Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Wednesday, August 14, 2013

गोर्खाका कृष्णप्रसाद हत्या पाटि बाटै भाको हो पाटि सेक्रेटरीको बयान

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
चितवन, श्रावण ३० - गोरखा फुजेल ७ का कृष्णप्रसाद अधिकारीको हत्या आफ्नै पाटीको योजना अनुसार भएको तत्कालीन माओवादी पार्टीका सेक्रेटरीले बताएका छन् । ‘घटना पार्टीको योजना अनुसार भएको हो,’ तत्कालीन विद्रोही माओवादीका चितवन जिल्ला सेक्रेटरी यमबहादुर परियार ‘इन्द्रजित’ ले भने, ‘अहिले हत्यारा खोजेर पत्ता लगाउन सकिंदैन ।’
उनले द्धन्द्धकालिन घटना भएकाले घटनामा संलग्न को कता पुगे थाहा पाउन नसकिने बताए । द्धन्द्धकालमा धेरै घटना भएको र त्यही समयमा कृष्णको पनि हत्या भएको दावी गरे । उनले अहिले आएर घटनाबारे खोजी गर्ने काम भएको बताए । परियारले हत्या पार्टीले गरे पनि कसले गरेको भन्ने प्रस्ट्याउन चाहेनन् । एसएलसी दिएर जयमंगलामा हजुरबाआमालाई भेट्न आएका १८ वर्षीय कृष्णलाई सेनाको सुराकीको आरोपमा चितवनको रत्ननगरस्थित बकुलरबाट माओवादी कार्यकर्ताले कालो पट्टी बांधेर अपहरण गरेका थिए ।
उनलाई अपहरण गरेर कयरखोला पुर्याई ‘सफाया’ गरिएको भन्दै माओवादी कार्यकर्ताले शव ल्याएर टाँडीबजारमा फालेका थिए । ०६१ जेठ २४ गते हत्यापछि उनको परिवार विक्षिप्त छ । कृष्णको हत्यासँगै उनका बुवा नन्दप्रसाद, आमा गंगामाया र दाइ नूरप्रसाद न्यायका संघर्क्ष गरिरहका छन् । बाबु र आमाले तीन सातादेखि राजधानीमा अमरण अनसन जारी राखेका छन् ।
हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै धर्नादेखि अनशन बसे पछि मंगलबार सरकारले घट्नाको अनुसन्धान गर्न चितवन प्रहरीलाई निर्देशन दिएको छ । हत्याको समयमा माओवादी पार्टीका जनसरकार प्रमुख भने डण्डपाणी पौडेल थिए । परिवारको कसैसँग रीसराग नभएको नन्दप्रसादकी आमा गौरीमायाले बताइन् । ‘बिनाकारण माओवादीले निर्दोष नातिलाई अपहरण गरेर तड्पाईतड्पाई हत्या गरे,’ ७८ वर्षीया गौरीमायाले भनिन्, ‘तर हत्यारालाई अहिलेसम्म कारबाही भएको छैन । अन्यायमा परेकाले न्याय नपाउने भए किन न्यायालय राख्नुपर्यो ?’ उनी नातिको हत्या भएदेखि विक्षिप्त छिन् ।
परिवारमा हत्यामा बाबुराम भट्टराईकी पत्नी हिसिला यमीकी पीए जानुका पौडेललगायत संलग्न रहेको भन्दै मृतक कृष्णका दाजु नूरप्रसादले प्रहरीमा किटानी जाहेरी दिएका थिए तर प्रहरीले कुनै चासो दिएको थिएन । उता हत्या आरोप लगाइएका पर्शुराम पौडेलले आफू र परिवार निर्दोष भएको भन्दै बिना कारण आफ्नो परिवारलाई आरोप लगाएर झुटो प्रचार गरिएको दाबी गरे । ‘हत्यामा संलग्न जोसुकै होस् उसलाई कारबाही गरिनुपर्छ,’ उनले भने, ‘तर बिना प्रमाण अरूको चरित्र हत्या गर्ने गरी हत्यारा भन्दै हाम्रो नाम राखेर प्रचार गर्न पाइदैन ।’
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला