यसलाई खारेज गर्न परेको रीटमा विहीबार सुनुवाइ भएको हो । मुद्दाको सुनुवाइ न्यायाधीश गिरीशचन्द्र लाल, सुशिला कार्की र प्रकाश वस्तीको विशेष इजलासमा भएको थियो । प्रस्तुत मुद्दामा निवेदकका तर्फबाट अधिवक्ता मुक्ति प्रधान, चण्डेश्वर श्रेष्ठ, रामनारायाण् विडारी, रामबहादुर थापा र कृष्णप्रसाद सुवेदीले बहस गर्नुभएको थियो । त्यसैगरी विपक्षी नेपाल सरकारका तर्फबाट नायव महान्यायाधिवक्ता ठोकप्रसाद सिवाकोटी, सञ्जीवराज रेग्मी र चन्द्रकान्त खनालले बहस गर्नुभएको थियो ।
पर्खाल भत्काएर पार्टीको आदेश पालना गर्छु : वालकृष्ण ढुंगेल
यसैवीच एमाओवादीका पूर्वसभासद वालकृष्ण ढुंगेलले अदालतमा परेको यो रिट आफ्नो विरुद्ध नभएर सैद्धान्तिकमात्र भएको बताउनुभयो । आफूलाई पार्टीले उमेद्वार नै नबनाइसकेको हुनाले आफ्नो बारेमा कानूनले रोक लगाउने नलगाउने चर्चा गर्ने बेला नआएको उहाँले बताउनुभयो । ‘सर्वाेच्च अदालतले त्रिकालदर्शी भएर अन्तरिम संविधान र शान्ति सम्झौताको मर्म विपरीत काम गर्‍यो भने संविधानसभाको चुनाव सार्थक एवं सफल हुन सक्दैन ।’ ओखलढुंगा २ बाट प्रत्यक्षतर्फ उमेद्वारको सिफारिसमा पर्नुभएका ढुंगेलले अनलाइनखबरसँग भन्नुभयो, ‘राज्यसमितिले सिफारिस गरे पनि पार्टी केन्द्रले मलाई उमेद्वार बनाइसकेको छैन, पार्टीले उठ् भन्यो भने पार्टीको आदेशको पालना गर्दै म कुन पर्खाल तोड्नुपर्ने हो, तोड्छु ।’ तर, पार्टीले उमेद्वार नबन् भन्यो भने इमान्दार सिपाहीको हैसियतले उमेद्वार नबन्ने उहाँले बताउनुभयो ।
ज्यान मुद्दामा सजायँ सुनाइए पनि कारवाही नभएको भन्दै विवादमा तानिँदै आउनुभएका ढुंगेलले अब संविधानसभाको उमेद्वार बन्न नमिल्ने सर्वोच्च अदालतको आदेशबाट प्रष्ट भएको अधिवक्ता दिनेश त्रिपाठीले अनलाइनखबरसँग भन्नुभयो । तर, अग्नी सापकोटाको हकमा भने उहाँविरुद्ध अन्तिम फैसला नभएको हुनाले उहाँको हकमा अध्यादेशको बन्देज नलाग्ने त्रिपाठीको भनाइ छ । source onlinekhabar

यस्तो छ सर्वोच्चको आदेश
court-order
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Tuesday, September 24, 2013

प्रचण्डकी छोरी र गणेशमानका छोरावीच भिडन्त

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
७ असोज, काठमाडौं । उपत्यकाका तीन जिल्लामा १५ वटा निर्वाचन क्षेत्रहरु छन् । मुलुकको प्रशासनिक केन्द्र भएकाले यहाँ हुने निर्वाचनमा देश-विदेशको चासो हुनु स्वाभाविकै हो । चासो मात्रै होइन, उपत्यकाको चुनाव निकै रोचक पनि हुने गर्छ । यसपालिको चुनावमा प्रचण्डकी छोरीले गणेशमान सिंहका छोरासँग भिड्ने तयारी गरेर अर्को रोमान्स थप्न लागेकी छन् ।prakashman-singh-ra-renu-da
विगतको चुनावमा एमाले महासचिव माधव नेपाल र एमाओवादीका झक्कुप्रसाद सुवेदीको भीडन्तले उपत्यकाको चुनावलाई निकै रोचक बनाएको थियो । त्यसैगरी प्रचण्डले काठमाडौंमा जित्लान् या हार्लान् भन्ने प्रश्नले पनि अघिल्लो चुनाव निकै रोचक भएको थियो । परिणाम आउँदा १६ सीटमा तालमेल गर्ने भनेको एमाले शुन्यमा झरेपछि अर्को रोचकता थपियो उपत्यकाको चुनावमा ।
prakashman-singh-ra-renu-da
यसपालिको चुनावमा नेपाली कांग्रेसका सर्वमान्य नेता गणेशमान सिंहका छोरा र एमाओवादी अध्यक्ष प्रचण्डकी छोरीवीच चुनावी प्रतिश्पर्धा हुने सम्भावनाले उपत्यकाको माहौललाई रोचक बनाउन लागेको छ । कांग्रेसका गगन थापा र एमाओवादीका पासाङको भीडन्त भएमा यो अर्को रोचकपन हुनेछ । भक्तपुरमा बिजुक्छेलाई हाँक दिइरहेका एमालेका युवा नेता महेश बस्नेतले पनि अर्को रोचकपन थप्दैछन् । पहिले शुन्य भएको एमालेले कति सीट ल्याउने हो, यो अर्को चासो छँदैछ मतदाताहरुमा । त्यस्तै पूर्वमेयर केशव स्थापितले विगतका आफ्नै कार्यकर्ता हिमाल शर्मासँग चुनाव लड्ने सम्भावना बढेको छ ।

प्रकाशमानसँग रेणु र सपना

काठमाडौं क्षेत्र नं १ मा ०६४ को चुनावमा गणेशमानपुत्र प्रकाशमानसिंहले विजय हासिल गर्नुभएको थियो । कांग्रेसले यसपटक पनि काठमाडौं १ मा प्रकाशमानलाई नै उमेद्वारी दिने लगभग निश्चित भएको छ । प्रकाशमानसँग भिडाउन एमाओवादीले प्रचण्डकी छोरी रेणु दाहाललाई उमेद्वार बनाउने सिफारिस गरेको छ । काठमाडौं १ मा एमालेले पनि महिलालाई नै अघि सारेको छ । पूर्व सभासद् एवं अधिवक्ता सपना मल्ल प्रधानको नाम एमालेले काठमाडौं १ का लागि सिफारिस गरेको छ । अघिल्लो चुनावमा यो क्षेत्रमा प्रकाशमानको मत १३ हजार खसेको थियो भने एमाले नेता प्रदीप नेपालको ६७ सय र एमाओवादीका राममान श्रेष्ठको ४८ सय मत झरेको थियो ।

माधव नेपाल र झक्कुको दोस्रो भिडन्त

काठमाडौं क्षत्रे नं २ मा यसपटक पनि एमालेका माधव नेपाल र एमाओवादीका झक्कु सुवेदीवीच प्रतिश्पर्धा हुने संकेत देखिएको छ । अघिल्लो  चुनावमा झक्कुको १३ हजार मत आएको थियो भने माधव नेपालको १२ हजार । यसपालि यो परिणाम उल्टिने एमाले नेताहरुको अनुमान छ । तर, कांग्रेसले पनि यो क्षेत्रबाट ११ हजार मत ल्याएको थियो । कांग्रेसले पनि पुरानै उमेद्वार दीपक कुइँकेललाई उभ्याउने भएको छ ।
काठमाडौं ३ मा एमालेले पुरानै उमेद्वार रामेश्वर फुँयाल र कांग्रेसले पनि पुरानै चक्रबहादुर ठकुरीलाई उठाउने सिफारिस गरेको छ । ०६४ को चुनावमा कांग्रेसका ठकुरीले १२ हजार मत ल्याएर जितेका थिए भने दोस्रो हुने एमालेका फुँयालले ९ हजार मत ल्याएका थिए ।  यसपालि एमाले फुयाललार्इ नै उठाउने तयारीमा छ भने एमाओवादीले मजदुर नेता गणेश रेग्मीको नाम अगाडि सारेको छ ।
काठमाडौं ४ मा भने भाले भीडन्त हुने सम्भावना छ । एमाओवादीले जनयुद्धका कमाण्डर नन्दकिशोर पुन पासाङको नाम अगाडि सारेको छ भने कांग्रेसले चर्चित युवा नेता गगन थापाको नाम सिफारिस गरेको छ । पहिले माओवादीका पवनमान श्रेष्ठले यो क्षेत्रबाट तेस्रो स्थानमात्रै हासिल गरेका थिए । एमाले नेतृ विद्यादेवी भण्डारीले यो क्षत्रेमा कांग्रेस नेतृ सुप्रभा घिमिरेबाट हार व्यहोर्नुपरेको थियो ।
काठमाडौं ५ मा पहिले जितेका कांग्रेसका नरहरी आचार्यसँग एमाले महासचिव ईश्वर पोखरेलले प्रतिश्पर्धा गर्ने सम्भावना छ । पहिले आचार्यसँग पोखरेलले ४ हजार मतान्तरले हार व्यहोर्नुपरेको थियो । पहिले तेस्रो स्थानमा रहेको एमाओवादीले यसपटक नयाँ अनुहारका महेन्द्र श्रेष्ठको नाम अगाडि सारेको छ ।

केशव स्थापितसँग हिमाल शर्मा

काठमाडौं ६ मा पहिलो चुनाव जितेका हितमान शाक्य वैद्यपक्षमा लागेपछि यसपटक एमाओवादीले विद्यार्थी नेता हिमाल शर्माको नाम अगाडि सारेको छ भने एमालेले पूर्वमेयर केशव स्थापितको नाम चर्चामा ल्याएको छ । कांग्रेसले पहिले हितमानसँग झिनो मतले पराजीत भीमसेनदास प्रधानलाई नै उभ्याउने भएको छ ।काठमाडौं ७ मा एमाओवादीले पहिले जित्ने हिसिला गमीकै नाम अघि सारेको छ भने कांग्रेसले विजय माली र एमालेले रामवीर मानन्धरको नाम अगाडि सारेको छ ।
काठमाडौं ८ मा कांग्रेसले पहिले जितेका नविन्द्रराज जोशीलाई नै उभ्याएको छ भने एमाओवादीले पूर्वमहान्यायधिवक्ता मुक्ति प्रधान र एमालेले पुरानै उमेद्वार अष्टलक्ष्मी शाक्यलाई उभ्याएको छ । यो क्षेत्रमा अघिल्लो चुनावमा एमाले दोस्रो र एमाओवादी तेस्रो स्थानमा थियो ।काठमाडौं ९ मा अघिल्ल्ो चुनावमा विजय हासिल गरेका कांग्रेसका ध्यान गोविन्द रञ्जितसँग एमाओवादीका देवेन्द्र पौडेलले प्रतिश्पर्धा गर्ने तयारी छ । अघिल्लो चुनावमा दोस्रो स्थान ल्याएका माइला लामा यतिबेला वैद्य माओवादीतिर लागेका छन् । ०६४ मा तेस्रो स्थानमा आएका एमालेका कृष्णगोपाल श्रेष्ठ यसपालि पनि यही क्षत्रेका प्रतिश्पर्धी बन्दैछन् ।
काठमाडौं १० मा एमाओवादीले अघिल्लो चुनावमा जस्तै प्रचण्डलाई नै उमेद्वार बनाउने तयारी छ । प्रचण्डसँग कांग्रेसका पुरानै उमेद्वार राजेन्द्रकुमार केसीले प्रतिश्पर्धा गर्दैछन् भने एमालेले सानुकुमार श्रेष्ठलाई झिकेर रामकृष्ण दुवाललाई प्रचण्डसँग भिडाउने तयारी गरेको छ ।

ललितपुरमा एमाओवादीका नयाँ

अघिल्लो चुनावमा वर्षमान पुन र पम्फा भुसाललाई जिताएको ललितपुरमा यसपालि एमाओवादीले नयाँ अनुहार अघि सारेको छ । ललितपुर १ मा कांगेसका उदयसमशेर राणा र एमालेका मधुसुदन पौडेलसँग एमाओवादीका हरि दाहाल भिड्दैछन् भने २ नम्बर क्षेत्रमा एमालेका पुराना नेता कृष्णलाल महर्जन र कांग्रेसका रामकृष्ण चित्राकारसँग एमाओवादीका दिनेश महर्जनले प्रतिश्पर्धा गर्ने भएका छन् । ललितपुर-३ मा एमालेका रघुजी पन्तसँग कांग्रेसका मदन अमात्य र एमाओवादीका सरोज डंगोलको प्रतिश्पर्धा हुने देखिएको छ । पहिले एमाओवादीले ललितपुरमा ३ वटै सीट जितेको थियो भने २ सीटमा कांग्रेस र एक सीटमा एमाले दोस्रो स्थानमा थिए ।

भक्तपुरमा महेश बस्नेतको हाँक

नेपाल मजदुर किसान पार्टीले एकलौटी जित्दै आएको भक्तपुरमा यसपालि नेमकिपालाई हराउने एमाले नेता केपी ओलीले उद्घोष गर्नुभएको छ । भक्तपुर १ मा कांग्रेसले नेमकिपामा नारयणमान बिजुक्छेसँग गणेशमान चक्रधरको नाम सिफारिस गरेको छ भने बिजुक्छेलाई हराउने उद्घोष गरेको एमालेले मोहनवीर श्रेष्ठलाई र एमाओवादीले सानुबाबु सिलवाललाई सिफारिस गरेको छ । भक्तपुर २ मा एमालेले युवा नेता महेश बस्नेत र कांग्रेसले दुर्लभ थापाको नाम अगाडि सारेको छ भने एमाओवादीले डीपी ढकालको नाम सिफरिस गरेको छ ।
अघिल्लो चुनावमा भक्तपुरको १ नम्बर क्षेत्रमा एमाले चौथो स्थानमा थियो भने हाल महेश बस्नेतले उमेद्वारी दिन लागेको २ नं क्षेत्रमा एमाले तेस्रो स्थानमा थियो । कांग्रेस २ नं क्षेत्रमा दोस्रो र १ नम्बरमा तेस्रो स्थानमा आएको थियो । एमाओवादी एउटा क्षेत्रमा दोस्रो र अर्को क्षेत्रमा चौथो स्थानमा थियो ।

काँग्रेस-एमालेका पुरानै, एमाओवादी नयाँ किन ?

नेपाली काँग्रेसले उपत्यकामा प्रायः जितेकै उम्मेदवारलाई निरन्तरता दिँदा नतिजा आफ्नो पक्षमा आउने विश्वास गरेको छ । जितेकै उम्मेदवारलाई उठाउँदा पार्टी कार्यकर्ताको मनोवल जित्नेतर्फ उदत्त हुने भएकाले चुनावी प्रचार-प्रचारमा सजिलो हुने र जनताको मत सजिलै जित्न सकिने काँग्रेसको दावी छ । यस्तै नेकपा एमालेले पनि केही क्षेत्रमा बाहेक अन्य क्षेत्रमा पुरानै उम्मेदवारलाई उठाउने तयारी छ ।
०६४ सालको निर्वाचनको माहौल र अहिलेको माहौल फरक रहेकाले आफ्नो पुरानै उम्मेदवारले जित्ने सम्भावना बढेको एमालेको दावी छ । तर केहीसमय मोहन वैद्य नेतृत्वमा बरिष्ठ नेताहरुसहित एमाओवादीवाट अलग्गिएर गएपछि एमाओवादीले भने उपत्यकामा नयाँ उम्मेदवार ल्याएको छ । उसले बरिष्ठ नेतालाई पराजय हुनवाट रोक्नमा ध्यान दिएको बताइन्छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Monday, September 23, 2013

पासांग भन्छन गगन जी तँपाई म सँग नलड़नुस

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
७ असोज, काठमाडौं । एमाओवादीका पूर्वसैन्य कमाण्डर नन्दकिशोर पुन (पासाङ)ले नेपाली कांग्रेसका युवा नेता गगन थापा आशलाग्दो राम्रो युवा नेता भएकाले आफूसँग एउटै क्षेत्रमा चुनाव नलड्न आग्रह गर्नुभएको छ । काठमाडौं क्षेत्र नं ४ मा एमाओवादीका तर्फबाट प्रत्यक्ष चुनावमा उमेद्वार बन्न लाग्नुभएका पासाङले संविधानसभामा पुग्नुपर्ने मान्छेहरु एउटै क्षेत्रमा प्रतिपस्र्धा गर्दा खल्लो हुने बतचाउनुभयो ।gagan-thapa-and-nanda-kishogagan-thapa-and-nanda-kisho
‘गगनजी कांग्रेस भए पनि राम्रो सम्भावना भएको युवा नेता हुनुहुन्छ, त्यसैले उहाँ काठमाडौं ४ बाहेक अन्य क्षेत्रबाटै उठिदिनुभए हुन्थ्यो भन्ने मलाई लागेको छ ।’ पासाङले सोमबार अनलाइनखबरसँग भन्नुभयो, ‘अब मैसँग उठ्नु नै हसुन्छ भने त लोकतन्त्रमा आपसी प्रतिश्पर्धा गर्नै पर्ने हुन्छ ।’एमाओवादी नेता पासाङले आफू काठमाडौंमा ४ मा चुनाव लड्ने चर्चा निकै पहिल्यैदेखि चलेकाले थापाले यसबारे विचार गरेर अन्य क्षेत्र रोज्नुभएको भए राम्रो हुने बताउनुभयो । तर, थापाले यसबारे पुनर्विचार नगरे आफू उहाँसँग भिड्न तयार रहेको स्पष्ट पार्नुभयो । ‘यस क्षेत्रमा उहाँको उमेद्वारीबारे कांग्रेसभित्र अझै विवाद छ, तर मेरो लगभग यही क्षेत्रमा उठ्ने निश्चित भैसकेको छ ।’
दुवै युवा नेता एउटै क्षेत्रमा चुनाव लड्दा जनताले विगतको संविधानसभामा के भूमिका खेल्नुभयो भनेर जनताले सोध्ने पासाङको तर्क छ । ‘उहाँ यसअघि नै सभासद भैसक्नुभएको मान्छे हो, उहाँले संविधानसभामा के भूमिका खेल्नुभयो भन्ो विश्लेषण चुनावमा अवश्यै हुन्छ ।’ पुनले भन्नुभयो- ‘उहाँ संविधानसभामा एकपटक ‘टेस्टेड’ भैसक्नुभएको छ onllinekhabar 
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Tuesday, September 3, 2013

धर्ना बसेर चुनावको टिकट पाइँदैन : प्रचण्ड

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

१७ भदौ, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले पार्टी कार्यालयमा धर्ना दिएर संविधानसभाको टिकट नपाइने बताउनुभएको छ । पार्टी कार्यालय पेरिसडाँडामा आयोजित बैठकको समापनका अवसरमा सोमबार मन्तव्य व्यक्त गर्दै प्रचण्डले नेताहरुलाई भन्नुभयो- ‘तपाईहरु फिल्डमा गएर कार्यकर्ता र जनताको विश्वास जितेर आउनोस्, धर्ना बसेर टिकट पाइँदैन ।’
prachanda-mainएमाओवादीको सोमबार सम्पन्न बैठकले ब्यूरो इन्चार्जहरु हेरफेर गरेको छ । बैठकले एमालेबाट केही समयअघि माओवादी प्रवेश गरेका रामचन्द्र झालाई मधेस ब्युरो इन्चार्जजस्तो महत्वपूर्ण जिम्मेवारी दिएको छ ।झाको मातहतमा रहेको मिथिला राज्यसमितिको इञ्चार्ज र संयोजकमा विश्वनाथ साह र श्रवण दादवलाई खटाइएको छ । पूर्वएमाले नेतृ उर्मिला अर्याललाई केन्द्रीय वक्ताटोलीमा खटाइएको छ । यसअघि मधेस ब्यूरो इन्चार्ज रहनुभएका हरिबोल गजुरेललाई उत्पादन तथा सहकारी ब्युरोको जिम्मेवारी दिइएको छ ।
‘यो स्थायी कार्यविभाजन होइन, सुन जोखेजस्तो गरेर कार्यविभाजन गरिएको पनि होइन ।’ प्रचण्डको समापन भाषणलाई उधृत गर्दै एमाओवादीका एक नेताले अनलाइनखबरसँग भने, ‘कार्यविभाजनमा चित्त बुझेर भनेर गुनासो नगरी मिलेर सबैजना चुनावमा खटौं ।’
सोमबार सम्पन्न एमाओवादी बैठकले पूर्वी ब्युरो इञ्चार्जमा वर्षमान पुन अनन्तलाई खताएको छ । पुनलाई पूर्वी तराईबाट चुनावमा उठाउने योजना अनुरुप पूर्वी ब्यूरोको जिम्मेवारी दिइएको हो । त्यस्तै मध्यपश्मिचम ब्यूरो इञ्जार्चमा कष्णबहादुर महरालाई खटाइएको छ । हाँले दाङबाट चुनावको नेतृत्व गर्नुहुनेछ ।
पश्चिम ब्यूरो प्रमुखमा टोपबहादुर रायमाझी र सुदूरपश्चिम प्रमुखमा शक्ति बस्नेतलाई जिम्मेवारी दिइएको छ । अन्तराष्ट्रिय ब्युरो प्रमुखमा दीनानाथ शर्मालाई ल्याइएको छ । विशेष ब्युरोमा जनार्दन शर्मालाई पूर्ववत् जिम्मेवारी दिइएको छ भने युवा ब्युरो इन्चार्जमा नन्दकिशोर पुन पासाङ र सूचना तथा सञ्चारमा अग्नि सापकोटालाई कायम राखिएको छ ।
‘बैठकले चुनाव केन्दि्रत कार्यविभाजन गरिएको छ’ नेता हरिबोल गजुरेलले अनलाइनखबरसँग भन्नुभयो-’यो कार्यविभाजन संगठनात्मक सम्मेलन नहुँदासम्मका लागि अल्पकालीन हो ।’
राज्य इञ्चार्ज र संयोजक तोकिए
एमाओवादी बैठकले देशैभरि राज्य समितिका इन्चार्ज र संयोजकहरु पनि तोकेको छ । जिल्ला सम्मेलन हुन बाँकी रहेकाले विधानबमोजिम जिल्ला सचिव बनाउन नमिलेपछि सचिको काम राज्य संयोजकले गर्ने भएका छन् ।
नयाँ राज्य इन्चार्ज र संयोजकहरुमा सेती-महाकालीमा क्रमशः लेखराज भट्ट र खगराज भट्ट, भेरी-कणर्ालीमा कालिहादुर मल्ल र डिआर पौडेल, थारुवानमा नवराज सुवेदी र अपारलाई जिम्मेवारी दिइएको छ भने मगरातमा लोकेन्द्र विष्ट र गिरिधारीलाल न्यौपाने, तुमवानमा भीमप्रसाद गौतम र हरि अधिकारी, नेवामा देवेन्द्र पौडेल र झक्कु सुवेदी, ताम्सालिङमा आहुती र नारायण दाहाल, मिथिलामा विश्वनाथ साह र श्रवण यादवलाई खटाइएको छ ।
अवध राज्य इञ्चार्ज र संयोजकमा चन्द्रप्रकाश खनाल (बलदेव) र वामदेव क्षेत्री, भोजपुरामा प्रभु साह र छत्र श्रेष्ठलाई खटाइएको छ । त्यस्तै किराँतमा हिमाल राई र बालकृष्ण ढुंगेललाई इञ्चार्ज र संयोजक ताकिएको छ भने लिम्बुवानमा टंक आङबुहाङ र हेमराज भण्डारी, कोचिलामा गोपाल किराँती र कुमार पौडेल, प्रवासमा विष्णुहरि शर्मा र टीबी पाठक, स्कुलिङमा स्वनाम साथी र हेमन्तप्रकाश ओली तथा उत्पादन सहकारीमा हरिबोल गजुरेल र डा. डिल्लीराज खनाललाई इञ्चार्ज र संयोजक तोकिएको छ ।
एक महिने अभियान र वक्ता टोली
केन्द्रीय समितिको बैठकले असोज १५ गतेसम्म एक महिने अभियान चलाउने निर्णय गरेको छ भने पार्टी अध्यक्ष प्रचण्ड, बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ प्रकाशसहितको १५ सदस्यीय वक्ता टोलीसमेत तोकेको छ ।
वक्ता टोलीमा पोष्टबहादुर बोगटी, अमिक शेरचन, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल, हिसिला यमी, उर्मिला अर्याल, हरिबोल गजुरेल, राम कार्की, डिलाराम आचार्य, रामकुमार शर्मा, भीमबहादुर कडायत, उर्मिला अर्याल र पदम विश्वकर्मालाई खटाइने भएको छ । चुनावी अभियानकै क्रममा असोज १० गते उम्मेदवारी दर्ता गरेपछि प्रत्येक जिल्ला सदरमुकाममा सभा गरिने माओवादीले जनाएको छ ।
उमेद्वार छनौट समितिमा रामचन्द्र झा थपिए
बैठकले मधेस ब्यूरो प्रमुख रामचन्द्र झालाई उम्मेदवार छनौट समितिमा तानेको छ । त्यसैगरी घोषणा पत्र मस्यौदा समितिमा लोकेन्द्र विष्टलाई थप गरिएको छ । सल्लाहकारहरुको जिम्मेवारी भने तत्कालै सल्लाहकार समितिको बैठक बसेर टुङ्गो लगाउने निर्णय भएको नेता देवेन्द्र पौडेलले अनलाइनखबरलाई जानकारी दिनुभयो ।
चुनावका लागि सांस्कृतिक टोली बनाउने जिम्मा केन्द्रीय कार्यालयलाई दिइएको छ । अभियानका क्रममा केन्द्रीय कार्यालयको जिम्मेवारी पूर्वपदाधिकारी प्रचण्ड, बाबुराम, प्रकाश र पोष्टबहादुर बोगटीले सम्हाल्ने बैठकको निर्णय छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Friday, August 23, 2013

अख्तियारद्वारा बैदेसिक अध्यागमनका ३५ जना कर्मचारी पक्राउ

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
काठमाडौं, भाद्र ७ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले म्यानपावर कम्पनीहरूसित गैरकानुनी लाभ लिई नक्कली काजगातका आधारमा नेपाली कामदारलाई विदेश पठाउने र त्यसमा सहयोग पुर्‍याउने ३५ जना कर्मचारीलाई शुक्रबार पक्राउ गरेको छ ।
वैदेशिक रोजगार विभागका कर्मचारीहरूलाई म्यानपावर कम्पनीहरूले पेस गरेका झूटा व्यहोराका कागजातलाई गैरकानुनी लाभ लिई कम्प्युटरमा इन्ट्री र भाषा अनुवाद गर्ने, ठीक छ भनी फाइल पेस गरी स्वीकृत दिएर वैदेशिक रोजगारमा पठाउने काम गरेको प्रमाणका आधारमा पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारका अनुसार विमानस्थलस्थित अध्यागमनका कार्यालयका कर्मचारीहरूलाई तिनै नक्कली कागजातमा छाप लगाई नेपाली कामदारलाई वैदेशिक रोजगारमा जान दिएको प्रमाणका आधारमा पक्राउ गरिएको हो । अध्यागमनका ती कर्मचारीले कागजात नक्कली भएको थाहा हुँदाहुँदै पनि गैरकानुनी लाभ लिएर छाप लगाई वैदेशिक रोजगारमा पठाउने गरेकोसमेत अख्तियारका अधिकारीले बताए ।
पक्राउ परेकाहरूमा वैदेशिक रोजगार विभागका शाखा अधिकृतहरू निर्मला न्यौपाने, मञ्जु शर्मा सुवेदी, अजिता शर्मा, मुक्तिप्रसाद खनाल, गंगाबहादुर भुजेल, ज्ञानेन्द्र शर्मा, पवित्र कुूवर, कम्प्युटर अधिकृत हीराध्वज कार्की, नायव सुब्बाहरू शंकर कार्की, रमेशकुमार अधिकारी, योगेन्द्रकुमार अधिकारी, खरिदारहरू माधव भट्टराई, केशव बञ्जारा, भाषा अनुवादक रज उल्लाह, कम्प्युटर अपरेटरहरू सन्तोष सुवेदी, कृष्णप्रसाद खतिवडा र कार्यालय सहयोगी यशोधा थापामगर छन् ।
अध्यागमन विभाग र कार्यालयबाट पक्राउ परेकामा शाखा अधिकृतहरू भोजबहादुर ऐडी, रामचन्द्र कार्की, नरबहादुर वि.क., रामकृष्ण पराजुली, डिल्लीराम भट्टराई, दिवाकर शर्मा, गोपीप्रसाद पौडेल, रामचन्द्र खतिवडा, कमलबहादुर कार्की, विक्रमबहादुर सोमई, लेखा अधिकृत बाबुहरि पन्थी, नायवसुब्बाहरू रामकुमार ओझा, जयबहादुर सिंह, लीलामरण पोखरेल, वरिष्ठ अध्यागमन सहायकहरू सञ्जय नेपाल, नवराज कोइराला, रुद्रप्रसाद मरासिनी, चिरञ्जीवी अधिकारी छन् । उनीहरूलाई अख्तियारकै हिरासतमा राखिएको छ ।
अख्तियारबाट खटिएको विशेष टोलीले वैदेशिक रोजगार विभागका ८ अधिकृतसहित १७, अध्यागमका ११ अधिकृतसहित १८ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकामा वैदेशिक रोजगार विभागका ५, अन्तर्राष्ट्रिय विमानस्थलस्थित श्रम कक्षका १२ जना तथा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय र हाल विभागमा कार्य गर्दै १८ जनालाई छन् । वैदेशिक रोजगार विभागबाट निर्देशक रमेश मैनालीसहित ६ र अध्यागमनबाट दुई शाखा अधिकृतसहित पाूच जनालाई पक्राउ गरेको तीन दिनपछि पुनः ३५ जनालाई पक्राउ गरेको हो । अख्तियारले उनीहरूलाई हिरासतमा राखी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा चलाउन अनुसन्धानलगायतका कारबाही अघि बढाइरहेको जनाएको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

काठमाडौंलाई ४ अर्ब र मनाङलाई २४ करोड

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
budgetकाठमाडौ, भाद्र ७ - डेढ वर्ष अघि भत्काइएको उपत्यका सडक विस्तारलगायतका योजना देखाउँदै सरकारले सबैभन्दा धेरै बजेट काठमाडौंलाई विनियोजन गरेको छ ।
तुलनात्मक रूपमा बर्सेनि काठमाडौं जिल्ला बढी बजेट विनियोजन हुने गरे पनि अन्य वर्षको तुलनामा सरकारले झन्डै दोब्बर विनियोजन गरेको हो । अर्थ  मन्त्रालयका अनुसार काठमाडौंका लागि ३ अर्ब ९८ करोड ३६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । उक्त रकम जिल्लालाई छुट्याइएको जम्मा विकास  बजेटको ४ दशमलव ८९ प्रतिशत हो । आर्थिक वर्ष ०६८/६९ मा भने काठमाडौंले दुई अर्ब ३८ करोड रुपैयाँ पाएको हो ।
त्यतिबेला सबैभन्दा बजेट बढी पाउनेमा काठमाडौं दोस्रो जिल्ला थियो । पहिलोमा कैलालीलाई बढी बजेट विनियोजन गरिएको थियो । चालू आर्थिक वर्ष ०७०/७१ मा भने कैलाली बढी बजेट पाउने दोस्रो जिल्ला हो । रातो  पुस्तकका अनुसार कैलालीलाई यस वर्ष १ अर्ब ७२ करोड २६ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
काठमाडौंलाई विनियोजन गरिएको रकमको ३६ प्रतिशत रकम सडक विस्तार र त्यससँग सम्बन्धित पूर्वाधारमा खर्च गर्ने योजना सरकारको छ । किताबमा  उल्लेख भए अनुसार उक्त शीर्षकमा सरकारले १ अर्ब ४४ करोड २९ लाख रुपैयाँ विनियोजन गरेको छ ।
बर्सेनि बजेट कम पाउने दुर्गम जिल्लालाई अन्तरिम चुनावी सरकारले पनि थोरै बजेट विनियोजन गरेको छ । पुस्तकमा उल्लेख भएअनुसार सबैभन्दा कम  बजेट पाउने जिल्ला मनाङ हो । पूर्वाधारलगायत विभिन्न क्ष्ाेत्रमा पछाडि पर्दै गएको उक्त जिल्लामा २४ करोड ९३ लाख रुपैयाँ मात्रै विनियोजन गरिएको छ ।  उक्त रकम जम्मा विकास बजेटको शून्य दशमलव ३१ प्रतिशत मात्रै हो । उक्त रकम काठमाडांैमा रहेको पशुपति क्षेत्र बिकास कोषलाई छुट्याईएको भन्दा  पनि कम हो ।
पशुपतिलाई सरकारले २५ करोड रुपैयाँ बिनियोजन गरेको छ । मनाङ भन्दा अलि बढी बजेट पाउने जिल्ला मुस्ताङ हो । मुस्ताङलाई ३३ करोड १८ लाख रु पैयाँ विनियोजन गरिएको छ । जनसंख्याको आधारमा भने सबैभन्दा बढी बजेट पाउने मनाङ हो । सरकारले सार्वजनिक गरेको तथ्यांकअनुसार प्रतिव्यक्ति ३८ हजार रुपैयाँका दरले मनाङमा बजेट विनियोजन भएको छ । प्रतिव्यक्ति आधारमा कम बजेट  पाउने जिल्लाम भने बारा हो । बारामा प्रतिव्यक्ति बजेट १ हजार ७ सय २० रुपैयाँ परेको छ । जनगणना २०६८ अनुसार बारामा ६ लाख ८७ हजार जना हो  । उक्त जिल्लालाई जम्मा १ अर्ब १८ करोड २७ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
जनसंख्याको आधारमा मात्रै बजेट हुनु वैज्ञानिक नभएको अर्थविद विश्वम्भर प्याकुरेलले बताए । 'बजेट बिनियोजनका लागि संसारका बिकसित मुलुकले  अपनाएको ईन्डीकेटरहरु हाम्रो सरकारले अपनाउन सकेन,' उनले भने, 'बजेट बिनियोजन गर्दा जनसंख्या, गरिविको दर, प्रतिब्यक्ति आय, क्षेत्रगत भौगोलिक  अबस्था र पुर्वाधारकाको आधारमा गरिनु पर्ने हो । नेपालमा त्यसको ठीक उल्टो काम भइरहेको छ । बजेटमा पनि एकीकृत शासन प्रणाली अपनाइयो ।' सकारले बजेटमा मात्रै नभएर हरेक स्रोत-साधनमा सुगम भन्दा दुर्गममा तीन गुणा कम छुट्याउने  गरेको उनको आरोप छ । 'कुन कुन ठाउँ कस्तो अवस्थामा छ भन्ने कुरा सबै निकायलाई थाहा छ,' उनले भने, 'तर त्यस्ता सूचकको आधारमा स्रोत साधन बा बाँडफाँड गरिँदैन । कमजोर ठाउँमा नै स्रोत साधन कम जानु दुःखद् कुरा हो ।'
विकास क्षेत्रअनुसार पनि सबैभन्दा बढी बजेट सरकारले विकसित मानिने मध्यामाञ्चल विकास क्षेत्रलाई बिनियोजन गरेको छ । पुस्तकमा उल्लेख भए अनुसार मध्यमाञ्चललाई जम्मा विकास बजेटको ३० दशमलव ४३ प्रतिशत बजेट विनियोजन गरेको हो । कम बजेट पाउने  विकास क्षेत्र भने सुदूरपश्चिाञ्चल नै हो ।
जहाँ १२ दशमलव १८ प्रतिशत बजेट विनियोजन भएको छ । पूर्वाञ्चलले १९ दशमलव ९३ र पश्चिमाञ्चलले १९ प्रतिशत विकास बजेट पाएको छ ।  मध्यपश्चिमाञ्चलमा भने १८ दशमलव ४६ प्रतिशत बजेट विनियोजन भएको योजना आयोगले सार्वजनिक गरेको पुस्तकमा छ ।
उक्त तथ्यांकअनुसार तुलनात्मक रूपमा कम विकसित क्षेत्रले नै कम बजेट पाएको हो । 'सबैभन्दा बढी बजेट विकट विकास क्षेत्रले नै पाउनुपर्ने हो ।  उपत्यकाको सडक विस्तारका लागि  खर्च गरेको रकमले अर्को कुनै सहर बनाउन सकिन्थ्यो । भत्काएपछि बनाउनै पर्‍यो । जसले गर्दा काठमाडौलाई बढी  बजेट विनियोजन भएको हो,' अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालले भने, 'दुर्गम जिल्ला र विकास क्षेत्रमा पर्याप्त आयोजनाहरू नै  नभएकाले कम पनि बजेट विनियोजन भएको
हो । तै पनि सन्तुलित गर्ने प्रयास गरेका छौं ।' दुर्गम क्षेत्रमा बढी बजेट विनियोजन गर्नका लागि स्थानीहरूकै सक्रियता भर पर्ने नेपालले दाबी गरे । 'अर्थ  मन्त्रालयले मागअनुसार बजेट विनियोजन गर्ने हो । दुर्गमबाट माग नै कम आयो । योजना आयोगसमक्ष स्थानीयले नै बढीभन्दा बढी योजना माग गर्दै  आउनुपर्ने हो,' उनले भने ।
जिल्ला जिल्लालाई सरकारी बजेट
बढी पाउने १५ जिल्ला
काठमाडौं     ३ अर्ब ९८ करोड ३६ लाख
कैलाली     १ अर्ब ७२ करोड २६ लाख
मोरङ     १ अर्ब ७१ करोड ३३ लाख
ललितपुर     १ अर्ब ६२ करोड
झापा     १ अर्ब ६० करोड ७५ लाख
रूपन्देही     १ अर्ब ५८ करोड १० लाख
धनुषा     १ अर्ब ५६ करोड ३१ लाख
बर्दिया     १ अर्ब ४२ करोड ३५ लाख
कास्की     १ अर्ब ४१ करोड ४६ लाख
चितवन     १ अर्ब ३८ करोड ३९ लाख
सुनसरी     १ अर्ब ३७ करोड १९ लाख
पर्सा     १ अर्ब २९ करोड ६३ लाख
सिराहा     १ अर्ब २७ करोड ८५ लाख
दाङ     १ अर्ब २७ करोड ७७ लाख
नवलपरासप्     १ अर्ब २५ करोड ७९ लाख
कम पाउने जिल्ला
मनाङ     २४ करोड ९३ लाख
मुस्ताङ     ३३ करोड १८ लाख
तेह्रथुम     ५५ करोड ८ लाख
रसुवा     ५८ करोड २१ लाख
सोलुखुम्बु     ६७ करोड ७८ लाख
म्याग्दी     ६८ करोड २६ लाख
पाँचथर     ६९ करोड ४७ लाख
डडेलधुरा     ६९ करोड ९४ लाख
पर्वत     ७० करोड ६४ लाख
भोजपुर     ७२ करोड २९ लाख
डोल्पा     ७३ करोड ९८ लाख
अर्घाखाँची     ७४ करोड ५४ लाख
सल्यान     ७५ करोड ७९ लाख
संखुवासभा     ७५ करोड ९५ लाख
मुगु     ७९ करोड ८ लाख
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Thursday, August 22, 2013

पुर्ब लडाकु हरुलाई सेनाको अधिकृत बनाउदै

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
काठमाडौ, भाद्र ६ - माओवादी सेनाका ७० पूर्वलडाकुले सोमबार नेपाली सेनाको उपसेनानी (लेफ्टिनेन्ट) को दज्र्यानी चिह्न लगाउने भएका छन् । अधिकृत तहको भर्ना, छनोट उत्तीर्ण ७१ मध्ये ७० जनाले आधारभूत तालिम पूरा गरेका हुन् । एक जनाले भने स्वास्थ्यका कारण बीचमै छाडेका थिए ।
सैनिक प्रवक्ता सहायकरथी सुरेशराज शर्माका अनुसार सोमबार दज्र्यानी चिह्न लगाएपछि सबैलाई तीन महिनाको 'बि्रजिङ कोर्स' मा सहभागी गराइनेछ । विभिन्न तालिमपछि क्रमशः माथिल्लो पद दिइनेछ ।
लडाकु समायोजनसम्बन्धी विशेष समितिले पूर्वलडाकुमध्येबाट एक जनालाई कर्णेल -महासेनानी), दुई जनालाई लेफ्टिनेन्ट कर्णेल -प्रमुख सेनानी), १३ जनालाई मेजर -सेनानी), ३० जनालाई क्याप्टेन -सहसेनानी) पद दिने निर्णय गरिसकेको छ । बाँकी उपसेनानी हुनेछन् । एमाओवादीले यामबहादुर अधिकारीलाई कर्णेल र लेफ्टिनेन्ट कर्णेल वासुदेव घिमिरे र पदम लामालाई दिने निर्णय गरिसकेको छ । वरिष्ठता, सेवा अवधि, शिक्षालगायत आधारमा अन्य पद वितरण गरिनेछ ।
शिविर रहँदासम्म इलामको चुलाचुलीस्थित पहिलो डिभिजनका कमान्डर अधिकारीले २०६१ सालमा कृष्णभीरमा माओवादीले गरेको एम्बुस आक्रमणको नेतृत्व गरेका थिए । उनी युद्धकालमा 'प्रतीक्षा' उपनामले चर्चित थिए । शिविरमा रहँदा घिमिरे नवलपरासीस्थित चौथो र लामा सिन्धुलीस्थित दोस्रो डिभिजनको उपकमान्डर थिए ।
सेनाका अनुसार आधारभूत तालिम सकेका २५ उपसेनानीलाई थप ६ साताको पेसासम्बन्धी ज्ञान, सम्बन्धित निर्देशनालयको जिम्मेवारी र भूमिकाबारे तालिम दिइनेछ । सहसेनानी र सेनानीका उम्मेदवारलाई ६ साताको प्रथम चरणको तालिमपछि सहसेनानीमा पदोन्नति गरिनेछ । छ साता कम्पनी कमान्डर एन्ड स्टाफ कोर्स -सीसीएससी) तालिमको परिमार्जित सिलेबल्स र एक साता सम्बन्धित निर्देशनालयको जिम्मेवारी र भूमिकासम्बन्धी तालिमपछि ३० जनालाई सहसेनानी र बाँकी १६ अधिकृतलाई सेनानी दर्जा प्रदान गरी इकाईमा पठाइनेछ ।
सेनानी १६ मध्ये ३ जनालाई गणपति तालिम गराई त्यसपछि प्रमुख सेनानीमा पदोन्नति गरिनेछ । र, एक जना प्रमुख सेनानीलाई महासेनानीमा पदोन्नतिका लागि नेपाल सरकारमा सिफारिसको प्रक्रिया अघि बढाइनेछ । महासेनानीका लागि मन्त्रिपरिषद्को स्वीकृति चाहिन्छ । गणपति तालिमको समयतालिका मिलेको अवस्थामा अधिकारी यसै वर्षभित्र महासेनानी बन्नेछन् ।
अधिकृतसहित समायोजन रोजेका सबै पूर्वलडाकु सेनामातहतको राष्ट्रिय विकास तथा सुरक्षा महानिर्देशनालयमा खटिने छन् । सेनाको मेजर जनरल -उपरथी) ले नेतृत्व गर्ने महानिर्देशनालयलाई निकुञ्जबाहेकको वन र औद्योगिक सुरक्षा, दैवीप्रकोप उद्धार र विकास निर्माणको जिम्मेवारी तोकिएको छ ।  
पूर्वलडाकुले पाउने पद -अधिकृत तह)
महासेनानी :    १
प्रमुख सेनानी :    २
सेनानी :     १३
सहसेनानी :   ३०
उपसेनानी :    २४
जम्मा :       ७०
अधिकृतमुनिका पद
सुवेदार :    १४
जमदार :   ४२
हुद्दा :        १७०  
अमल्दार :    १९३
प्यूठ :      १८०
सिपाही :   ७५३
जम्मा :       १३५२

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Sunday, July 28, 2013

पूर्व राजालाई कि जेल कि देस निकाला बाबुराम भट्टराई

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
पुर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पुर्व राजा ज्ञानेन्द्र शाह बारेको आफ्नो भनाइलाई अझ कडा
११ साउन,काठमाडौ। एमाओवादी नेता तथा पुर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पुर्व राजा ज्ञानेन्द्र शाह बारेको आफ्नो भनाइलाई अझ कडा पारेका छन्। बिहिबार अनेरास्ववियु क्रान्तिकारी पूर्वाञ्चल विश्वविद्यालयको उपत्यका सम्मेलनमा बोल्दे भट्टराईले संसार भर जहाँ राजतन्त्र अन्त्य भएका छन, त्यहाँ राजालाई कित मृत्युदण्ड दिइएको, कि जेल पठाइएको वा देश निकाला गरिएको उदाहरण दिए। उनले नेपालमा राजनैतिक दलहरु उदार भएका कारणले राजतन्त्रले पुन टाउको उठाउन खोजेको बताए।पुर्व प्रधानमन्त्री भट्टराईले पुर्व राजा ज्ञानेन्द्र विरुद्ध आवेगमा नबोलेको पनि बताए। केही दिन अघि उनले आफू प्रधानमन्त्री भएको भए पुर्व राजा ज्ञानेन्द्रलाई जेल हाल्ने अभिव्यक्ति दिएका थिए। भट्टराईले आफूहरुलाई पुर्व राजाले गरेका गतिबिधिका सुचना प्राप्त भएको पनि बताएका थिए।भट्टराईले गणतन्त्र उल्टाउन खोजे असह्य हुने भन्दै राजसस्था पुनर्स्थापन हुनै नसक्ने दाबी गरे

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

म्याग्दी कारागारमा उडुसको टोकाइले कैदीहरु प्रभाबित

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
म्याग्दी साउन, ९ गते । जिल्ला कारागार म्याग्दीमा रहेका कैदी तथा बन्दीहरुले उडुस र लामखुट्टेको टोकाईबाट रातमा निदाउन नपाएको गुनासो गरेका छन् । गर्मि समय सुरु भएसंगै कारागारमा उडुस र लामखुट्टले टोकेर रातमा निदाउन नदिने समस्या देखीएपनी कारागार प्रशासनले आफुहरुको समस्याप्रति वेवास्ता गरेको कैदी ÷बन्दी शिब पाईजाले मेरोजिल्ला डट कम लाई  बताए । रातभरी सुत्ननै पाईदैन् कैदीबन्दी पाईजाले मेरोजिल्ला डट कम लाई भने –‘‘ उडुस मार्ने विषादी छर्केको भएपनी केही राहत भएको छैन् ।’’ गर्मी बढेसंगै कारागारभित्र उडुस संगै लामखुट्टेको संक्रमण बढेकाले रातभर ी राम्रो संग निदाउन नपाउने कैदी नाईके राम वहादुर विकले गुनासो गरे । सवैसंग मच्छेडबाट जोगीनका लागी झुल समेत छैन् उनले भने । यता कारागार प्रशासनले उडुस नियन्त्रणको लागी जति प्रयास गरेपनी पुर्ण रुपमा निर्मुलन पार्न नसकेको जनाएको छ ।
        पटक पटक उडुस माने र् विषादि प्रयोग गरेको भएपनी समस्या समाधान नभएको जिल्ला कारागार म्याग्दीका निमिक्त जेलर रमेश रेग्मीले मेरोजिल्ला डट कम लाई बताउनुभयो । यसैविच क्षमता भन्दा दोब्बर बढि कैदी बन्दी रहेको म्याग्दी कारागार मा गर्मीको समयमा एकैठाउँमा बस्नुपर्दा समस्या हुने गरेको भन्दै कैदीबन्दीहरुले पङ्खाको व्यवस्था गर्न माग गरेका छन् । विभिन्न को ठामा मिलेर सुन्ने भएकाले १० वटा पङ्खाको व्यवस्था गरिदिन उनीहरुले कारागार प्रशासन र विभिन्न संघ संस्थालाई आग्रह गरेका छन् । कारागारमा सुरक्षाकर्मी, प्रशासन र कैदीबन्दी सवैलाई गर्मिको समयमा पंङखाको आवस्यकता पर्ने भएपनी व्यवस्थापन गर्न नसकिएको निमित्त जेलर रेग्मीले मेरोजिल्ला डट कम लाई बताउनुभयो । उहाँका अनुसार ३० जना पुरुष र ७ जना महिला क्षमताको कारागारमा अहिले ६० जना पुरुष र ७ जना महिला गरि ६७ जना कैदीबन्दी रहेका छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला