Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Monday, May 20, 2013

चितवनमा मान्छे खाने बाघ मर्यो

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

चितवन, जेष्ठ ६  - चैत अन्तिम साता चितवनको गीतानगर गाविसस्थित दक्षिणकाली मध्यवर्ती सामुदायिक वनको सीमाना क्षेत्रमा २ स्थानीयमाथि आक्रमण गरी मार्ने  बाघको आइतवार बिहान चितवन निकुञ्जको मुख्यालय कसरामा मृत्यु भएको छ । बाघको आक्रमणबाट गीतानगर ४ का ७० बर्षे हनुमन्ते सार्की र गीतानगर १ का ३४ वर्षीय भीम बहादुर आलेमगरको मृत्यु भएको हो । आक्रमणबाट स्थानीय बिकास न्यौपाने घाइते भएका थिए ।
निकुञ्ज कार्यालयले आइतवार अपरान्ह जारी गरेको प्रेस बिज्ञप्ती अनुसार करिब १६ बर्षको बाघ आक्रमणका बेला कमजोर थियो । उक्त बाघलाई निकुञ्जका प्राविधिकले स्थानीय माथि आक्रमण गरेकै दिन डार्ट गरेर नियन्त्रणमा लिएका थिए । निकुञ्जका सहायक संरक्षण अधिकृत टिकाराम पौडेलका अनुसार  त्यस बाघलाई अर्को बाघले आक्रमण गरेर ढाड र पुच्छरको भाग तथा गर्धनमा घाउ बनाएको थियो । 'चोटपटक लागेर अशक्त थियो,' बिज्ञप्तीमा उल्लेख छ,' झोक्राएर बस्ने गरेको थियो ।'
शनिवार देखि खोरमा झोक्राएर बसेको बाघको आइतवार बिहान मृत्यु भएको थियो । २ सय ५६ सेन्टिमिटर लम्बाइ भएको बाघको पोष्टमार्टमबाट बुढो भएको, कमजोर र चोटपटक लागेका कारण अशक्त भएर मृत्यु भएको पाइएको बिज्ञप्तीमा उल्लेख छ । पोष्टमार्टम पश्चात बाघलाई निकुञ्ज मुख्यालय कसरा नजिक खाडल खनेर गाडीएको कार्यालयले जनाएको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला