Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Tuesday, May 28, 2013

मुटुनै छुने नेपाली लोक दोहोरि गित य हावा जाउ य बादल जाउ सुनुहोस

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Monday, May 27, 2013

लौ हेर्नुस आज फेरी हुम्लामा हवाई जहाज दुर्घटना

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
हुम्ला , जेष्ठ १३ - हुम्लाको सिमकोट विमानस्थलमा गोमा एयरको विमान सोमबार बिहान दुर्घट्ना भएको छ । दुर्घट्नामा कुनै मानवीय क्षति भएको छैन । विमानलाई क्षति पुगेको छ । विमानमा ९ जना यात्रु सवार थिय ,नेपालगंजबाट यात्रु र सामान लिएर उडेको ९ एनएजेयू कल साइन भएको  बिमान बिहान १० बजेर ३५ मिनेटमा सिमकोट विमानस्थलमा अवतरण गर्न लाग्दा विमानको पछाडि दायाँपट्टीको चक्का पड्‍‍किएकाले दुर्घट्ना भएको हो । टायर पड्किएपछि विमान विमानस्थलकै पश्चिमपट्टकिो नालामा पुगेको थियो । पड्किएको चक्काको भाग नालामा धसिएको छ । अगाडिको चक्का पनि जमिनमा धसिएको छ भने पखेटा बाँगिएको छ .

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

आई पि यल को उपाधि मुम्बई लाइ

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
कोलकाता (एजेन्सी), जेष्ठ १३ - मुम्बई इन्डियन्स आईपीएल-६ को आइतबार नयाँ विजेता बनेको छ । कोलकातामा भएको फाइनलमा उसले चेन्नाई सुपरकिङ्सलाई २३ रनले हरायो ।मुम्बईले दिएको १ सय ४९ रनको लक्ष्य पछ्याएको चेन्नाईको सुरुआत खराब रह्यो । उसले ५८ रन जोड्दा ८ विकेट गुमाएपछि दबाबमा परेको थियो । कप्तान महेन्द्र सिंह धोनीले नटआउट ६३ रन बमुम्बईले दिएको १ सय ४९ रनको लक्ष्य पछ्याएको चेन्नाईको सुरुआत खराब रह्यो । उसले ५८ रन जोड्दा ८ विकेट गुमाएपछि दबाबमा परेको थियो । कप्तान महेन्द्र सिंह धोनीले नटआउट ६३ रन ब
नाए पनि टिमलाई चौथोपल्ट च्याम्पियन बनाउन सकेनन् । चेन्नाईले नौ विकेट क्षतिमा १ सय २५ रनमात्र बनायो ।
पहिलो क्वालिफायरको हारको बदला लिएको मुम्बईले पहिले ब्याटिङ गर्दै ९ विकेट क्षतिमा १ सय ४८ रन बनायो । उसका लागि किरोन पोलार्डले नटआउट ६० रन बनाए भने अवान्ती रायडुले ३७ रनको योगदान गरेका थिए । उनीहरूले पाँचौं विकेटका लागि ४८ रनको साझेदारी गर्दै टिमको स्कोर सय कटाएका थिए । त्यस्तै, दिनेश कार्तिकले पनि २१ रन बनाए । चेन्नाईका ड्वान ब्राभोले ४२ रन खर्चंदै ४ विकेट लिए ।
मुम्बईले १० करोड तथा चेन्नाईले ७ करोड ५० लाख भारतीय रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा कुल ७ सय ३३ रन बनाएका चेन्नाईका माइक हसीले ओरेन्ज क्याप पाए भने कुल ३२ विकेट लिएका ड्वान ब्राभोले पर्पल क्याप जिते । रोयल च्यालेन्जर्स बैंग्लोरका क्रिस गायलले सर्वाधिक ५१ छक्का प्रहार गरे ।




भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

मृगौला तस्कर प्रहरी फन्दामा

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
Jail
काभ्रे, जेष्ठ १३ - मृगौला तस्करीमा संलग्न रहेको अभियोगमा पक्राउ परेका पाँच जनालाई अदालतले थुना राख्न आदेश दिएको छ ।
जिल्ला अदालतका न्यायाधीश रमेश खत्रीको एकल इजलासले उनीहरुलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएका हुन् । अदालतको आदेशपछि थुनामा गएकामा नुवाकोट मदानपुर-१ का कृष्णबहादुर दर्जी, पत्नी मिना दर्जी, ललितपुर-२१ का सचिन मर्हजन, ललितपुर-११ का सानुलाल महर्जन र तनहुँ मिर्तुङ्गगा-३ का कुमार अधिकारी रहेका छन् ।
'थुनछेक बहसका क्रममा सबै प्रतिवादीहरुलाई थुनामा राख्न अदालतले आदेश दिएको छ,' जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख शारदाप्रसाद कोइरालाले भने, 'आदेश लग्त्तै उनीहरु थुनामा गएका छन् ।' सरकारी वकिल कार्यालयले उनीहरु बिरुद्ध २०७० जेठ ९ गते जिल्ला अदालतमा मानव बेचविखचन तथा ओसार प्रसार अभियोगमा मुद्धा दायर गरेको थियो । मृगौला तस्करी हुन थालेको २० बर्षपछि तस्कर प्रहरी फन्दामा परेका थिए । प्रहरी नायव निरीक्षक दीपेन्द्रबहादुर चन्दको नेतृत्वमा खटिएको प्रहरी टोलीले विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको थियो ।
पक्राउ परेका तस्करहरुले मानव बेचबिखन तथा ओसारप्रसार नियन्त्रण ऐन २०६४ को दफा ३ दफा ४(२) ख को कसुर गरेको अभियोग वकिल कार्यालयले लगाएको थियो ।  वकिल कार्यालयले अदालत समक्ष मानव बेचबिखन तथा ओसार प्रसार नियन्त्रण ऐन २०६४ को दफा १५(१) च अनुसार सजाय माग दाबी गरेको छ । कसुर प्रमाणित भएमा भए २ देखि ५ बर्ष कैद सजाय हुने ऐनमा उल्लेख छ

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Monday, May 20, 2013

छोरीलाई ब्रेन ट्यूमर भएपछि सहयोगको याचना

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
(मित्रहरु कृपया तपाइँहरुको WALL
मा यो (सहयोगको अपिल) SHARE गरि धेरै भन्दा धेरै
साथीहरु माझ पुर्याई आफुले सक्दो सहयोग गरेर उनलाई
नया जीबन दिनुहोस;;;

रुपन्देही जेसिस किन्र्डर गार्डेन
हाई स्कुल भैरहवामा अध्ययनरत १२ बर्षिय
बिबिका परियारको ब्रेन ट्यूमर
भएपछि परिवारजनले सहयोगको याचना गरेका छन् ।
आर्थिक स्तर अत्यन्त कमजोर भएकाले उपचारमा खर्च
जुटाउन नसकेको भन्दै बिबिकाका बुवा विजय दर्जीले सहयोग गरिदिन अपिल गर्नुभएको हो । शनिबार बुटवलमा पत्रकार सम्मेलन गर्दै दर्जीले
अहिलेसम्म १२ लाख खर्च भएको जानकारी गराउदै थप
उपचारको लागि समस्या भएकोले इच्छुकलाई आर्थिक
सहयोग गरिदिन आग्रह गर्नुभयो । २०६८ साल
मंसिरदेखि अस्पतालमा भर्ना भएकी छोरी बिबिकाक
पटक अप्रेसन भईसकेको र फेरी ब्रेनमा पानी जमेकाले त्यसको लागि अप्रेशन गर्न खर्च नभएको दर्जीले पत्रकारहरुसंग दुखेसो पोख्नुभयो ।‘उपचार
गर्दा भएको जाएजेथा सकियो’ दर्जीले
भन्नुभयो –‘केहि उपाय छैन कसैले सहयोग गरे
छोरी बाच्थी भन्ने आश छ ।’ भैरहवामा टेलरिङ गरेर
गुजारा चलाउदै आएका दर्जीको उपचारको क्रममा साढे
चार लाख ऋण लागेको सुनाउनुभयो । ‘महिनैपिच्छे काण्ठमाडौं र भरतपुर धाउनुपर्छ,पहिलेको ऋण समेत
तिर्ने सकेको छैन् उहाले भन्नुभयो । छोरीको अवस्था अत्यन्त नाजुक भएकाले सहयोग गर्ने
ईच्छा भएमा किष्ट बैंक भैरहवा शाखाको खाता नम्बर
०१२००१८५९ एन.एसमा रकम जम्मा गरिदिन
दर्जीको अपिल छ । उहाले उपचारका लागि भैरहवाका केहि समाजसेवि र
स्कुलले दुई लाख जति सहयोग गरेपनि छोरीको उपचार
निको नभएकाले समस्या परेको बताउनुभयो ।
बिबिकाको ६ महिना बिर अस्पताल काण्ठमाडौंमा र
भरतपुर स्थित क्यान्सर अस्पतालमा उपचार भईरहेको छ
। यदि फेरी सफल शल्यक्रिया भएमा निको हुने चिकित्सकले बताएकाले दर्जीले मनकारीहरुसंग
सहयोगको याचना गर्नुभएको हो ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

चितवनमा मान्छे खाने बाघ मर्यो

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

चितवन, जेष्ठ ६  - चैत अन्तिम साता चितवनको गीतानगर गाविसस्थित दक्षिणकाली मध्यवर्ती सामुदायिक वनको सीमाना क्षेत्रमा २ स्थानीयमाथि आक्रमण गरी मार्ने  बाघको आइतवार बिहान चितवन निकुञ्जको मुख्यालय कसरामा मृत्यु भएको छ । बाघको आक्रमणबाट गीतानगर ४ का ७० बर्षे हनुमन्ते सार्की र गीतानगर १ का ३४ वर्षीय भीम बहादुर आलेमगरको मृत्यु भएको हो । आक्रमणबाट स्थानीय बिकास न्यौपाने घाइते भएका थिए ।
निकुञ्ज कार्यालयले आइतवार अपरान्ह जारी गरेको प्रेस बिज्ञप्ती अनुसार करिब १६ बर्षको बाघ आक्रमणका बेला कमजोर थियो । उक्त बाघलाई निकुञ्जका प्राविधिकले स्थानीय माथि आक्रमण गरेकै दिन डार्ट गरेर नियन्त्रणमा लिएका थिए । निकुञ्जका सहायक संरक्षण अधिकृत टिकाराम पौडेलका अनुसार  त्यस बाघलाई अर्को बाघले आक्रमण गरेर ढाड र पुच्छरको भाग तथा गर्धनमा घाउ बनाएको थियो । 'चोटपटक लागेर अशक्त थियो,' बिज्ञप्तीमा उल्लेख छ,' झोक्राएर बस्ने गरेको थियो ।'
शनिवार देखि खोरमा झोक्राएर बसेको बाघको आइतवार बिहान मृत्यु भएको थियो । २ सय ५६ सेन्टिमिटर लम्बाइ भएको बाघको पोष्टमार्टमबाट बुढो भएको, कमजोर र चोटपटक लागेका कारण अशक्त भएर मृत्यु भएको पाइएको बिज्ञप्तीमा उल्लेख छ । पोष्टमार्टम पश्चात बाघलाई निकुञ्ज मुख्यालय कसरा नजिक खाडल खनेर गाडीएको कार्यालयले जनाएको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

कैदीलाई एक छाक र एक जग ट्याङ्करको पानी !

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

सल्यान, जेष्ठ ६ - खानेपानीको हाहाकार भएपछि सल्यान कारागारका कैदीलाई पानीको चरम समस्या भएको छ । खानेपानीको अभाव भएपछि कारागारले एक कैदीलाई बिहान एक जग तथा बेलुका एक जग पानी उपलब्ध गराउने गरेको छ ।
बीस जना कैदी राख्ने क्षमता भएको जिल्ला कारागार सल्यानमा अहिले ६२ पुरुष र १० जना महिला गरी र दुई बालबालिका गरी ७४ जना कैदीबन्दी छन् ।
धारामा आउने पानीले नपुगेपछि कारागारले शारदा नदीबाट ट्याङ्करबाट बोकेर ल्याएको पानी प्रतिट्याङ्कर दुई हजार ५०० का दरले किनेर दिने गरेको छ । तर बजेट अभावले पानी किनेर खुवाउन समस्या भएको जिल्ला कारागार सल्यानका जेलर विक्रम केसीले बताउनुभयो ।
जेलर केसीले भने, पानी बिजुली शीर्षकमा रु एक लाख ८० हजार आउँछ, हामीले अहिले विद्युत् महसुलवापतको रकमले पनि पानी किनेर खुवाउनुपरेको छ ।
केसीले भन्नुभयो, “पानी किनेर कैदीलाई खुवाउँदा रु एक लाखभन्दा बढी रकम खर्च भइसक्यो, विद्युत्लाई तिर्नुपर्ने रु एक लाखभन्दा बढी छ, विद्युत्को रकम पानीमा खर्च गर्दा अर्को समस्या सुरु भएको छ ।”
कारागार प्रशासनले उपलब्ध गराउने पानीले नपुगेपछि कतिपय कैदीले आफ्नै पैसाले किनेर खाने गरेको कैदी सेतीराम बोहराले बताए ।
कारागारभित्र पानीको समस्या भएपछि कैदीलाई नुहाउन तथा कपडा धुन निकै समस्या भएको छ । कारागारमा खानेपानीको अभाव सुरु भएपछि आफूहरूले एक, दुई महिनादेखि राम्रोसँग नुहाउन र कपडा धुन नपाएको कैदीहरूले बताए ।
कारागार शाखाका अनुसार कतिपय कैदीले महिनामा एकपटक पानी किनेर नुहाउने गर्छन् भने कतिपयले लामो समयदेखि नुहाउन पाएका छैनन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Sunday, May 19, 2013

सङयुक्त अरब इमिरेट्स दुबैमा यक नेपालीको छुरा प्रहार गरि हत्या

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

जेठ ५  सुक्रबार 

दुबई /
दुबईको अल्कोज ईन्डस्टियल एरिया भित्र
रहेको डलुस्को सप्लायर्स कम्पनीमा कार्यरत
नेपाली साथीबीच सामान्य विवादका क्रममा मोरङ
बेलबारीका एक युवाको छुरा प्रहर गरि हत्या भएको छ ।
मोरङ बेलबारी घर भएका २५ बर्षिय सुरज राईलाई
पाल्पाका चुरा बहादुर मगरले छुरा प्रहार
गरि हत्या हत्या गरेको त्यहि कम्पनीमा कार्यरत
कामदार हरुले बतायका छन्
छुट्टीको दिन
दिउसो संगै तास खेलेका राइ र मगर साझ लेबर केम
नजिकै रहेको चैरमा बसी मदिरा सेवन गरिरहेको अबस्थामा तासको लेनदेनको विषयमा व
हुनगई राईले छुरा हानि हत्या गरेका हुन ।
घटना पछी राईलाई कम्पनीले दुबाई पुलिसलाई
बुझाको थाहा हुन् आएको छ । दुबईमा कार्यरत
बिदेसी कामदारहरु
अल्कोज,सोनापुर,जवलअली लगाएत लेबर क्यामहरु मा रहने गर्दछन र यस
क्षेत्रमा ईलिगल रुपमा सस्तो कमसल
मदिरा बिक्रि वितरण हुने गर्दछ।
युएईमा छुट्टीको दिन प्रतेक बिहिबार
बेलुकी देखि सुक्रबार नेपालीहरुले अत्यधिक
मात्रमा मदिरा पिईने गरेको पाईन्छ। बैदेशिक रोजगारीमा आउने कतिपय नेपालीहरु
युएईको कानुन
भन्दा बाहिर गएको देखिन्छ नेपालीहरु
जमघट,भेला हुने
पार्कहरुमा दिन दहाडै पेप्सी,र
जुसका बोतलहरुमा रक्सी भेटिने गरेका छन भने लेबरकेमहरुमा एकबर्ष सम्म कमईगरेको रकम एकै
दिन
तासमा फाल्ने गरेकोले
फेरि फेरि पनि यस्ता घटना दोहोरिन्न भन्न
नसकिने
अबस्था रहेको छ
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Thursday, May 16, 2013

नेताको गाडीको ठक्करले यक जनाको ज्यान गयो

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

काठमाडौ, जेष्ठ २ - एमाओवादी नेता बर्षमान पुनको गाडीको ठक्करबाट एक युवकको ज्यान गएको छ । पुनका भाई प्रनिशले चलाएको बा ९ च ७९२२ नम्बरको गाडीको ठक्करबाट कीर्तिपुरका २२ बर्षीय शौरभ थापाको ज्यान गएको हो ।
दुर्घटना बुधबार राति ८ बजे भएको हो । ललितपुरको कुसुन्तीको एक घुम्तीमा गाडीले बिपरीत दिशाबाट आएको बा ४० प १२७२ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको थियो ।
गाडीको ठक्करबाट गम्भीर घाइते थापालाई पाटन अस्पताल पुर्‍याइएको थियो । उपचारको क्रममा राति १० बजे उनको ज्यान गएको प्रहरीले जनाएको छ ।
ललितपुर प्रहरीका डीएसपी बिमलराज कट्टेलले उक्त गाडी नेता पुनको हो/होइन् यकिन गर्न नसकिएको बताए ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

मुस्तांगको जोमसोममा नेपाल एरलाइन्सको बिमान दुर्घटना ५ जनाको अवस्था गम्भीर

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

पोखरा, जेष्ठ २ - नेपाल एयरलाईन्सको विमान मुस्ताङको जोमसोम विमानस्थलमा अवतरण गर्न लाग्दा बिहीबार बिहान दुर्घट्ना भएको छ । धावन मार्ग(रन वे) मा गुडेर मोडिने बेलामा दुर्घट्ना भएको हो । विमान रन वे बाहिर नजिकै कालिगण्डकी नदीको किनारमा खसेको छ । विमानमा आगो लागेको छैन । विमानमा रहेका सबै २२ जना घाइते छन् । थप मानवीय क्षति छैन ।
मुस्ताङका स्थानीय विकास अधिकारी डिल्लीराम सिग्देलले घट्नामा मानवीय क्षति नभएको जानकारी दिए । उनले एकजना पाइलट सहित ५ जनाको अवस्था गम्भीर रहेको र सबैलाई स्थानीय अस्पताल पुर्याइएको बताए । 'अस्पतालले ५ जनालाई रेफर गरेको छ । अन्य यात्रुहरु सामान्य घाइते छन्, बोलचाल र हिड्डुल गरिरहेका छन्,' सिग्देलले ईकान्तिपुरसंगको टेलिफोन सम्पर्कमा भने ।
तस्विर सौजन्य-तृष्णा शेरचन/जोमसोम
म्याग्दीस्थित कान्तिपुरकर्मी घनश्याम खड्काले मुस्ताङका प्रमुख जिल्ला अधिकारी लक्ष्मीराज गौतमलाई उदृत गर्दै पठाएको समाचार अनुसार गम्भीर घाइतेलाई पोखरा पठाइएको छ भने अन्य सामान्य उपचारपछि ठीक छन् ।
घट्नास्थलमा उद्धारमा संलग्न अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोम कार्यालयका आनन्द सुवेदीका अनुसारे धावन मार्गमा ओर्लेको जहाज करिव २० मिटर अघि बढेपछि तल कालीगण्डकी नदीमा खसेको थियो ।
ल्यान्ड गर्ने बेलामा बढी हावा चलेका कारण उक्त विमान दुर्घट्ना भएको अनुमान गरिएको छ ।
पोखराबाट बिहान ८ बजेर १० मिनेटमा उडेको नाइन एन एबिओ ट्विनअटर  विमानमा चालक दलका ३ जना, एक बच्चा सहित ११ नेपाली र ८ जना जापनीज नागरिक थिए । दुर्घट्ना ८ बजेर ३३ मिनेटमा भएको हो ।
तारा एयर तथा डायनेस्टी हेलिकप्टरबाट १० जनालाई उद्धार गरी पोखरा ल्याइएको छ ।
गत वर्ष जेठ १ गते जोमसोममा अग्नी एयरको विमान दुर्घट्ना भएको थियो । उक्त दुर्घट्नामा १५ जनाको मृत्यु र ६ यात्रु बाँचेका थिए ।
विमानमा रहेका नेपालीहरुः
चालक दल
चालक दीपेन्द्र प्रधान,  सह चालक सुरेश केसी,  परिचालिका सन्तमाया तामाङ (चालक प्रधान र सहचालक केसीलाई उपचारका लागि काठमाडौं पुर्याइएको छ ।)
यात्रुहरु
डिल्लीराम पन्त,  मधु पन्त,  गोविन्द पहारी,  निरु लाक्पा शेर्पा,  उमा थापा मगर,  सन्तोष विक,  पेमा गुरुङ,  जीआर ठकुरी,  के गुरुङ, एल शेर्पा,  २ वर्षको बच्चा हेमसुङ ।
यात्रुहरुको नामावली:
 
घाइतेहरुलाई जोमसोमबाट उद्धार गरी पोखरा ल्याइएपछि । तस्विरहरुः लालप्रसाद शर्मा/ईकान्तिपुर
 
  
  
    
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Wednesday, May 15, 2013

काठमाडौँ त्रिभुवन बिमानस्थलमा पाइला पैलाम घुस

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

काठमाडौ, जेष्ठ १ - गत फागुनमा जलेश्वरका देवेन्द्रबहादुर सिंहलाई सालाले नयाँदिल्लीबाट दिदीको जन्मदिनमा दुईवटा साडी कुरयिरमार्फत उपहार पठाए। आफ्ना मित्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) कार्गो कार्यालयका प्रमुख भएकाले उपहार सहजै हात लाग्ला भन्ने सोचेका थिए, सिंहले। भइदियो उल्टो।
विमानबाट झर्नासाथै सामान सिंहको हातमा होइन, दलालकहाँ पुग्यो। उसैले विमानस्थलको भन्सार कक्षमा पुर्‍याएपछि दुईवटा साडीको भन्सार महसुल सात हजार रुपियाँ लाग्ने बतायो। सिंहले सात हजार रुपियाँ तिरेर सामान लिए तर त्यसको रसिद भने पाएनन्। कार्गो प्रमुख रामकुमार राय भन्छन्, "त्यो साडीको मूल्य नै सात हजार रुपियाँ थिएन।"
नेपाललाई विदेशसँग जोड्ने एक मात्र हवाई मार्ग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने अनियमितताको यो सानो नमुना मात्रै हो। राज्य संयन्त्रको संगठित संरक्षणमै विमानस्थलमा यात्रुले अनावश्यक दुःख पाउने र घूस ख्वाउने प्रवृत्ति मौलाएको छ। विमानस्थल यात्रु ठग्ने र कर्मचारी-दलाल-सुरक्षाकर्मीबीचको 'सेटिङ्'मार्फत पैसा कमाउने सदाबहार अड्डा बन्न पुगेको छ। तर, तीमध्ये अत्यन्त न्यून घटना मात्रै मुस्किलले सार्वजनिक हुन्छन्। अध्यागमन विभागका पूर्वमहानिर्देशक सुधीरकुमार शाह भन्छन्, "घटना सार्वजनिक नहुनु भनेको सबै काम कानुनसम्मत भएर होइन, सेटिङ्मा त्रुटि नभएर हो। विमानस्थलमा जहिल्यै अवैध धन्धा, ठगी चलिरहेकै हुन्छ, त्यहाँ पाइला-पाइलामा ठगी हुन्छ।"
दैनिक सात हजार यात्रु आवतजावत गर्ने टीआईएमा राज्यका डेढ दर्जन निकाय कार्यरत छन्। निजी संस्थासमेत जोड्दा यो संख्या तेब्बर हुन्छ। शाह भन्छन्, "गाउँका मानिस त विमानस्थल छिर्नासाथै अलमलिन्छ, जो कसैले उसलाई ठग्न सक्छ।"
टीआईए क्षेत्र प्रवेशपछि कम्तीमा पनि आधा दर्जन ठाउँमा यात्रुहरू ठगिन्छन्। विमानस्थल प्रहरी, अध्यागमनका कर्मचारी, वैदेशिक रोजगार विभाग अन्तर्गतको श्रम डेस्क, राष्ट्रिय अनुसन्धान विभागका गुप्तचर र प्रहरीबाट प्रस्थान कक्षका यात्रुहरू बढी ठगिने गरेका छन्।
चक्रपथमा रहेको विमानस्थल प्रवेशद्वार 'गोल्डेनगेट'देखि धावनमार्गसम्म नेपाल प्रहरीका मात्रै ५६ सुरक्षा पोस्ट छन्। प्रस्थान गर्दा यात्रुको पहिलो जम्काभेट यिनै प्रहरीसँगै हुन्छ। प्रस्थान कक्षमा सामान्य जाँचपछि यात्रुहरू टिकट लिएर एयरलाइन्सको काउन्टरमा जानुपर्छ। रोजगारका लागि विदेश जानेहरू भने श्रम स्वीकृति पत्रमा छाप लगाउन श्रम डेस्क पुग्छन्, जहाँ कर्मचारीहरू विभिन्न बहानामा पैसा असुल्छन् । जस्तो : साउदी अरबमा काम गररिहेका भोजपुरका गोपाल दाहाललाई तीन महिनाअघि श्रम डेस्कका कर्मचारीले श्रम स्वीकृति पत्र नक्कली हुन सक्ने भन्दै अड्काउन खोजे। फेसबुकमा भेटिएका उनले भने, "जहाज छुट्न ४५ मिनेटजति बाँकी थियो। लफडा गरे रोकिदेला भन्ने डरले एक हजार रुपियाँ दिएर उम्किएँ।" दाहालको भनाइबाट थाहा हुन्छ, विमानस्थलमा 'इमरजेन्सी खर्च' अनिवार्य हुन्छ।
त्यसपछि एयरलाइन्सको काउन्टरमा जान्छन्, यात्रुहरू। एयरलाइन्स कर्मचारीले समेत यात्रु हेरेर पैसा झार्छन्। धेरै जना त सामान बढी भएको नाममा ठगिन्छन्। त्यहाँको काम सकाएपछि यात्रु विद्युतीय भर्‍याङ चढेर अध्यागमन कार्यालय रहेको माथिल्लो तलामा जान पाउँछन् तर भर्‍याङ चढ्ने बेला टिकट र पासपोर्टको पुनः जाँच हुन्छ। कुनै खोट भेटिए यहाँ पनि प्रहरीले रकम नलिई छाड्दैनन्।
त्यहाँबाट पार भएपछि राहदानीमा प्रस्थानको छाप लगाउन अध्यागमनको लाममा बस्नुपर्छ। अध्यागमन कार्यालय जति महत्त्वपूर्ण छ, उति नै बदनाम पनि। त्यहाँ खुलेआम यात्रुसँग घूस मागिन्छ। "यात्रुलाई सबैभन्दा बढी दुःख दिएर पैसा कमाउने ठाउँ यही हो," विमानस्थलस्थित नागरकि उड्डयन प्राधिकरणका अर्का एक उच्च अधिकारी भन्छन्।
पेपर भिसा नक्कली भएको, पासपोर्टमा फोटो नमिलेको जस्ता कारण देखाएर अध्यागमन कर्मचारीले यात्रुहरूबाट पैसा असुल्ने गरेका छन्। खाडी मुलुकमा काम गर्नेहरूलाई त्यहाँको सरकारले पेपर भिसा पठाएको हुन्छ। ती देशको दूतावास नेपालमा नभएकाले पेपर भिसाको प्रामाणिकता जाँच्ने संयन्त्र नहुनु स्वाभाविकै हो। तर, अध्यागमनका कर्मचारीहरूले त्यसैलाई कमाउने माध्यम बनाएका छन्। पूर्वमहानिर्देशक शाह भन्छन्, "यहाँ कानुनी छिद्र पहिल्याएर ठगी हुन्छ।" उदाहरणका लागि १३ वर्षदेखि साउदी अरबमा काम गर्दै आएका सुनसरी, तरहराका शंकर बस्नेतको प्रसंग पर्याप्त छ। दुई महिनाअघि पेपर भिसा लिएर नेपाल आएका उनी वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति पत्रसहित साउदी उड्न विमानस्थल पुगे। तर, अध्यागमन कर्मचारीहरूले पेपर भिसा नक्कली भन्दै बखेडा झिकिहाले। "एक कर्मचारीले खुसुक्क कानमा आएर बेकारमा किन लफडा गर्नुहुन्छ, थोरै फालिदिएर बुजो लगाइदिए भइहाल्छ नि ! नभए धेरै दुःख पाइन्छ," बस्नेतले साउदीबाट ती कर्मचारीको भनाइ उद्धृत गर्दै फोनमा सुनाए।
०६८ असोजमा सोलुखुम्बुकी डिचेन डोल्मा शेर्पासँग विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीले राहदानी नक्कली भएको बखेडा झिकेर एक लाख रुपियाँ घूस मागे। जहाज उड्ने समयमा अत्तो थापेपछि उनले आँसु झार्दै सबै कागजात देखाइन् तर अध्यागमनका कर्मचारी पूर्णबहादुर बस्नेतले छाडेनन्। त्यसपछि उनी घर फर्किइन्। भोलिपल्ट बस्नेतले सहयोग गर्छु भन्दै पैसा लिएर आउन भने। डोल्मा सद्दे कागजात हुँदाहुँदै बस्नेतलाई एक लाख रुपियाँ घूस बुझाएर अमेरिका पुगिन्। तर, उनले गोप्य क्यामेरामार्फत भिडियो खिचेकी थिइन्, जो अमेरिका पुगेपछि सार्वजनिक गरििदइन्। त्यसपछि बस्नेतसहित तीन कर्मचारी अख्तियार दुरुपयोग अनुसन्धानको फन्दामा परे।
विदेशबाट फर्किएका यात्रुहरूसमेत उत्तिकै ठगिन्छन्, टीआईएमा। अध्यागमन, कार्गो र भन्सार कार्यालय यात्रु ठगिने नामुद स्थान हुन्। वायुयानबाट ओर्लिनासाथै यात्रु अध्यागमनको लाममा बस्नुपर्छ, राहदानीमा आगमनको छाप लगाउन। ओभर स्टे, अन अराइभल भिसामा छाप नलगाएको जस्ता बेतुकका कारण देखाउँदै अध्यागमन कर्मचारीले कानुनी कारबाही गर्नुपर्ने धम्की दिन्छन्। तर, त्यसको पछाडि उनीहरूको घूस खाने नियत लुकेको हुन्छ।
२४ वैशाखको राती ११ बजे टीआईएको आगमन कक्षबाट सप्तरीका रभिmन यादव, २६, रातोपिरो अनुहार लगाएर लामोलामो श्वास फेर्दै निस्किए। बाहिर पर्खिरहेका आफन्तलाई उनी भनिरहेका थिए, "बल्लबल्ल छाड्यो। त्यति नबुझाएको भए झन्डै एक महिना जेलमा बस्नुपथ्र्यो।"
भिसाको म्याद सकिएर साउदीमा काम गररिहेका उनलाई त्यहाँको सरकारले फर्काइदिएको रहेछ। नेपाल ओर्लिएपछि ड्युटीमा बसेका अध्यागमन कर्मचारीले विदेशमा गैरकानुनी रूपमा बसेको भन्दै कारबाहीको भागी हुनुपर्ने भनेर थर्काए। "मैले आफूसँग यति मात्रै पैसा छ भनेर १ हजार ८ सय रियाल (करबि ४१ हजार रुपियाँ) दिएपछि भने छाडिदिए," यादव सुनाउँछन्। त्यसबाहेक लोडर, कार्गो र वायुसेवाका कर्मचारीहरूले यात्रुका सामान गायब बनाइदिने घटना त सामान्यजस्तै हो।
ठगीको सञ्जाल अध्यागमन कार्यालयमा सीमित छैन, विभागसम्मै गाँसिन्छ। विमानस्थल अध्यागमनबाट पक्राउ परेकाहरूलाई विभागमा ल्याएर मुद्दा चलाइन्छ। तर, अभियुक्तहरू यहाँ धरौटीका साथै घूस खुवाएर सहजै उम्कन्छन्। जस्तो : इराकबाट फर्किएका संखुवासभाका टेम्बा शेर्पा १८ पुसमा विमानस्थलबाटै पक्राउ परे। राहदानी जालसाजी गरेको अभियोगमा पक्राउ परेका उनलाई अध्यागमन विभागमा मुद्दा चलाउन पठाइयो। २५ दिन विभागले राखेपछि उसलाई मुद्दा चलाउने अधिकार हुन्छ। तर, शेर्पा १५ हजार रुपियाँ घूस खुवाएर पहिल्यै हिरासतमुक्त भए। शेर्पा भन्छन्, "अदालतमा मुद्दा चाँडो चलाउनसमेत कर्मचारीले पैसा लिँदा रहेछन्।" तर, केही कर्मचारी प्रलोभनमा पर्नसक्ने विभागका प्रवक्ता तथा निर्देशक कमलराज भट्टराई बताउँछन्।
आगमनतर्फ यात्रु ठगिने अर्को ठाउँ हो, भन्सार। अध्यागमनमा कागजात जाँच गराएपछि यात्रुहरू भन्सारमा सामान 'क्लियरेन्स' गर्न पुग्नुपर्छ। अचम्म ! जहाजबाट आएको सामान भन्सारमा दलालको हातमा पुगिसकेको हुन्छ। दुई महिनाअघि जिल्ला वन कार्यालय काभ्रेका प्रमुख वन अधिकृत गणेश राय लन्डनबाट फर्किएका छोरीज्वाइँ संगीता राय र विक्रम भण्डारीलाई लिन विमानस्थल पुगे। अध्यागमनमा कागजात जाँचपछि भन्सारमा सामान लिन जाँदा उनीहरूका दुईवटा सुटकेस दलालको पासोमा परसिकेका रहेछन्। कार्गो प्रमुखले सहयोग गरेपछि मात्रै सामान हात लागेको उनी बताउँछन्।
विदेशबाट आएका सामान भन्सार एजेन्टले विमानस्थलको कार्गोसम्म गएर भन्सार काउन्टरमा ल्याउँछन्, जहाँबाट यात्रुले कर तिरेर सामान लैजानुपर्छ। भन्सार एजेन्टलाई कार्गोमा सामान लिन जाने पास उपलब्ध गराइएको हुन्छ। विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ्को अधिकार नेपाल एयरलाइन्स (एनए)सँग मात्रै भएकाले जुनसुकै वायुसेवाबाट आएको सामान नेपाल एयरलाइन्सले 'डेलिभरी अर्डर' (डीओ) दिन्छ। डीओमा एनएको एकाधिकार भएकाले ड्युटीमा खटिएका उसका कर्मचारीले एउटै सामानको डीओ बढी कमिसन दिनेलाई सुम्पने गरेको एक भन्सार एजेन्ट बताउँछन्।
यसो गर्दा एजेन्टहरूले सामान लिन आउने यात्रुसँग लाग्ने दस्तुरभन्दा पाँच हजार रुपियाँ बढी लिन्छन्, जसको रसिद यात्रुले पाउँदैनन्। कार्गोसम्म जाने पास भन्सार एजेन्टको परचियपत्र देखाएपछि पाइन्छ। परचियपत्र र पास जथाभावी बाँडेकाले समस्या देखिएको कार्गो प्रमुख र राय बताउँछन्। भन्छन्, "भन्सार एजेन्ट कति छन् र पास कति बाँडियो भन्ने जानकारी मलाई नै छैन।"
विमानस्थल राज्य संयन्त्रको संगठित सञ्जालमार्फत यात्रुहरू ठगेर कमाउने अखडा बन्दै गएको छ। कानुनी दायरामा ल्याउनुपर्नेहरूलाई घूस खाएर बीचैबाट छुटाइदिने, सेटिङ्मार्फत विभिन्न देशमा भिजिट भिसामा मानव तस्करीका घटना हुँदै आएका छन्। ०६८ सालमा बनेको वैदेशिक रोजगार व्यवस्थापन सुधार सुझाव कार्यदलका संयोजक गणेश गुरुङको भनाइमा विमानस्थलमा रहेका विभिन्न निकायका कर्मचारीहरूबीचको सञ्जाल कति बलियो छ भने त्यो जुनसुकै सरकार आए पनि तोडिँदैन। प्रधानमन्त्री कार्यालयको निर्देशनमा गठन भएको समितिले विमानस्थलको अवस्थाबारे अध्ययन गर्न खोज्दा विमानस्थल प्रवेशै गर्न नदिइएको गुरुङ सुनाउँछन्।
जबसम्म रकम बुझाएर विमानस्थलमा पोस्टिङ् हुने प्रथा रोकिँदैन, तबसम्म भ्रष्टाचार कम नहुने उनको भनाइ छ। भन्छन्, "विमानस्थल भ्रष्टाचारको यस्तो स्थायी हब हो, जहाँ २४ सै घन्टा, ३ सय ६५ दिन नै ठगी, भ्रष्टाचार भइरहेको हुन्छ।"
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Sunday, May 12, 2013

News »भौतिक योजना तथा यातायात मन्त्रालयका सचिवद्वारा रामेछाप जिल्लाको अनुगमन

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
रामेछाप । वैशाख २८  गते,
भौतिक योजना तथा यातायात मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाको नेतृत्वमा आएका एक टोलीले शुक्रबार रामेछापको मन्थलीमा जिल्लाको विकास र समस्याको विषयमा पत्रकार सम्मेलन एवं अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा सिटौलाले रामेछापको विकासको बारेमा जानकारी लिनु भएको थियो । कार्यक्रममा रामेछापका मुख्य विकासका योजनाहरुमा वृहत खानेपानी, सदरमुकामको रिङरोड, एरर्पोट विस्तार सँगसँगै कालोपत्रे र सदरमुकाममा कम्तीमा ५० वेडको हस्पीटलको आवश्यक्ता भएको जानकारी गराइएको थियो । साथै सिटौलाले मन्थलीहुँदै रामेछाप, साँघुटारसम्म अनुगमन गर्ने जानकारी दिनु भयो । कार्यक्रममा पत्रकार, नागरिक समाज लगायतको सहभागीता रहेको थियो 
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

देशमा निरंकुशता संस्थागत रुपमा मौलाउँदै गएको छ ः भन्छन कांग्रेस नेता घिमिरे

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
रामेछाप । बेशाख २८गते, 
नेपाली काग्रेसका नेता लक्ष्मण प्रसाद घिमिरेले खिलराज रेग्मीलाई मन्त्रीपरिषद अध्यक्ष बनाएर सुरु भएको निरंकुशता लोकमानसिँह कार्कीलाई अख्तियार प्रमुख बनाउँदा झन् मौलाउँदै गएको बताउनु भएको छ । देश अहिले अदृश्य शक्तिले चलाएको बताउँदै घिमिरेले देखिने शक्तिसँग भन्दा अदृश्य शक्तिसँग लड्न निक्कै गारो हुने बताउनु भयो ।  
घिमिरेले देशमा निरङकुशता बढ्दै गएकोमा चिन्ता ब्यक्त गर्नु भयो । सुगौली सन्धि पछि देश अहिले सबैभन्दा बढी संकटमा परेको घिमिरेले बताउनु भयो । नेपाल टे«ड युनियन काग्रेस स्वतन्त्र रामेछापको पाँचौ जिल्ला अधिवेशनको शनिबार मन्थलीमा उद्घाटन गर्दै घिमिरेले खिलराजलाई सत्ता बुझान दलहरुलाई अदृश्य शक्तिले उत्पे्ररित गरेको बताउनु भयो । 
उहाँले माओवदी अध्यक्ष प्रचण्डले शिविरमा हुँदै नभएका लडाकुहरुको नाममा ५ करोड ६१ लाख रुपैयाँ  भन्दाबढि लिएर भ्रष्टाचार गरेको आरोप लगाउदै यस्ता भ्रष्टचारी नेताले मुलुकको नेतृत्व लिन नसक्ने बताउनुभयो  । उहाँले प्रचण्ड आफु प्रधानमन्त्री हुन लालायित भइरहेको भएपनि नेपाली कांग्रेसले अब उनलाई सहयोग नगर्ने बताउनुभयो । माओवादी अहिले पनि चुनावमा जाने मानसिकतामा नरहेको बताउनु भयो । नेपालका राजनितिक दल र तीनका नेताहरु असक्षम छन् भन्ने कुरा प्रमाणित गराउन अदृश्य शक्ति लागेको उहाँको आरोप थियो ।
घिमिरेले प्रजातन्त्रको संस्थागत विकास भए मात्र ट्रेड युनियन अधिकार स्थापीत हुन सक्ने बताउँदै अहिले लोकतन्त्र खतरामा परेकोले यसको स्थापनाको लागि फेरी आन्दालनमा जानु पर्ने अवस्था आउन सक्ने भएकोले तयारी अवस्थामा रहन समेत आग्रह गर्नु भयो । 
कार्यक्रममा नेपाली काँग्रेस रामेछापका सभापति रामचन्द्र खड्का, पूर्व सभापति आङटावा शेर्पा, विद्यार्थी नेता रत्न कार्की लगायतले बोल्नु भएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष चन्द्रसिंह धामीको अध्यक्षतामा भएको थियो ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

अनलाइन नेपाली टेलिभिजन हेर्नुहोस

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
http://www.europenepalvid.com/2013/05/kantipur-television-live-247-online-free.html
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Saturday, May 11, 2013

पोर्न फिल्मका केही रोचक तथ्यहरु यस्ता छन

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
भनिन्छ सेक्स भनेको मानिसको सबैभन्दा चासोको विषय हो । सेक्सको विषय मानिसको जैविक आवश्यकता हो । त्यसैले सेक्सको कुलतका केही नकारात्मकता बाहेक अरु विषयलाई सकारात्मक आँखाबाट हेरिन्छ । सेक्सका विषयमा विश्वमा विभिन्न खालका अध्ययन अनुसन्धान तथा सर्वेक्षण भैरहन्छन्, जसले विभिन्न खालका रोचक तथ्यहरु बाहिर ल्याउँछन् । यहाँ त्यस्तै १० वटा रोचक तथ्य प्रस्तुत गरिएको छः

१. ब्लु फिल्म तथा अन्य पोर्न सामाग्री हेर्ने बानीले पुरुषमा शिघ्रस्खलनको समस्या केही कम हुन्छ । सिँगापुरमा गरिएको अध्ययन अनुसार पोर्न फिल्म हेर्ने बानीले यौन जिवनमा सुधार तथा यौन सन्तुष्टीको स्तर बढाउन मद्दत गर्छ ।
  २.हरेक दिन ६ करोड जनाले इन्टरनेटमा निशुल्क पोर्न साइट हेर्ने गर्छन् । ती मध्ये दुइ तिहाइले कार्यालयको कम्प्युटरमै यस्ता सामाग्री हेर्ने गर्छन् ।

३.पोर्न सामाग्री हेर्नेको संख्या जाडो महिनामा ह्वात्तै बढ्छ । अमेरिकामा गरिएको अध्ययन अनुसार अनलाइन पोनोग्राफीको दर जाडो तथा सुरुवाती गृष्म याममा सबैभन्दा बढि हुन्छ ।

४.पुरुष भारत्तोलक खेलाडिले यदि प्रतियोगितामा भाग लिनु अगाडि ब्लु फिल्म हेर्नेहो भने उसले केही बढि तौल उचाल्न सक्छ । पोर्न फिल्म हेर्दा उत्सर्जन भएको टेस्टेस्टेरोन हर्मोनले गर्दा यस्तो भएको शोधकर्ताहरुको भनाइ छ ।


भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

भवन भत्किएको १७ दिनपछि महिला जिवितै उद्दार

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
post by ramechapsailung.blogspot.com

ढाका, वैशाख २८  - बंगलादेशमा भवन भत्किएको १७ दिनपछि एक महिलाको जिवितै उद्दार गरिएको छ । रेश्मा नामकी ती महिलालाई दोस्रो तलाबाट उद्दार गरिएको बताइएको छ । उनलाई गम्भीर चोट नलागेको अधिकारीहरुले बताएका छन् ।
उद्दार कार्यमा जुटेकाहरुले ८ तले उक्त भवन भत्कदा मृत्यु हुनेको संख्या एक हजार नाघेको बताएका छन् । ५ वटा गार्मेन्ट उद्योग रहेको उक्त भवन राजधानीनजिकै साभारमा थियो ।
आज बिहान दोस्रो तलामा सिमेन्टको थुप्रे हटाउँदै गरेको सैनिकहरुले मलाई बचाउनुस् भन्दै महिला कराएको आवाज सुनेपछि सयौं सैनिकहरु जुटेर तुरुन्तै स्थान खाली गराएका थिए । उद्दारकर्ताले ती महिलालाई तुरुन्तै पानी र विस्कुट दिएका थिए । त्यसपछि फलामको रड काटेर उनलाई त्यहाँबाट निकालिएको थियो ।
उनलाई तत्कालै घटनास्थलभन्दा अलि परको आर्मी अस्पतालमा लगिएको थियो । उनी हिडडुल पनि गर्नसक्ने अधिकारीहरुले बताएका छन् । उनले आफू २ दिनदेखि भाकै रहेको बताएकी छन् । आफूले बस्नको लागि सुरक्षित ठाउँ पाएको उनलाई उद्दृत गर्दै सञ्चारमाध्यमले लेखेका छन् । उनले दुई दिन अघिसम्म आफूले बिस्कुट र ड्राइ फुड खान पाएको बताएकी छन् ।
भवन भत्किएपछि भग्नावशेषमा प्रशस्त पानी र अक्सिन प्रवाह गरिएका कारण ती महिला जिवितै रहन सफल भएको उद्दारमा संलग्नहरुले बताएका छन् ।
गत नोभेम्बर महिनामा पनि गार्मेन्ट कारखानामा आगलागी हुँदा ११२ व्यक्तिको मृत्युभएको थियो । यतिखेरको यो गार्मेन्ट कारखानाको घटनाले सोही सम्झाएको छ ।
बङ्गलादेशको टेक्सटाइल उद्योग २० अर्ब अमेरिकी डलर बराबर रहेको बताइन्छ भने यस उद्योगमा रहेको कमजोर सुरक्षा व्यवस्थाका बारेमा समय समयमा चिन्ता व्यक्त गर्ने गरिन्छ ।
भत्किनु एक दिन अगाडि नै उक्त भवनमा चर्किएको अवस्थामा देखिएको त्यहाँ कार्यरत कर्मचारीले बताएको जनाइएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Friday, May 10, 2013

पञ्जाबबाट अपहरित ७ महिने शिशुको उद्धा

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

निजगढ (बारा), वैशाख २७ - भारतको पंजाब प्रान्तको फत्तेगढ जिल्लाबाट नौं दिन अघि अपहरित सात महिने शिशुलाई यहाँको सिमावर्ती पिपरपाती गाविसबाट प्रहरीले उद्दार गरी शुक्रवार अभिभावकको जिम्मा लगाएको छ । अपहरण गरी बन्धक बनाएका पिपरपाती गाविस ९ का १८ बर्षीय योगेन्द्र महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महतोको घरबाट प्रहरीले ती शिशुलाई बिहीबार छापा मारी उद्दार गरेको हो ।
त्यहाँको स्टील उद्योगमा काम गर्ने भारतको शिवहर जिल्लाको सिङगरैया थाना माधोपुर बस्ने मजदुर रामलाल मिश्रकी सात महिने छोरी लक्ष्मीकुमारीलाई उद्दार गरी उनकी मामा रितेश तिवारीलाई शुक्रवार जिम्मा लगाइएको सिम्रौनगढ इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक किशोरकुमार उपाध्यायले बताए । शिशुलाइ उद्दार गरिएको तेस्रो दिन अभिभावकको जिम्मा लगाइएको उनले बताए । शिशुकी आमा निलम नुहाउँदै गर्दा महतोले शिशुलाई लिएर भागेको उनकी मामा तिवारीले प्रहरीलाई बताएका छन् । शिशुलाई स्याहार सुसार प्रहरी निरीक्षक उपाध्यायले आफैं गरिहेका थिए ।
महतो पंजाबकै उद्योगमा काम गरी मिश्र परिवारसँगै कोठामा बस्दै आएका थिए । 'पंजाब प्रहरीको सूचनाले शिशुलाई छापा मारी उद्दार गरिएको हो, प्रहरी निरिक्षक उपाध्यायले भने, 'अपहरण गर्नेलाई सुपुर्दगी गर्न भारतीय प्रहरीले माग गर्दा नदिइएको हो ।' अपहरणबारे विस्तृत अनुसन्धान भइरहेको उनले बताए । 'महतोमाथि नेपालमा अन्य सार्वजनिक अपराध मुद्दा छ,' उनले भने । बैशाख १८ गते शिशुको अपहरण भएपछि नेपाल प्रहरीले चार दिनपछि सूचना पाएको हो ।
प्रकाशित मिति: २०७० वैशाख २७ 
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Thursday, May 9, 2013

रामेछापमा ट्याक्टर दुर्घटना

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
रामेछाप । बैशाख २६ गते,
रामेछाप जिल्लाको विजुलीकोट गाविसको धोवीबाट सदरमुकाम मन्थलीतर्पm आउँदै गरेको ना ३ त ५१९७ नं को ट्याक्टर बिहिबार विहान ८ः३० बजेतिर रामेछापको कठजोर गाविस–४ को ऐरनवासमा दुर्घटनामा पर्दा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परि ट्याक्टरचालक बिजुलीकोट गाविसको खोल्मागाउँका माइला मगरको मृत्यु भएको छ । ट्याक्टर सडकबाट करीव एक सय मिटर तल खसेको थियो । दुर्घटनामा परि ट्याक्टरका सहचालक शिवबहादुर माझी गम्भीर घाइते भएका छन् 

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Wednesday, May 8, 2013

रामेछापको तिल्पुन्ग्मा बस दुर्घटना २० जना भन्दा बढी घाइते

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
रामेछापको तिल्पुंगमा आज बिहान बस दुर्घटना हुदा २० भन्दा बढी घाइते 

रामेछापको धोवीबाट मन्थलीतर्फ आउँदै गरेको बा २ ख ३१६६ नम्बरको अरनीको यातायातको बस आइतबार विहान ९ बजेतिर तिल्पुङ– ५ मा पल्टिदा २२ जना घाइते भएका छन् । 
ओरालो बाटोमा गुडिरहेको बस नियन्त्रण गुमाउँदा सडकमै पल्टिएको थियो । दुर्घटनामा परि ११ जना गम्भिर घाइते भएका छन् । गम्भिर घाइते हुनेहरुमा सुकाजोर–१ की उमा विक, नागदह–५ की सानु तामाङ, छिरिङ तामाङ, तिल्पुङ–७ का नरबहादुर तामाङ, केशव रसाईली, नागदह १ का लालबहादुर खड्का, तिल्पुङ–४ का निर्मला अधिकारी, खिम्ति–९का प्रेमदोर्जे तामाङ रहेका छन् । यसैगरि तिल्पुङ–४ का दुर्गा पौडेल, फूलमाया रसाइली र मिठुचौहान घाइते भएका छन् । घाइतेहरुको मन्थलीस्थीत विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

मेरी बास्सै २०१३ may 7

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Sunday, April 28, 2013

१० बर्से बालिका बलात्कृत प्रहरी फन्दामा

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

राजविराज, वैशाख १५ - सप्तरीको कञ्चनपुर गाविस ९ की १० वर्षीया बालिकाको बलत्कृत भएकी छिन् । कञ्चनपुर गाविस वडा नम्बर ९ की ती बालिका शनिबार साँझ घर नजिकैको पसलमा बलात्कृत भएकी हुन् ।
घर नजिकै रहेको पसलमा सामान खरीद गर्न पुगेकी ती बालिकालाई पसलधनी ३० वर्षीय  हरेन्द्र यादवले बलात्कार गरेको पीडित परिवारको दाबी छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Tuesday, April 23, 2013

टाटासुमो खस्दा २ को मृत्यु

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

अदालतको फैसलाप्रति बलात्कारपीडित सीता राईको परिवार असन्तुष्ट

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

भोजपुर, वैशाख १० - साउदीबाट नेपाल फर्कने क्रममा अध्यागमनमा कार्यरत प्रहरी हवल्दार परशुराम बस्नेतद्वारा बलात्कृत सीता राईको जवरजस्ती करणी मुद्दामा काठमाडौँ जिल्ला अदालतले गरेको फैसलाप्रति उनका परिवारले असन्तुष्टी जनाएका छन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद कोइरालाको इजलासबाट सोमबार भएको फैसलामा पीडकलाई पाँच वर्ष ६ महिना कैद र रु ५० हजार क्षतिपूर्ति जरिवाना सुनाइएको थियो ।
भोजपुरको गाउँमा बस्दै आएका सीता र उनका परिवारले फैसलाबारे टेलिफोनबाट थाहा पाएपछि सो प्रतिक्रिया दिएका हुन् । सीताका बुबाले भने, “रक्षक भनिने नेपाल सरकारको प्रहरीबाट नै यस्तो घटना घट्दा मलाई चित्त बुझेको छैन । छोरीको बेइज्जतीलाई सम्झिने हो भने त चित्त बुझ्दै बुझ्दैन ।”

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Wednesday, April 17, 2013

नेपाल-यूएई उडान सम्झौता नवीकरण साताको ७० उडान गर्न पाउने

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
काठमाडौ, वैशाख ४ - सातामा थप ४३ उडान गर्ने गरी नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीच नयाँ हवाई सेवा सम्झौता भएको छ । मंगलबार भएको सम्झौताअनुसार अब दुई मुलुकका विमान कम्पनीले साताको ७० उडानसम्म (यात्रुबाहक) गर्न पाउने भएका छन् । यसअघिको सम्झौतामा साताको २७ उडान (यात्रुबाहक) र १ उडान कार्गोको थियो । अब पूरै ७० उडान नै यात्रुबाहकको हो । कार्गो उडानको सीमा तोकिएको छैन । नयाँ सम्झौतामा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुशील घिमिरे र यूएईका तर्फबाट नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक ओमार बिन गालिबले हस्ताक्षर गरे । पहिले सीमित संख्या तोकिँदा
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

लाइसेन्स लिन नयाँखाले 'ट्रायल'

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
:: गृहपृष्ठ » मुख्य समाचार » लाइसेन्स लिन नयाँखाले 'ट्रायल' (चित्रसहित) (4 Votes)1 2 3 4 5 मकर श्रेष्ठ१९ सम्बन्धित समाचार पुस २८ , २०६९ डीआइजीको चालक ट्रायलमा फेल भाद्र ३ , २०६९ सवारी प्रदूषण मापदण्ड १३ वर्ष पुरानो श्रावण ३२ , २०६९ लाइसेन्स नवीकरणमा सोझै 'घूस' सहयोगी लिङ्कहरू » एउटै पृष्ठबाट हाम्रा सबै इ-पेपरहरू पाउनुहोस् ! » हाम्रा चिरबिरे पारखीहरूका लागि ! » आफूलाई चाहिएको मितिको मात्र लेख/समाचार पाउनुहोस् ! » चाहिएको मिति/लेखक/वाक्यांश रोजी गर्नोहोस् लेख/समाचारको खोजी ! काठमाडौ,
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला