Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Thursday, August 29, 2013

तरुण दलका सभापति सुँगुरको खोरमा भेटिय

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

१३ भदौ, धरान । संविधानसभा निर्वाचनको मिति नजिकिंदै जाँदा नेपाली काँग्रेस समाजमा पपुलर अनुहारलाई पार्टी प्रवेश गराएर गिरेको साख फर्काउने अभियानमा लागिरहेको छ । उसैको भातृ संगठन तरुण दलका धरान नगरसभापति देवेन्द्र लिम्बु चाहिं बुधबार सुनसरीको पाँचकन्या गाविस ८ मा पर्ने बसन्तटारमा सुँगुरको खोरभित्र भेटिए ।
‘हाउ, त्यो फोहोरमा के गरिँदै छ ?’ नेपाली काँग्रेसको आदिवासी विभागका केन्द्रीय सदस्य समेत रहेका देवेन्द्रलाई चिन्नेहरु बाटैबाट सोध्दै थिए ‘चुनावको बेलामा पार्टी छाड्नुभयो कि कसो ?’
pig
देवेन्द्र पनि के कम । उही शैलीमा खोरभित्रैबाट जवाफ फर्काए ‘पार्टीको खोल ओढेर पैसा उठाउन र ठेक्का पट्टा गर्न मन लागेन, लागियो है आफु त सुँगुर पालनतिर । बाँच्नु त पर्‍यो नि ।’
राजनीतिमा सक्रिय देवेन्द्र ६ महिनायता तिनै सँगुरका पाठा, कुखुराका चल्ला र अकबरे खोर्सानी स्याहार्न व्यस्त छन् । भर्खर बनाएको सुँगुरको खोरमा अहिले सातवटा विभिन्न जातका पाठा हालेका छन् । कुखुरा भने जम्मा एक हजार छन् । अहिलेसम्म १५ लाख लगानी गरिसकेका उनले यो फारममा २२ लाख लगानी गर्ने योजना बनाएका छन् । ०५७ देखि ०६६ सम्म लगातार राष्ट्रिय बक्सिङ खेलेका उनी भन्छन् ‘राजनीतिसँगै व्यवसाय अघि बढाउँछु । पछि ससेस फ्याक्ट्री खोल्ने लक्ष्य छ ।’

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला