Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Friday, August 16, 2013

बैदेसिक रोजगारीमा जाने नेपाली कामदारको करार पत्र अब राहादानिमै

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
साउन ३१ वैदेशिक रोजगारीमा जाने नेपाली  कामदारको  करारपत्र हटाउन सरकारले राहदानीमै पारिश्रमिक राख्न थालेकोह छ 
वैदेशिक रोजगार व्यवसायीले दुई थरी सरकारलाई देखाउने र वास्तविक करारपत्र बनाउँदै कामदारलाई न्यून पारिश्रमिकमा पठाएको भेटाएपछि वैदेशिक रोजगार विभागले पासपोर्टमै पारिश्रमिक टास्न थालेको   हो ।
श्रम तथा रोजगार मन्त्रालयले तोकेको न्यूनतम पारिश्रमिकभन्दा कममा मागपत्र ल्याउने र विभागमा नक्कली कागजात पेस गर्ने म्यानपावर एजेन्सी यो व्यवस्थाबाट निरुत्साहित हुने विश्वास विभागको छ ।
सरकारले मुख्य श्रम गन्तव्य मुलुक साउदी अरबमा १ हजार रियाल( ९२५ हजार रुपैयाँ), कतार १२ सय रियाल (९३० हजार रुपैयाँ) र संयुक्त अरब इमिरेट्स युएईमा ११ सय रियाल (९२७ हजार ५ सय) पारिश्रमिक तोकेको छ । 
विभागले यीभन्दा कम पारिश्रमिकमा श्रम स्वीकृति दिँदैन । तर एजेन्सीहरुले नक्कली करारपत्र बनाई धमाधम कामदार पठाइरहेका छन् । ‘यस्तो खुला ठगी नियन्त्रण गर्न राहदानीमै श्रम स्वीकृतिको स्टिकर राख्न थालेका हौँ , विभागका महानिर्देशक विनोद केसीले भने,’अब त्यस्ता ठग म्यानपावर ठाउँमा आउँछन् । ‘ कारोबार दैनिकमा
 खबर छ ।
उनका अनुसार कामदारले पनि सम्बन्धित मुलुक नपुगेसम्म आफूले पाउने पारिश्रमिक बढी र लागत खर्च कम देखाउने गरेका छन् । विदेशमा समस्या भएपछिमात्र बास्तविक समस्या खुलाउँछन्,उनले भने,’यसले पनि नियमनमा असहज भएको थियो ।’
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला