Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Thursday, May 16, 2013

मुस्तांगको जोमसोममा नेपाल एरलाइन्सको बिमान दुर्घटना ५ जनाको अवस्था गम्भीर

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

पोखरा, जेष्ठ २ - नेपाल एयरलाईन्सको विमान मुस्ताङको जोमसोम विमानस्थलमा अवतरण गर्न लाग्दा बिहीबार बिहान दुर्घट्ना भएको छ । धावन मार्ग(रन वे) मा गुडेर मोडिने बेलामा दुर्घट्ना भएको हो । विमान रन वे बाहिर नजिकै कालिगण्डकी नदीको किनारमा खसेको छ । विमानमा आगो लागेको छैन । विमानमा रहेका सबै २२ जना घाइते छन् । थप मानवीय क्षति छैन ।
मुस्ताङका स्थानीय विकास अधिकारी डिल्लीराम सिग्देलले घट्नामा मानवीय क्षति नभएको जानकारी दिए । उनले एकजना पाइलट सहित ५ जनाको अवस्था गम्भीर रहेको र सबैलाई स्थानीय अस्पताल पुर्याइएको बताए । 'अस्पतालले ५ जनालाई रेफर गरेको छ । अन्य यात्रुहरु सामान्य घाइते छन्, बोलचाल र हिड्डुल गरिरहेका छन्,' सिग्देलले ईकान्तिपुरसंगको टेलिफोन सम्पर्कमा भने ।
तस्विर सौजन्य-तृष्णा शेरचन/जोमसोम
म्याग्दीस्थित कान्तिपुरकर्मी घनश्याम खड्काले मुस्ताङका प्रमुख जिल्ला अधिकारी लक्ष्मीराज गौतमलाई उदृत गर्दै पठाएको समाचार अनुसार गम्भीर घाइतेलाई पोखरा पठाइएको छ भने अन्य सामान्य उपचारपछि ठीक छन् ।
घट्नास्थलमा उद्धारमा संलग्न अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोम कार्यालयका आनन्द सुवेदीका अनुसारे धावन मार्गमा ओर्लेको जहाज करिव २० मिटर अघि बढेपछि तल कालीगण्डकी नदीमा खसेको थियो ।
ल्यान्ड गर्ने बेलामा बढी हावा चलेका कारण उक्त विमान दुर्घट्ना भएको अनुमान गरिएको छ ।
पोखराबाट बिहान ८ बजेर १० मिनेटमा उडेको नाइन एन एबिओ ट्विनअटर  विमानमा चालक दलका ३ जना, एक बच्चा सहित ११ नेपाली र ८ जना जापनीज नागरिक थिए । दुर्घट्ना ८ बजेर ३३ मिनेटमा भएको हो ।
तारा एयर तथा डायनेस्टी हेलिकप्टरबाट १० जनालाई उद्धार गरी पोखरा ल्याइएको छ ।
गत वर्ष जेठ १ गते जोमसोममा अग्नी एयरको विमान दुर्घट्ना भएको थियो । उक्त दुर्घट्नामा १५ जनाको मृत्यु र ६ यात्रु बाँचेका थिए ।
विमानमा रहेका नेपालीहरुः
चालक दल
चालक दीपेन्द्र प्रधान,  सह चालक सुरेश केसी,  परिचालिका सन्तमाया तामाङ (चालक प्रधान र सहचालक केसीलाई उपचारका लागि काठमाडौं पुर्याइएको छ ।)
यात्रुहरु
डिल्लीराम पन्त,  मधु पन्त,  गोविन्द पहारी,  निरु लाक्पा शेर्पा,  उमा थापा मगर,  सन्तोष विक,  पेमा गुरुङ,  जीआर ठकुरी,  के गुरुङ, एल शेर्पा,  २ वर्षको बच्चा हेमसुङ ।
यात्रुहरुको नामावली:
 
घाइतेहरुलाई जोमसोमबाट उद्धार गरी पोखरा ल्याइएपछि । तस्विरहरुः लालप्रसाद शर्मा/ईकान्तिपुर
 
  
  
    
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला