![]() |

सर्लाही, श्रावण ३२ - पूर्व राज्यमन्त्री खोभारीमदिरा पियर गाडी चलाउदा दुर्घटनामा परि घाइते भयका छन ।
नयाँरोडबाट बिहीबार साँझ बरहथवातर्फ जाँदै गर्दा उनले चलाएको बा२च ९९४८ नम्बरको जिप चिप्लेर खेतमा पुगेको थियो । मदिरा सेवन गरि आफैँले गाडी चलाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । नजिकको धरहरा सशस्त्र प्रहरी बेश क्याम्पले उनको उद्धार गरि प्रहरीलाई खबर गरेको थियो । राति हरिवनको नमुना अस्पतालमा सामान्य उपचारपछि घर फिर्ता भएका थिए । मदिरा सेवन गरेका रायले उद्धारमा संलग्न प्रहरी र चिकित्सकलाई समेत दुर्व्यवहार गर्दै मुख छाडेको स्रोतले वतायो ।
उद्धार गर्दा उनी हिलाम्ये अबस्थामा रहेको प्रहरीले जनायो । रायले पानी परेर सडकमा हिलो भएकाले आफूले चलाएको जिप चिप्लेर खेतमा खसेको वताए । 'सड बिग्रेर जिर्ण भएकाले चिप्लिएर खेतमा पुग्यो,' उनले भने, 'खासै चोटपटक लागेको होइन् । बढी हल्ला भएछ ।'
![]() |
No comments:
Post a Comment
के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला