भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
 |
बालबालिकाका लागि विद्यालय दोस्रो घर हो भने शिक्षकहरु अभिभावक पनि हुन्। तर, तिनै शिक्षकले पाप चिताए के होला? काठमाडौंको सामाखुसीस्थित फ्लोरोसेन्ट एकेडेमीको कक्षा दशमा अध्ययनरत एक बालिका आफ्नै शिक्षकबाट बलात्कृत भएकी छिन्।जो रक्षक, उही भक्षक। यो भनाइ काठमाडौंको सामाखुसीस्थित यो फ्लोरोसेन्ट एकेडेमीमा चरितार्थ भएको छ। आफैंले पठाउने छात्रामाथि यस विद्यालयका सहायक प्रिन्सिपल रमेश पनेरुले गिद्धे दृष्टि लगाए। घटना भदौ ४ गतेको हो। कक्षा दशमा पढ्ने एक छात्रालाई बिहानै यी शिक्षकले आफ्नै कार्यकक्षमा बोलाए। पढाइको कुरा होला भनी ती छात्रा पनि गइन्। तर, उनले ज्ञानगुनका सुन्न पाइनन्, आफ्नै गुरुबाट यौन दूर्व्यवहारको शिकार बन्न पुगिन्। तीन दिनसम्म घटना गुपचुपमै रह्यो। पीडित बालिकाले आफ्नी आमासंग गुनासो गरेपछि मात्रै यो घटना सार्वजनिक भएको हो। घटनाको विरोधमा अभिभावकहरुले शुक्रवार दिनभर दोषीलाई कारबाही गर्न माग गर्दै विद्यालयमा प्रदर्शन गरे।यौन पिपासु सहायक प्रधानाध्यापक पनेरुलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले पीडित बालिकाको स्वास्थ्य परीक्षण पनि गराएको छ। स्वास्थ्य परीक्षणको रिपोर्ट आएपछि हिरासतमा रहेका पनेरुमाथि बलात्कारको अभियोगमा मुद्दा चलाइने प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालले बताए। विद्यालयका प्रिन्सिपल मेघराज गौतम बिदामा भएको मौका छोपी पनेरुले यो कर्तुत गरेका रहेछन्। पनेरुका बारेमा गम्भीर अनुसन्धान गरी हदैसम्मको कारबाही गर्नु त छदै छ, पीडित बालिकाका बारेमा पनि ध्यान दिनु जरुरी छ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
No comments:
Post a Comment
के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला