![]() |

झगडा भएको बेला गोर्खालीको शानको रुपमा रहेको नौ इञ्चको खुकुरी नचाएर दुई जना स्थानीयलाई घाइते बनाइदिएका थिए। यही आरोप प्रमाणित गर्दै त्यहाँको अदालतले हितेन्द्र लिम्बुले सात वर्ष जेल सजाय सुनाएको हो। केन्ट न्युज र केन्ट अनलाइनले फोटोसहित यी युवक जेल परेको समाचार दिएको छ।
केन्टन्युजका अनुसार एसफोर्डको हाइस्ट्रिटमा राति अबेर एउटा कबाब पसल बाहिर १९ वर्षका दुई गोरासित हितेन्द्रको भेट भएको थियो। मौखिक झगडामात्रै भएको थियो त्यतबेला। केही मिनेटपछि हितेन्द्रले नेपाली खुकुरी लिएर उनीहरुलाई काटेछन्। एउटाको नाक, छाती र पाखुरामा चोट लाग्यो भने अर्कोको हातमा।
आफ्नो खुकुरी पार्किङ गरी राखेको कारमुनि लुकाउन खोज्दै गर्दा प्रहरीले उसलाई पक्रेको थियो। घाइते बनाएको र हतियार बोकेको अभियोग उनीमाथि लगाइएको थियो।
यो घटना अप्रिलको हो भने अदालतले यही हप्ता सजाय सुनाएको हो। अदालतले घाइते बनाएको र घाइते बनाउने मनसायले आक्रमण गरेको गरी दुई वटा अभियोगमा सजाय सुनाएको हो। घातक हतियार बोकेको अभियोग चाहिँ अदालतको कागजमै मात्र सीमित भयो। न्यायाधीश एडेली विलियम्सले जानाजानी खुकुरी भिर्ने र अरुलाई गम्भीर घाइते बनाउनेले लामो जेल सजाय पाउने बताइन्।
नेपाली र ती गोराबीच के कारणले झगडा भएको चाहिँ खुलाइएको छैन। तर केही बेलायतीहरु त्यहाँका नेपाली आप्रवासीहरुलाई राम्रो नजरले हेर्दैनन्। सांसदले समेत आफ्नो सहरमा पेन्सन पाएका बूढा गोर्खा सैनिकहरु देखेर दिक्क लाग्ने गरेको सार्वजनिक रुपमै बताएका थिए। पार्कमा बस्ने ठाउँसमेत छैन सबै नेपालीहरुले ओगटे भनेर दुखेसो पोखेका थिए उनले हेर्नुस् यहाँ। पेन्सन पाएका पूर्व गोर्खाली सैनिक र उनीहरुको परिवारले आफ्नो सहर भरियो भन्दै इन्टरनेटमा हेट क्याम्पेनसमेत चलेको थियो।नेपालीहरुलाई कसरी समायोजन गर्ने भन्ने विषय टाउको दुखाइ भएको छ त्यहाँको।
कतै यो पनि यस्तै विषयमा सुरु भएको झगडा त थिएन ? कारण जेसुकै होस्, त्यसरी खुकुरीले काट्नु चाहिँ अपराधै हो। र, त्यसो गरेको स्वीकार समेत गरेपछि उनी सजायको भागिदार बनिहाल्छन्। न्यायाधीशले फैसला सुनाउने क्रममा त्यसैले यस्तो भनेकी थिइन्-
![]() |
No comments:
Post a Comment
के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला