Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Thursday, August 29, 2013

गोर्खाल्याण्डको आन्दोलनमा प्रशान्त तामाङको समर्थन (भिडियो सन्देशसहित)

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
काठमाडौ, भाद्र १३ - दार्जिलिङमा जारी गोर्खाल्याण्ड आन्दोलनमा प्रशान्त तामाङले समर्थन व्यक्त गरेका छन् । कोलकत्ता प्रहरीका जागिरे पूर्व ईन्डियन आईडल गायक तामाङको भिडियो सन्देश दार्जिलिङ टाईम्सले सार्वजनिक गरेको छ ।
क्रान्तिकारी नवजवान सभासागको भेटमा प्रशान्त तामाङले आन्दोलनप्रति समर्थन जनाएका हुन् । भिडियो सन्देशमा उनले गोर्खाल्याण्डको मागलाई छाड्न नहुाने धारणा राखेका छन् । 'तपाईहरु नसोच्नुस् कि प्रशान्त तामाङको यसमा समर्थन छैन्', उनले भनेका छन्,'म जहिले पनि यसमा छु । केही पर्‍यो भने म तपाईको साथमा छु ।'
उनले जसरी दार्जिलिङबासीले एक भएर आफूलाई ईन्डियन आईडलमा जिताए त्यसैगरी एक भएर गोर्खाल्याण्ड आन्दोलन सफल पार्नुपर्ने धारणा राखेका छन् ।
प्रशान्त आन्दोलनबारे मौन बस्दा दार्जिलिङबासीले उनीप्रति रोष व्यक्त गरेका थिए । हाल जारी गोर्खाल्याण्ड आन्दोलनप्रति भारतका सरकारी जागिरे तामाङको भिडियो सन्देशले दार्जिलिङमा तरंग ल्याएको छ । 'गोर्खाल्याण्ड हाम्रो हक हो', भिडियोमा उनले भनेका छन्,'यो हामीले पाउानैपर्छ ।'
उनले आफू प्राविधिक कारणले गोर्खाल्याण्डको आन्दोलनमा सहभागी हुन नपाएपनि आवश्यक परे उपस्थित हुने बताएको दार्जिलिङ टाईम्सले आफ्नो फेसबुक पेजमा उल्लेख गरेको छ । उनले आफू ईन्डियन आईडल बनेर बनाएको ख्याति छुट्टै राज्य मागको लागि प्रयोग गर्ने समेत बताएका छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला