Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Friday, August 30, 2013

यदि तँपाई नभाको बेला कसैले तँपाइको कम्पुटर चलायो भने कसरी चिन्ने त्यो मान्छेलाई हेर्नुहोस यो तरिका

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
तँपाई नभाको बेला कसैले आफ्नो कम्पुटर चलाई डियो भने कसरी चिन्ने त त्यो मान्छेलाई चिन्ता नलिनुहोस आबसे पनि चोर पत्त लागाउन सकिन्छ कार्यालय, घर वा साथीभाईको जमघट बीच चिया वा बाथरुमका लागि कम्प्युटर खुल्लै राखेर बाहिर निस्किँदा कसैले तपाइँको कम्प्युटर चलाएर स्टाटस वा केही फेरबदल गरिदिएको छ? कार्यालयका सहकर्मी साथीबीच बाथरुम वा चियाखान निस्केको समयमा खुलै रहेको सामाजिक सञ्जालका प्रोफाइलमा केही स्टाटस लेखिदिने र त्यसले गम्भिर प्रभाव समेत पर्ने गरेका कुरा सुनिन आएको छ। हुन त साथीहरु बीच फेसबुक वा टि्वटरमा हुने जिस्काइ सामान्य हो। यस्ता हल्का फुल्का जिस्काइले मित्रतालाई पनि गाढा बनाउँछ। तर कार्यालय वा कामका बारेमा साथीभाईले स्टाटसमा राखिदिने टिप्पणीले कतिलाई असजिलो पनि पारिरहेको हुन्छ। कार्यालय वा बाहिर साथीभाईका जमघटमा त्यस्ता स्टाटस कै कारण आलोचना वा व्यंग्यको शिकार पनि हुनु भएको होला। यति भएर पनि तपाइँ पत्तो पाउनुहुन्न की आखिर त्यो स्टाटस अपडेट गरिदियो कस्ले? खाली तपाइँ अन्दाज गर्न सक्नुहुन्छ बस्। मिल्न पनि सक्छ अनि नमिल्ने सम्भावना पनि उत्तिकै।
सामाजिक सञ्जालमा स्टाटस राखिदिने मात्र होइन कार्यालयमा तपाइँ चिया वा बाथरुमका लागि निस्कँदा कसैले तपाइँको ल्यापटप वा कम्प्युटरबाट सूचना अर्थात् डाटा पनि चोरेको हुनसक्छ। जुन तपाइँले थाहा पाउनु हुँदैन। तपाइँ हामी जस्ता सामान्य कम्प्युटर प्रयोगकर्ता इन्टरनेट वा पेन ड्राइभबाट कसैले डाटा कपी गरेको पत्तो पाउन सक्दैनौं। मात्र यसो पनि भयो कि भन्ने अन्दाज मात्र हुन्छ हाम्रो। यदी तपाइँलाई कार्यक्षेत्र वा घरमा पनि तपाइँको कम्प्युटर कसैले चलाइरहेको छ जस्तो लाग्छ वा तपाइँले बीचमा छोडेका काममा कसैले गडबडी गरिरहेको छ जस्तो लागिरहेको छ। तपाइँको मनमा शंका छ भने तपाइँलाई शंका निवारण गर्ने राम्रो टुल पनि छ। जसले चिया वा बाथरुमका लागि कम्प्युटर खुल्लै राखेर निस्कँदा कम्प्युटरमा कसैले गर्नसक्ने गोप्य गतिविधिको जासुसी गरेर कम्प्युटर चलाउनेको तस्विर तपाइँलाई दिन्छ। त्यो पनि सित्तैमा।
त्यसका लागि तपाइँले आफ्नो कम्प्युटरको माउसलाई माध्यम बनाउन सक्नुहुन्छ। जसले तपाइँको अनुपस्थितीमा कम्प्युटर चलाउने व्यक्तिको तस्विर खिचेर तपाइँलाई इमेल गरिदिन्छ। त्यसका लागि छ अनलाइन टुल माउसलक। जसले तपाइँको कम्प्युटरको माउसको गतिविधिलाई लक गरिदिन्छ। अनि जसले माउस चलाउन खोज्छ त्यसको फोटो खिचेर तपाइँलाई पठाइदिन्छ।यसखालको सुविधा निशुल्क दिइरहेको छ टर्कीको एक वेबसाइटले।
तर, कसरी?
Mouselockयो माउसलक सुविधाको प्रयोग गर्नका लागि तपाइँले http://mouselock.co/मा जानुपर्छ। जहाँ तपाइँलाई आफ्नो गुगल एकाउन्ट अर्थात् जीमेल एकाउन्टबाट साइन इन गर्ने सुविधा मिल्छ। तपाइँले जुन एकाउन्टबाट यसमा लगइन गर्नुहुन्छ यसले तपाइँको कम्प्युटर चलाउनेको फोटो त्यसैमा पठाइदिन्छ।mouselock_password_unlock_code
यसमा लगइन गरिसकेपछि यो वेबसाइटले तपाइँको कम्प्युटरको माउसलाई लक गर्ने सुविधा दिन्छ। जसमा तपाइँलाई एउटा गोप्य नम्बर छान्न लगाउँछ त्यही नम्बर नै तपाइको कम्प्युटरको माउस खुलाउने पासवर्ड हो।Mouselock_its secured to go for coffee
तपाइँले गोप्य कोडका रुपमा एउटा नम्बर छानिसकेपछि तपाइँको ब्राउजरमा तपाइँको कम्प्युटरको वेब क्यामेरा प्रयोग गर्ने स्वीकृती माग्छ। त्यसलाई स्वीकार गरिसकेपछि तपाइँको स्क्रिनमा तपाइँको कम्प्युटरमा माउसको क्रसर निश्चित स्थानमा क्लिक गरे राख्नुस् भन्ने सन्देश देखिन्छ।
Mouselock_You have moved the mouseत्यसमा माउस राखेर क्लिक गरेपछि तपाइँको माउस लक हुन्छ। यदी कसैले माउस चलायो भने पहिला तपाइँले सेट गरेको पासवर्ड माग्छ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला