Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Wednesday, August 28, 2013

कस्तो अचम्म है बिहे गरेको दिन ७२ घण्टा सम्म टोइलेट जान नपाउने

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

यो संसार मानिसका विविध संस्कृतिको चिडियाघर पनि हो । यहाँ असंख्य संस्कार भएका मानिस बस्छन् । यिनीहरुको संस्कार अन्यलाई विचित्रको लाग्छ । विवाह गर्ने संस्कार पनि विभिन्न समुदायमा विचित्रकै छन् । यहाँ हामीले केही अनौठा बिहे संस्कारका विषयमा जानकारी प्रस्तुत गरेका छौँ :
मलेसियाको एक समुदायमा निकै अनौठो बिहे संस्कार छ । उक्त परम्परा अनुसार बिहेको ७२ घण्टासम्म शौचालय जान पाइँदैन । सामाजिक मान्यता अनुसार यसरी शौचालय जान बन्देज लगाउने चलनले गर्दा वर बधुमा भविष्यमा सहने शक्तिको वृद्धि हुन्छ । जसले धेरै समयसम्म ट्वाइलेट जानबाट आफुलाई रोक्न सक्यो उसको भविष्य उत्ति नै उज्वल हुने मान्यता रहिआएको छ ।
डेनमार्कमा पनि विचित्रकै बिहे संस्कार छ । त्यहाँ बिहेका बेला दुलाहा दुलही दुबैले लगाएका मोजाको अघिल्लो भाग काटिदिने चलन छ । यसरी मोजा काटेर औँला देखाइदिनुको अर्थ के रहेछ भने अब ती दुइ वर बधुको जिन्दगीका एक अर्का बाहेक अरु कुनै महिला पुरुषको लागि ठाउँ छैन ।
अमेरिकाका केही अफि्रकी मूलका मानिसहरुमा पनि अचम्मकै बिहे संस्कार रहेको पाइन्छ । बिहे सम्पन्न भएपछि बेहुला बेहुलीले काठको लौरो नाघ्ने चलन छ । दुइ जना मानिसले दुइ छेउँबाट लट्ठी समातेका हुन्छन् र सोही लट्ठीलाई बेहुला बेहुलीले एकैचोटी उफ्रेर नाघ्छन् ।
अफि्रकामा बिहेका लागि युवतीलाई मोटी बनाउने चलन छ । छोरी पाँच वर्षकी भए देखिनै मोटी बनाउन बाबु आमा कस्सिन्छन् । अफि्रकाका केही आदिवासी समूदायमा रहेको यो संस्कार अन्तरगत मोटी युवतीलाई लच्छिनको प्रतिकका रुपमा लिइन्छ ।
मेक्सिकोमा पनि एउटा अनौठो संस्कार छ । जहाँ बिहेको दिन दुलहीलाई सहरका गल्लीमा पैदलै घुमाइन्छ ।
रुसमा बिहेको कुरा चलाउन जाँदा खेरि नै बैना गर्नुपर्ने चलन छ । बिहे अघि केटाले केटीसँग भेट्दा केही पैसा दिनुपर्छ, पैसा दिएर मात्र हुँदैन । केटीपक्षले केटालाई केही समस्या दिन्छन् । ती समस्या समाधान गरेपछि मात्र केटाले केटी भेट्न पाउँछ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला