Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Thursday, August 29, 2013

भारतको मोस्ट वान्टेड गिरोह नेपाल भारत सिमा बर्ती बाट पक्राउ परेको छ

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
भातकलकाठमाडौ, भाद्र १३ - भारतका मोस्ट वान्टेड मध्येका एक आतंकवादी यासिन भाटकललाई नेपाल-भारत सीमाबाट पक्राउ गरिएको छ । भारतीय सञ्चारमाध्यमले जनाए अनुसार उनलाई बिहार प्रहरीले गएराति पक्राउ गरेको हो । उनलाई भारतीय गुप्तचर संस्थाले आतकंवादी गतिविधि गर्ने प्रमुख व्यक्तिको रुपमा चित्रण गर्दै आएको थियो ।
एक हप्ताअघि लक्सर ई तैबका बम बिशेषज्ञ अब्दुल करिम टुन्डालाई पक्राउ गरेपछि आतंकवाद विरुद्ध प्रहरीको यो दोस्रो ठूलो सफलता भएको भारतीय सञ्चारमाध्यम एनडीटीभीको वेवसाईटमा उल्लेख छ ।
'यासिन भाटकल गएराति पक्राउ परेका हुन् । उनलाई बिहार प्रहरीले नियन्त्रणमा राखेर सोधपुछ गरिरहेको छ', गृहमन्त्री शुशिलकुमार सिन्डेलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।
भारतको गुप्तचर नियका एफबीआई र नेशन ईन्भेष्टिगेशन एजेन्सीसहित प्रहरीको टोलीले उनलाई नेपाल-बिहार नाकाबाट पक्राउ गरेको हो ।
भारतको १२ मोस्ट वान्टेट मध्येका एक भाटकल दिल्ली, मुम्बई, बैंगलोर, पुने र हैदरावादमा भएको बिभिन्न बम काण्डमा संलग्न भएको भारतीय प्रहरीको दाबी छ । यि सहरमा आतकंवादी गतिविधि गराउने र विस्फोटक पदार्थ मित्र्याउने उनी प्रमुख व्यक्ति भएको प्रहरीको आरोप छ ।
मुम्बई प्रहरीले भाटकलको फोटो सार्वजनिक गरेर उनको बारेमा जानकारी दिनेलाई १० लाख पुरस्कार दिने घोषणा गरेको थियो । तीन बर्ष अघि पुनेमा १७ जनाको ज्यान जाने गरी भएको बिस्फोटम भाटकलले नै गराएको भारतीय गुप्तचर निकायको दाबी छ । घटनास्थलको सीसीटीभी फुटेजमा क्याप टोपी लगाएको भाटकल देखिएको थियो ।
उनलाई पाकिस्तानबाट सहयोग आउने गरेको गुप्तचर निकायले बताउँदै आएका छन् । भाटकल पछिल्लो समय बैंगलोर र हैदराबादमा भएको धेरै बिस्फोटमा संलग्न रहेको ती निकायले दाबी गरेका छन् ।
मोहम्मद अमम्मद सिद्दिबाप्पा वास्तविक नाम भएका भारतको कर्नाटक राज्यका ३० बर्षीय भाटकल शिक्षित व्यक्ति भएको सञ्चारमाध्यमले जनाएका छन । उनी बम बनाउन माहिर मानिन्छन् । उनले अन्य दुई व्यक्तिसँग मिलेर सन् २००८ मा ईन्डियन मुजाहिद्दिन नामक आतंकवादी संगठन खोलेको आरोप छ । उनलाई अमेरिकाले पनि आतंकवादीको सूचीमा राखेको छ ।स्रोत :कान्तिपुर 
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला