Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Friday, August 30, 2013

भोलि बाट सुरु हुने आठौं साफ च्याम्पियनसिप फुटबलको पुरस्कार यक करोड ३ लाख ५५ हजार ९५ अर्थात् ९५ हजार अमेरिकी डलर राखियको छ

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
काठमाडौ, भाद्र १४ - आठौं साफ च्याम्पियनसिपको कुल पुरस्कार करिब १ करोड ३ लाख ५५ हजार रुपैयाँ (९५ हजार अमेरिकी डलर) भएको स्थानीय आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार जनाएको छ ।
च्याम्पियन हुनेले ५४ लाख ५० हजार रुपैयाँ (५० हजार डलर) पाउनेछ । उपविजेताले २७ लाख २५ हजार रुपैयाँ (२५ हजार डलर) हात पार्नेछ । सातौं संस्करणको विजेता भारत र उपविजेता अफगानिस्तानले उति नै पुरस्कार पाएका थिए । सेमिफाइनल पुग्ने दुई टिमलाई १०-१० हजार डलर (१ लाख ९ हजार रुपैयाँ) दिइने एन्फाका महासचिव धीरेन्द्र प्रधानले बताए ।
साफले सहभागी आठ देशलाई टिम तयारीका निम्ति २५-२५ हजार डलर (प्रत्येकलाई २७ लाख २५ हजार रुपैयाँ) उपलब्ध गराएको बताइएको छ । एन्फाले शनिबार सुरु हुने प्रतियोगिताको आयोजनालाई ५ करोड ४२ लाख १६ हजार रुपैयाँको अनुमानित बजेट बनाएको छ । त्यसमा दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले ४ करोड ३६ लाख रुपैयाँ -४ लाख डलर) उपलब्ध गराउने महासचिव प्रधानले बताए । नेपाल सरकारले ६० लाख रुपैयाँ छुट्याएको छ । 'अपुग रकम टिकट बिक्रीबाट उठाउनेछौं,' एन्फा अध्यक्ष थापाले भने ।
एन्फाले आयोजना सार्थक तुल्याउन आठ समिति पनि गठन गरेको छ । स्थानीय आयोजक समितिको महानिर्देशकमा एन्फा उपाध्यक्ष नरेन्द्र श्रेष्ठ छन् । भदौ २६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको कुल १५ मध्ये १० खेल दशरथ रंगशालामा हुनेछन् । सशस्त्र प्रहरीको हलचोकस्थित मैदानमा ५ खेल सञ्चालन हुनेछन् । नेपलका खेलहरू, सेमिफाइनल र फाइनलका प्रतिस्पर्धा दशरथ रंगशालामा हुनेछन् । अभ्यासलाई ५ मैदान छुट्याइएको छ ।
नेपालले आयोजना गर्न लागेको तेस्रो ठूलो प्रतियोगिता हो, आठौं साफ । सन् १९९७ मा पहिलो साफ पनि काठमाडौंमै भएको थियो । त्यसमा ६ देशले प्रतिस्पर्धा गरेका थिए ।
छनोट चरण पार गरेका आठ देशले गत वर्ष काठमाडौंमा आयोजित एएफसी च्यालेन्ज कपको फाइनल चरण खेलेका थिए ।
नेपालकै गरिमा'
आठौं साफको आयोजना एन्फाको मात्र नभई नेपालकै गरिमा भएको एन्फा अध्यक्ष गणेश थापाले बताए । 'त्यसैले सबैको सहयोगले आयोजनाको तयारी अन्तिम चरणमा पुगेको छ,' उनले भने ।
खेलाडीलाई अपार्टमेन्ट र आजीवन भत्ता
नेपाली राष्ट्रिय टिम आठौं साफको च्याम्पियन भएमा प्रत्येक खेलाडीलाई अपार्टमेन्ट र आजीवन मासिक १० हजार रुपैयाँ भत्ता एन्फाले दिने अध्यक्ष गणेश थापाले बताएका छन् । 'नेपालले जित्छ भन्ने आस राखेको छु । जित्ने सम्भावना पनि छ,' उनले भने ।
एएफसीका उपाध्यक्षसमेत रहेका थापाले दुई वर्षअघि पनि सातौं साफ च्याम्पियन भए प्रत्येक नेपाली खेलाडीलाई अपार्टमेन्ट पुरस्कार घोषणा गरेका थिए । सोह्र वर्षअघि काठमाडौंबाट सुरु भएको साफमा नेपाल अहिलेसम्म फाइनल पुग्न सकेको छैन । सन् १९९९ र २०११ मा सेमिफाइनल पुग्नु नै नेपालको साफमा सबैभन्दा राम्रो नतिजा हो । बाँकी ५ संस्करणमा नेपालको चुनौती समूह चरणमै टुंगिएको थियो ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला