Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Wednesday, August 28, 2013

रुसी प्रधानमन्त्रीलाई ब्रा र पेन्टी, राष्ट्रपति पुटिनलाई मिनिस्कर्ट लगाई दिय पछी

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
नेपालमा अहिले गाइजात्राको मौसम छ । नेताहरुलाई मनग्गे गाली गरिएको छ । बोली तथा पहिरनका माध्यमबाट क्यारिकेचर गर्दै नेताहरुलाई गालि गरेर कलाकारले तालि पाउँछन् । तर गाइजात्रा हामीकहाँ मात्र कहाँ रहेछ र रुसमा पो साँच्चीकै गाइजात्रा आएछ ।
1
रुसमा राष्ट्रपति भ्लादमिर पुटिनले मिनिस्कर्ट लगाएका छन् । मिनिस्कर्ट को त के कुरा भयो र ? प्रधानमन्त्री दिमित्री मेदभेदेभले त ब्रा र पेन्टी नै पहिरिएका छन् । ब्रा पेन्टी लगाएका मेदभेदेभलाई पुटिनले सिँगारिरहेका छन् र कपाल मुसारिदिएका छन् ।
विश्व हल्लाउने ती चर्चित नेताको हालत कसरी यस्तो भयो ? वास्तवमा एक जना कलाकारले यिनीहरुको यस्तो हालत बनाइदिएका हुन् । कलाकार कोन्स्टान्टिन अल्टुनिनले पुटिन र मेदभेदेभको यस्तो अनौठो पेन्टिङ तयार पारेपछि त्यसले ठूलै तहल्का मच्चाएको छ । उनले व्यंगात्मक रुपमा बनाएको यो पेन्टिङले कानून मिचेको भन्दै सरकारले त्यो पेन्टिङ जफत समेत गरेको छ ।
भँडुवा शीर्षकमा अल्टुनिनले तयार पारेको उक्त आपत्तिजनक पेन्टिङ अतिवादी भएको निष्कर्ष सरकारले निकालेको छ । अगष्ट २६ को मध्यरातमा सेन्ट पिटर्सवर्ग स्थित मुजेइ ब्लास्ती नामक आर्ट ग्यालरीमा छापा मारेर प्रहरीले ती कलाकारका विभिन्न पेन्टिङ नियन्त्रणमा लिएको छ । त्यो मात्र नभएर पुटिनका अन्य आपत्तिजनक पेन्टिङ समेत जफत भए । जसमध्ये एकमा पुटिनको अनुहारभरि फोहोर पारिएको छ भने अर्कोमा उनका सिङ बनाइएको छ ।2
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला