![]() |
मन्थली , भाद्र ८ - रामेछापको मझुवामा प्रहरी चढेको मिनीट्रक दुर्घटना हुँदा नौ सुरक्षाकर्मी घाइते भएका छन् । घाइते मध्ये ५ को अवस्था गम्भीर छ ।
इलाका प्रहरी कार्यालय चोप्राङबाट दाउरा लिनका लागि गएको बा २ ख ८११० नम्बरको उक्त ट्रक मझुवा ७ मा सडकबाट करिब १५ मिटर तल खसेको थियो । सडक हिलो भएकाले भासिएर उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजेन्द्र थापाका अनुसार दुर्घटनामा परी गम्भीर घाइते हुनेमा प्रहरी हवल्दार नेत्र घिसिङ, प्रहरी जवानहरु मुन्ना पटेल, रामप्रसाद महतो, रामकुमार दाहाल र परिचर शिवकुमार बस्नेत छन् ।
उनीहरुलाई प्रहरी र स्थानीय बासिन्दाले दुर्घटनास्थलबाट झिकेर थप उपचारका लागि काठमाडौं पठाएका छन् । अन्य चार घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
यसैबीच रामेछापका प्रहरी प्रमुख विमल कणेल दुर्घटनास्थल तर्फ गएका छन् । घाइते भएका प्रहरीहरुलाई स्थानीय स्वास्थ्य चौकीमा उपचारको प्रवन्ध गरिएको छ । स्रोत :इकान्तिपुर
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:
Post a Comment
के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला