Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Wednesday, August 21, 2013

if you want go to korea aply for language trening

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
५ भदौ, काठमाडौं । इपिएस मार्फत  दक्षिण कोरिया जनाको लागि आज बाट भाषा सिक्नको लागि  फर्म भर्नेको भिड लागेको  छ लागि आजदेखि भाषा परिक्षाको फारम खुल्ला भएको छ । फारम भर्नका लागि राजधानी र राजधानी बाहिर रहेका केन्द्रहरुमा यूवाहरुको ठूलो भिड लागेको छ ।

सरकारले राजधानीभित्र सिद्धार्थ वनस्थली इन्स्टिच्युट वनस्थली, ज्ञानेश्वरमा रहेको सानो गौचरन खेलमैदान, ल्याबरोटरी माध्यमिक विद्यालय बल्खुबाट फारम भर्ने व्यवस्था गरेको छ । राजधानी बाहिर धरानमा रहेको सभागृह र बुटवलको प्रदर्शनी मण्डपमा फारम भर्ने व्यवस्था गरिएको श्रम तथा रोजगार मन्त्रालयले जानकारी दिएको छ । सबै केन्द्रहरुमा फारम भर्न आउने यूवाहरुको भिडभाड नियन्त्रण गर्न सुरक्षाकर्मी र स्वयम सेवकहरुलाई हम्मे-हम्मे परेको देखिन्छ ।
आजदेखि फारम भर्ने व्यवस्था गरिएको भएपनि यूवाहरु रातीदेखि नै लाइन बस्न आएका थिए । अघिल्लो पटक १२ सय रुपैयाँमा पाइएको फारमलाई अहिले २ हजार ३ सय ७६ रुपैयाँ बुझाउनुपर्छ । प्रत्येक फारम केन्द्रमा सयजनाको दरले कर्मचारी खटाइएको भएपनि यूवाहरुको बाक्लो भिडका कारण व्यवस्थापन गर्न अप्ठ्यारो परेको सुरक्षाकर्मीहरुले बताए ।

आजदेखि खुलेको फारम ४ दिनसम्म भर्न पाइने छ । यस वर्ष कोरियाले नेपालका लागि ८ हजार २ सय कोटा छुट्टाएको छ । जसमध्ये कृषि तथा पशुपालनमा ३ हजार ६ सयजना र उत्पादनमुलक क्षेत्रमा ४ हजार ६ सय युवालाई भाषा परिक्षामा उर्त्तिण गराइने छ । भाषा परिक्षामा १८ वर्षदेखि ३९ वर्षसम्मका यूवाहरुले मात्र परिक्षामा भाल लिन पाउनेछन् ।
श्रम विभागले यस पटक ७० हजार यूवाहरुले भाषा परिक्षाका लागि फारम भर्ने अनुमान गरेको भएपनि आजको भिडभाड हेर्दा त्यो भन्दा मथि पुग्न सक्ने इपिएस नेपाल शाखाले बतायो । गतसाल ६० हजारजना भाषा परिक्षामा सहभागी भएका थिए । भाषा परिक्षामा सहभागीमध्ये सबैभन्दा बढी नम्बर ल्याउने यूवाहरुबाट ८ हजार २ सयजना छानेर कोरियाले रोजगारदाताहरुलाई सिफारिस गर्ने छ ।
भाषा परिक्षाबाट छानिएका यूवाहरु कोरियामा काम गर्न जान योग्य हुनेछन्, तर कामको ग्यारेन्टी भने हुने छैन् । अघिल्लो पटक भाषा परिक्षामा पास हुने १५ हजार भन्दा बढी यूवाहरुमध्ये ६५ सय यूवाहरु काम गर्न जान पाएनन् । गैरकानुनी रुपमा लुकेर बस्ने परिपाटी बसेपछि भाषा परिक्षामा पास हुने धेरै यूवाहरु कोरिया जान बञ्चित भएको कोरियास्थित नेपाली दुतावासले जनाएको छ । भाषा परिक्षा पास गरेपनि गैरकानुनी ढंगबाट कोरिया बसेर आएका यूवाहरुलाई कोरियाले पुनः काम गर्ने मौका दिँदैन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला