Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Tuesday, August 27, 2013

मलेसियामा ३ दिन आगाडी बस दुर्घटना ज्यान गुमाएका दुई नेपालीको परिचय खुल्यो

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

क्वालालम्पुर । मलेसियाको ज्ञान्तिङमा बस दुर्घटनामा परी ज्यान गुमाएका दुई नेपालीको पहिचान खुलेको छ । विहीवार ज्ञान्तिङ हाईलैण्डमा वाट क्वालालम्पुर तर्फ आईरहेको वस सिम सुई चाईनिज मन्दिर नजिकै भएको बस दुर्घटनामा परी दाङ हापुर-१ का २६ वर्षीय प्रेम वहादुर वुढा मगर र धनकुटा आहाले ७ का ४३ वर्षीय नरेन्द्र राई रहेका छन् ।

मृतक दाङका वुढा मगर सेविरो सेक्युरिटिमा ज्ञान्तिङमा कार्यरत रहेका थिए । उनी साथीहरुलाई भेटि होस्टलतर्फ र्फकदै गर्दा दुर्घटनामा परेका थिए । ६ वर्ष अगाडि मलेसिया आएका वुढा एक पटक पनि घर गएका थिएनन । मृतक राई भने ज्ञान्तिङहाईलैण ्ड भन्दा केहि तल रहेको वुकितिङ भन्ने ठाउँमा खेतिपाति गर्ने ठाउँमा काम गर्ने गरेका थिए ।

मृतक राई ११ वर्ष अगाडि रोजगारीमा सिलसिलामा मलेसिया आएको वुझिएको छ । हाल दुवैजनाको शवलाई पोसमार्टमको लागि क्वालालम्पुर अस्पतालमा राखिएको छ । शवलाई नेपाल पठाउनको लागि पहल भइरहेको छ 
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला