Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Wednesday, May 8, 2013

रामेछापको तिल्पुन्ग्मा बस दुर्घटना २० जना भन्दा बढी घाइते

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
रामेछापको तिल्पुंगमा आज बिहान बस दुर्घटना हुदा २० भन्दा बढी घाइते 

रामेछापको धोवीबाट मन्थलीतर्फ आउँदै गरेको बा २ ख ३१६६ नम्बरको अरनीको यातायातको बस आइतबार विहान ९ बजेतिर तिल्पुङ– ५ मा पल्टिदा २२ जना घाइते भएका छन् । 
ओरालो बाटोमा गुडिरहेको बस नियन्त्रण गुमाउँदा सडकमै पल्टिएको थियो । दुर्घटनामा परि ११ जना गम्भिर घाइते भएका छन् । गम्भिर घाइते हुनेहरुमा सुकाजोर–१ की उमा विक, नागदह–५ की सानु तामाङ, छिरिङ तामाङ, तिल्पुङ–७ का नरबहादुर तामाङ, केशव रसाईली, नागदह १ का लालबहादुर खड्का, तिल्पुङ–४ का निर्मला अधिकारी, खिम्ति–९का प्रेमदोर्जे तामाङ रहेका छन् । यसैगरि तिल्पुङ–४ का दुर्गा पौडेल, फूलमाया रसाइली र मिठुचौहान घाइते भएका छन् । घाइतेहरुको मन्थलीस्थीत विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला