Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Wednesday, August 21, 2013

६०० किलोको मान्छे बिरामी भयपछी भिडियो सहित

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
जिउ ठिक्कको भए त बिरामी पर्दा अस्पतालसम्म पूराउन गाह्रो छैन । तर गाडीले नै नधान्ने जिउ भयो भने कसरी अस्पताल पूराउने ? साउदी अरेबियाका एक व्यक्तिलाई यस्तो भएको छ ।
birami
खालिद मोहसिन शायरी नामका व्यक्ति बिरामी पर्दा शहरभरि हल्ली खल्ली भयो । उनलाई अस्पताल भर्ना गराउने खबर टेलिभिजनले प्रमुखताका साथ प्रशारण गर्न थाल्यो । फायर बि्रगेड देखि लिएर एयरपोर्ट प्रशासन सम्म सतर्क हालतमा रहे । आखिर किन नहोस् । खालिदको वजन यति धेरै छ की उनलाई अस्पताल लग्नका लागि उठाएर गाडिमा हाल्न कुनै स्ट्रेचरको काम छैन । क्रेन नै बोलाएर उनलाई उठाउनु पर्यो ।
विश्वका सबैभन्दा मोटो व्यक्तिमध्येका एक खादिल विरामी परेपछि जिन्जानस्थित उनको घरका परिवार चिन्तामा परे । चिन्ता उनको उपचारको भन्दा पनि उनलाई कसरी अस्पताल पूराउने भन्ने थियो । अझ जिन्जानमा उनको उपचार गर्ने कुनै अस्पताल थिएन र उनलाई रियाद पूराउनु पर्ने थियो । केही वर्षयता हिँडडुल गर्न नसक्ने भै घरमै बसिरहेका उनलाई कसले उठाउन सक्थ्यो र ? उनको वजन नै ६ सय किलो थियो ।
आखिर अजिंगरको आहारा दैवले पूराउँछ भनेझैँ स्थानीय सरकारको विशेष निर्देशन बमोजिम फायर बि्रगेडका कर्मचारी क्रेन लिएर खालिदको घर पुगे । अनि उनी बसेको बेडलाई उठाएर बेडसँगै ट्रकमा हालियो । उक्त ट्रक बिमानस्थलमा लगियो । त्यहाँ एक विशेष विमान उनको उडान भर्न तयारी हालतमा राखिएको थियो । त्यसपछि खालिदलाई बेडसितै बिमानभित्र हालियो । अनि उनलाई रियादस्थित अस्पतालमा पूराइयो ।
रोचक कुरा त के भने उनको वजन धान्ने खालका बेड साउदी अरबमा नभएपछि अमेरिकाबाटै उनका लागि विशेष बेड बनाएर ल्याइएको थियो ।                                                                                              
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला