![]() |
काठमाडौ, जेष्ठ २ - एमाओवादी नेता बर्षमान पुनको गाडीको ठक्करबाट एक युवकको ज्यान गएको छ । पुनका भाई प्रनिशले चलाएको बा ९ च ७९२२ नम्बरको गाडीको ठक्करबाट कीर्तिपुरका २२ बर्षीय शौरभ थापाको ज्यान गएको हो ।
दुर्घटना बुधबार राति ८ बजे भएको हो । ललितपुरको कुसुन्तीको एक घुम्तीमा गाडीले बिपरीत दिशाबाट आएको बा ४० प १२७२ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको थियो ।
गाडीको ठक्करबाट गम्भीर घाइते थापालाई पाटन अस्पताल पुर्याइएको थियो । उपचारको क्रममा राति १० बजे उनको ज्यान गएको प्रहरीले जनाएको छ ।
ललितपुर प्रहरीका डीएसपी बिमलराज कट्टेलले उक्त गाडी नेता पुनको हो/होइन् यकिन गर्न नसकिएको बताए ।
![]() |
No comments:
Post a Comment
के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला