Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Monday, August 19, 2013

काठमांडौ ठमेल स्थित विभिन्न मसाज सेन्टर बाट दर्जन भन्दा बढी संकास्पद यौन जोडी पक्राउ

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
काठमाडौं, ३ भदौ ।  प्रहरीले काठमाडौंका विभिन्न मसाज सेन्टर र गेष्ट हाउसमा छापामारेर तीन दर्जन बढि जोडीलाई संकास्पद अवस्थामा पक्राउ गरेको छ । महानगरीय प्रहरी बृत्त दरबारमार्गबाट खटिएको प्रहरी टोलीले शनिबार ज्याठा ठमेलस्थित न्यू­हर्बल मसाज सेन्टरमा छापामारेको जनाएको छ । सेन्टरमा शंकास्पद अवस्थामा रहेका ललितपुर थसिखेल­१३ का ३६ बर्षीय आलन राईसहित ३ जना पुरुष र ३ जना महिलालाई नियन्त्रणमा लिएको प्रहरी भनाई छ ।

यसैगरी, प्रहरीले बागबजार क्षेत्रमा रहेका होटल तथा लजमा पनि विशेष चेकिङ गरेको छ । चेकिङका क्रममा प्रहरीले काभ्रे गेष्ट हाउसमा संकास्पद अवस्थामा रहेका पुरुष ३ र महिला ३ जना तथा सेहाजन गेष्ट हाउसबाट १ जना पुरुष र १ जना महिलालाई नियन्त्रणमा लिएको छ ।

त्यसै गरी, म्याग्दी गेष्ट हाउसबाट ३ जना पुरुष र २ जना महिला र गेष्ट हाउसको संचालकलगायत १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी, गोंगबुका गेष्टहाउसमा पनि प्रहरीले छापामारेको छ । प्रहरी टोलीले शंकास्पद रुपमा तनहुँ स्याङजा­वालिङ गेष्ट हाउस, भूमिका गेष्ट हाउस, यति गेष्ट हाउसबाट ९ जना महिला र ९ जना पुरुषलाई नियन्त्रणमा लिएको छ ।

उता, माछापोखरीमा रहेको लालीगुँरास गेष्ट हाउसबाट शंकास्पद रुपमा बसेका २ जना पुरुष र २ जना महिला तथा गंगाहल अगाडि रहेको कावेली गेष्ट हाउसबाट १ जना पुरुष र १ जना महिलालाई पनि नियन्त्रणमा लिएको जनाएको छ ।
भिडियो
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला