Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Friday, May 10, 2013

पञ्जाबबाट अपहरित ७ महिने शिशुको उद्धा

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

निजगढ (बारा), वैशाख २७ - भारतको पंजाब प्रान्तको फत्तेगढ जिल्लाबाट नौं दिन अघि अपहरित सात महिने शिशुलाई यहाँको सिमावर्ती पिपरपाती गाविसबाट प्रहरीले उद्दार गरी शुक्रवार अभिभावकको जिम्मा लगाएको छ । अपहरण गरी बन्धक बनाएका पिपरपाती गाविस ९ का १८ बर्षीय योगेन्द्र महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महतोको घरबाट प्रहरीले ती शिशुलाई बिहीबार छापा मारी उद्दार गरेको हो ।
त्यहाँको स्टील उद्योगमा काम गर्ने भारतको शिवहर जिल्लाको सिङगरैया थाना माधोपुर बस्ने मजदुर रामलाल मिश्रकी सात महिने छोरी लक्ष्मीकुमारीलाई उद्दार गरी उनकी मामा रितेश तिवारीलाई शुक्रवार जिम्मा लगाइएको सिम्रौनगढ इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक किशोरकुमार उपाध्यायले बताए । शिशुलाइ उद्दार गरिएको तेस्रो दिन अभिभावकको जिम्मा लगाइएको उनले बताए । शिशुकी आमा निलम नुहाउँदै गर्दा महतोले शिशुलाई लिएर भागेको उनकी मामा तिवारीले प्रहरीलाई बताएका छन् । शिशुलाई स्याहार सुसार प्रहरी निरीक्षक उपाध्यायले आफैं गरिहेका थिए ।
महतो पंजाबकै उद्योगमा काम गरी मिश्र परिवारसँगै कोठामा बस्दै आएका थिए । 'पंजाब प्रहरीको सूचनाले शिशुलाई छापा मारी उद्दार गरिएको हो, प्रहरी निरिक्षक उपाध्यायले भने, 'अपहरण गर्नेलाई सुपुर्दगी गर्न भारतीय प्रहरीले माग गर्दा नदिइएको हो ।' अपहरणबारे विस्तृत अनुसन्धान भइरहेको उनले बताए । 'महतोमाथि नेपालमा अन्य सार्वजनिक अपराध मुद्दा छ,' उनले भने । बैशाख १८ गते शिशुको अपहरण भएपछि नेपाल प्रहरीले चार दिनपछि सूचना पाएको हो ।
प्रकाशित मिति: २०७० वैशाख २७ 
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला