Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Monday, May 27, 2013

मृगौला तस्कर प्रहरी फन्दामा

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
Jail
काभ्रे, जेष्ठ १३ - मृगौला तस्करीमा संलग्न रहेको अभियोगमा पक्राउ परेका पाँच जनालाई अदालतले थुना राख्न आदेश दिएको छ ।
जिल्ला अदालतका न्यायाधीश रमेश खत्रीको एकल इजलासले उनीहरुलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएका हुन् । अदालतको आदेशपछि थुनामा गएकामा नुवाकोट मदानपुर-१ का कृष्णबहादुर दर्जी, पत्नी मिना दर्जी, ललितपुर-२१ का सचिन मर्हजन, ललितपुर-११ का सानुलाल महर्जन र तनहुँ मिर्तुङ्गगा-३ का कुमार अधिकारी रहेका छन् ।
'थुनछेक बहसका क्रममा सबै प्रतिवादीहरुलाई थुनामा राख्न अदालतले आदेश दिएको छ,' जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख शारदाप्रसाद कोइरालाले भने, 'आदेश लग्त्तै उनीहरु थुनामा गएका छन् ।' सरकारी वकिल कार्यालयले उनीहरु बिरुद्ध २०७० जेठ ९ गते जिल्ला अदालतमा मानव बेचविखचन तथा ओसार प्रसार अभियोगमा मुद्धा दायर गरेको थियो । मृगौला तस्करी हुन थालेको २० बर्षपछि तस्कर प्रहरी फन्दामा परेका थिए । प्रहरी नायव निरीक्षक दीपेन्द्रबहादुर चन्दको नेतृत्वमा खटिएको प्रहरी टोलीले विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको थियो ।
पक्राउ परेका तस्करहरुले मानव बेचबिखन तथा ओसारप्रसार नियन्त्रण ऐन २०६४ को दफा ३ दफा ४(२) ख को कसुर गरेको अभियोग वकिल कार्यालयले लगाएको थियो ।  वकिल कार्यालयले अदालत समक्ष मानव बेचबिखन तथा ओसार प्रसार नियन्त्रण ऐन २०६४ को दफा १५(१) च अनुसार सजाय माग दाबी गरेको छ । कसुर प्रमाणित भएमा भए २ देखि ५ बर्ष कैद सजाय हुने ऐनमा उल्लेख छ

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला